© २०२३
रोल्पा, ०४ भदौ ।
रोल्पाका स्थानीय तहहरूले अधिकांश साना र टुक्रे योजना कार्यान्वयन गर्ने गरेका छन । नतिजामूलक र प्रभावकारी योजना ल्याउनुको साटो उनीहरूले हरेक वर्ष साना र टुक्रे योजना कार्यान्वयन गरेको देखिएको छ । ५ लाख भन्दा कम बजेटका ती योजना कार्यकर्ताको मुखमा वुझो लगाउन ल्याइएको आरोप समेत लाग्ने गरेको छ ।
यसैगरि जिल्लामा सम्पन्न हुने ठूलो संख्याका योजना खुल्ला प्रतिस्पर्धाको आधारमा नभई उपभोक्ता समिति मार्फत हुने गरेका छन् । प्रतिस्पर्धा नहँुदा यहाँ सम्पन्न हुने योजनामा व्यक्ति तथा समूह हावी भई लाभ उठाउने प्रवृत्ति समेत बढ्दै जान थालेको छ । निर्माण व्यवसायीमार्फत वा अन्य तरिकाले पनि योजना सम्पन्न गर्न सकिने प्रावधान भएपनि जिल्लाका सबै पालिकाको रोजाईमा उपभोक्ता समिति देखिएका छन् ।
रोल्पाको थवाङ गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ वटा योजना कार्यान्वय ग¥यो । उसले कार्यान्वयन गरेका योजना मध्ये ५० लाख भन्दा माथिका १० वटा योजना मात्रै थिए । उसले ५ देखि ५० लाख सम्मका ३६ योजना कार्यान्वयन गर्दा ४१ वटा योजना ५ लाख भन्दा कम बजेटका थिए ।
गत आर्थिक वर्ष थवाङ गाउँपालिकाले सम्पन्न गरेका योजना मध्ये ४१ वटा पालिकास्तरका र ३६ वटा वडास्तरका थिए । ती योजना मध्ये उपभोक्ता समिति मार्फत ३६ वटा योजना कार्यान्वयन हँुदा निर्माण व्यवसायीमार्फत ३७ योजना कार्यान्वयन भएका थिए ।
परिवर्तन गाउँपालिकाले गत आर्थिक वर्ष २४१ वटा योजना कार्यान्वयन गरेको थियो । उसले सो वर्ष कार्यान्वयन गरेका ती योजना मध्य ५० लाख माथिका २ वटा योजना मात्रै थिए । उसले ५ लाख देखि ५० लाख सम्मका २० वटा र ५ लाख मुनीका २१९ योजना कार्यान्वयन गरेको थियो ।
गत वर्ष परिवर्तन गाउँपालिकाले पालिका स्तरका ११५ र वडा स्तरका १२६ योजना सम्पन्न गरेको थियो । सम्पादित योजना मध्ये उपभोक्ता समिति मार्फत १९२ योजना र निर्माण व्यवसायी मार्फत ८ योजना सम्पादन भएका थिए । सो गाउँपालिकाले अन्य तरिकाले ४१ वटा योजना कार्यान्वयन गरेको थियो ।
रुन्टीगढी गाउँपालिकाले कार्यान्वयन गरेका २८७ वटा योजना मध्ये ५० लाख माथिका २ वटा योजना मात्रै थिए । ५ लाख देखि ५० लाख सम्मका ६४ योजना कार्यान्वयन गरेको सो गाउँपालिकाको २२१ वटा योजना ५ लाख मुनिका थिए ।
रुन्टीगढी गाउँपालिकामा अघिल्लो वर्ष पालिका स्तरका ५९ र वडा स्तरका २३३ योजना कार्यान्वयन भएका थिए । त्यसरी कार्यान्वयन भएका योजना मध्ये उपभोक्ता समिति मार्फत २७५ योजना र निर्माण व्यवसायी मार्फत १७ योजना कार्यान्वयन भएका थिए । रुन्टीगढी गाउँपालिकाले ३३ वटा योजना गैर सरकारी संस्था मार्फत कार्यान्वयन गरेको थियो । समृद्धीका लागि वन कार्यक्रम संचालन गरिहरेको सो गाउँपालिकाले केही योजना सामुदायिक वन उपभोक्ता समूह मार्फत संचालन गरेको थियो ।
जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले गएको आर्थिक वर्ष कुल १४३ वटा योजना कार्यान्वयन गरेको थियो । कार्यान्वयन गरिएका ती योजना मध्ये उसले ५० लाख माथिका १० योजना सम्पादन गरेको थियो । नगरपालिकामा ३८ वटा योजना ५ देखी ५० लाख सम्मका रहँदा ५ लाख भन्दा मुनीका योजना ९५ वटा थिए ।
