ट्रेंडिंग:

>> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

विवाद समाधान नभएसम्म कर नतिर्ने घोषणा

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

रोल्पा, ३० साउन ।
रोल्पा नगरपालिकाले लिदै आएको करको विवाद समाधान नभएसम्म व्यवसायीहरूले कर नतिर्ने घोषणा गरेका छन् । शनिवार जिल्ला सदरमुकाम लिवाङमा वसेको उद्योगी व्यवसायीहरूको वृहत भेलाले विवाद समाधान नभएसम्मका लागी कर नतिर्ने घोषणा गरेको हो ।

रोल्पा उद्योग वाणिज्य संघको गत श्रावण ७ गतेको निर्णयलाई समर्थन गर्दै व्यवसायीले व्यवसायिक कर नतिर्ने साथै नगरपालिकाको कार्यालयलाई कुनै सामान चिटका आधारमा विक्री नगर्ने र उपलब्ध नगराउने निर्णय समेत गरेको छ । रोल्पा नगरपालिकाबाट लिइएको अव्यवहारिक, असामान्य, असान्दर्भिक, आपत्तिजनक र अवैज्ञानिक स्थानीय व्यवसायिक करको विरुद्धमा संघर्ष र परामर्श समिति समेत गठन गरिएको छ ।

रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको संयोजकत्वमा संघर्ष र परामर्श समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा घरेलु तथा साना उद्योग महासंघ रोल्पाका प्रतिनिधि रामबहादुर बुढाथोकी, होटल व्यवसायी संघ रोल्पा अध्यक्ष दिपेन थापा र रोल्पा उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार अधिवक्ता तुलसीराम जिसी रहेका छन ।
संघर्ष तथा परामर्श समितिको अन्य सदस्यहरूमा नेपाल लेखापढी कानून व्यवसयी एशोसियशन रोल्पाका अध्यक्ष होमबहादुर पुन, सिलाई कटाई व्यवसायी संघ रोल्पाका अध्यक्ष मनबहादुर नेपाली, मासु व्यवसायी संघ रोल्पाका अध्यक्ष श्यामकला थापा, औषधी व्यवसायी संघ रोल्पाका अध्यक्ष शिबप्रसाद आचार्य रहनु भएको छ । समितिको अन्य सदस्यहरूमा अटो मोबाईल वर्कशपका बिरसिंह घर्तीमगर, तरकारी व्यवसायी संघका प्रतिनिधि हरिबहादुर घर्तीमगर, व्यूटी पार्लर व्यवसायी सिता फेवाली, विद्युत व्यवसायी केशरबहादुर सुनार, आर्ट व्यवसायी यामबहादुर बाँठा मगर रहनु भएको रोल्पा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

नव गठित संघर्ष तथा परामर्श समितिले साउन २८ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र समेत वुझाएको छ । ४ बुँदे ज्ञापन पत्रमा रोल्पा नगरपालिकाले लिदै आएको कर प्रणालीको विरोध गरिएको छ । साना व्यवसायीहरूको ढाड सेक्ने गरि अवैज्ञानिक र गैरकानूनी तवरले लिईदै आएको कर अविलम्व सच्याउन आग्रह गरिएको रोल्पा उदोग वाणिज्य संघका अध्यक्ष केशव आचार्यले जानकारी दिए । आग्रहको सुनुवाई नभए थप संघर्षका कार्यक्रम अघि वढाउछौ अध्यक्ष आचार्यले भने ।
रोल्पा नगरपालिकाले लिदै आएको कर अवैज्ञानिक भएको भन्दै व्यवसायीहरूले लामो समयदेखि असन्तुष्टी जनाउँदै आएका छन । विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका उनीहरूले यस पटक भने विवाद समाधान नहुँदासम्म व्यवसायिक कर नतिर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?