रोल्पा नगरपालिकाले अघिल्लो वर्ष पालिकास्तरका ५५ र वडा स्तरका ८८ योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेको ती योजना मध्ये १०० वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका थिए भने २७ वटा योजना निर्माण व्यवसायी मार्फत र २ वटा योजना अन्य तरिकाले कार्यान्वयन भएका थिए ।
लुंग्री गाउँपालिकाले गत आर्थिक वर्ष १४४ योजना कार्यान्वयन गरेको थियो । कार्यान्वयन गरिएका ती योजना मध्ये ५० लाख माथिका योजनाको संख्या ३ वटा मात्रै थिए । गाउँपालिकाले ५ लाख देखी ५० लाख सम्मका ४१ र ५ लाख भन्दा कमका १०० वटा योजना कार्यान्वयन गरेको थियो ।
लुंग्री गाउँपालिकामा अघिल्लो वर्ष ६६ वटा पालिका स्तरका र ९७ वटा वडा स्तरका योजना सम्पन्न भएका थिए ।
सम्पन्न भएका योजना मध्ये ९७ वटा योजना उपभोक्ता समिति मार्फत र १५ वटा योजना निर्माण व्यवसायी मार्फत कार्यान्वयन भएका थिए । उसले विद्यालय व्यवस्थापन समिति मार्फत ६ वटा र अमानतद्धारा २६ वटा योजना कार्यान्वयन गरेको थियो ।
सुनछहरी गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष १०५ वटा योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेका योजना मध्ये ५० लाख माथिका ५ वटा योजना थिए । यसैगरि ५ लाख देखी ५० लाख सम्मका ४१ र ५ लाख मुनिका ५९ वटा योजना कार्यान्वयन गरेको थियो ।
सुनछहरी गाउँपालिकाले अघिल्लो वर्ष पालिका स्तरमा ५६ र वडा स्तरमा ४९ योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेका योजना मध्ये ७९ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका थिए । यसैगरि २६ वटा योजना निर्माण व्यवसायी मार्फत सम्पन्न भएका थिए ।
सुनिलस्मृती गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष १२६ वटा योजना कार्यान्वयन गरेको थियो । त्यसरी सम्पन्न योजना मध्ये ५० लाख माथिका योजनाको संख्या ७ वटा मात्रै थिए । ५ लाख देखी ५० लाख सम्मका २८ वटा योजना सम्पन्न गरेको सो गाउँपालिकाले ५ लाख मुनीका ९१ वटा योजना कार्यान्वयन गरेको थियो ।
सुनिलस्मृती गाउँपालिकामा अघिल्लो वर्ष पालिका स्तरमा ४० र वडा स्तरमा ७१ योजना कार्यान्वयन भएका थिए । कार्यान्वयन भएका ती योजना मध्ये ९५ वटा योजना उपभोक्ता समिति मार्फत र ११ वटा योजना मात्रै निर्माण व्यवसायी मार्फत कार्यान्वयन भएका थिए ।
त्रिवेणी गाउँपालिकाले गत आर्थिक वर्ष २०५ वटा योजना कार्यान्वयन गरेको थियो । त्यसरी कार्यान्वयन भएका योजना मध्ये ५० लाख माथिका योजनाको संख्या १० वटा थिए । सो गाउँपालिकामा ५ लाख देखी ५० लाख सम्मका ३४ वटा र ५ लाखमुनीका १६१ वटा योजना कार्यान्वयन गरेको थियो ।
सो गाउँपालिकाले सम्पन्न गरेको ती योजना मध्ये पालिकास्तरका ४३ वटा र वडा स्तरका १६२ वटा योजना थिए । ती योजना मध्ये १८९ वटा योजना उपभोक्ता समिति मार्फत र १६ वटा योजना निर्माण व्यवसायी मार्फत कार्यान्वयन गरिएका थिए ।
कार्यकर्ताको भागशान्ति गर्न पालिकाहरूले टुक्रे योजना ल्याउने गरेको वताईन्छ । वितरणमुखी त्यस्ता योजना परिणाममुखी नभएको स्थानीय तहका जानकार दयाराम डाँगीले वताए । खुल्ला प्रतिस्पर्धाको साटो पालिकाहरूले धेरै योजना उपभोक्ता समितिवाट गराउदा एउटै व्यक्ति वा समूह हावी हुने गरेका छन डाँगीले भने ।
योजना कार्यान्वयन गर्ने प्राविधिक जनशक्ति अभाव
जिल्लाका स्थानीय तहहरूमा कार्यान्वयन हुने योजनाका संख्या चाङ लागेपनि ती योजना कार्यान्वयन गर्ने प्राविधिक जनशक्ति भने अत्यन्तै न्यून रहेका छन । अधिकृत र सहायक स्तरका कर्मचारीको व्यवस्था गरिए पनि जिल्लाका प्रायः सवै पालिका सहायक स्तरका कर्मचारीको भरमा चलेका छन ।
जिल्लाको थवाङ गाउँपालिकामा १ अधिकृत र ८ सहायक गरि ९ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेपनि सो पालिकामा १ अधिकृत र २ सहायक गरि ३ दरवन्दी खाली छ । परिवर्तन गाउँपालिकामा १ अधिकृत र ८ सहायक गरि ९ प्राविधिक कर्मचारीको दरबन्दी रहेकामा सो पालिकामा हाल १ अधिकृत र ३ सहायक गरि ४ जना प्राविधिक कर्मचारीको पद रिक्त छ । रुन्टगढी गाउँपालिकामा १ अधिकृत र १२ सहायक गरि १३ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा त्यहाँ हाल १ अधिकृत र १ सहायक गरि २ जना कर्मचारीको पद रिक्त रहेको छ ।
यसैगरि रोल्पा नगरपालिकामा २ अधिकृत र १७ सहायक गरि १७ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा सो पालिकामा हाल २ अधिकृत र ८ सहायक गरि १० जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । लुंग्री गाउँपालिकामा १ अधिकृत र ११ सहायक गरि १२ प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा सो पालिकामा १ अधिकृत र ५ सहायक गरि ६ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ ।
सुनछहरी गाउँपालिकामा १ अधिकृत र ९ सहायक गरि १० जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा हाल त्यहाँ १ अधिकृत र ३ सहायक गरि ४ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । सुनिलस्मृती गाउँपालिकामा २ अधिकृत र ८ सहायक गरि १० जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा हाल १ अधिकृत र २ सहायक गरि ३ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । त्रिवेणी गाउँपालिकामा १ अधिकृत र १० सहायक सहित ११ जना प्राविधिक कर्मचारीका दरवन्दी रहेको छ । स्वीकृत दरवन्दी मध्ये हाल १ अधिकृत र ८ सहायक गरि ९ जनाको स्थायी पद रिक्त रहेको छ ।
यसरी पद रिक्त रहेका पालिकाहरूले अधिकांश पद करार सेवावाट पूर्ती गरेपनि उनीहरू अवसर पाउने वित्तिकै अर्को ठाउँ जाने भएकोले सेवा अस्थिर हुने गरेको पालिकाहरूको भनाई छ । करार अवधि पुरा नहुदा अर्को ठाउँ जाने प्रवृद्धीका कारण पालिकाको काम प्रभावित हुने गरेको उनीहरूको भनाई छ ।
कर्मचारी अभाव र टुक्रे योजना पालिकाको मुख्य समस्याको रूपमा देखिएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको भनाई छ । योजना धेरै र ती योजना हेर्ने प्राविधिक कर्मचारी कम हुँदा योजनाको कार्यसम्पादनमा समस्या हुने गर्दछ अध्यक्ष पुनले भने ।