ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बासुकी नाग मन्दिरमा विशेष पुजा

सर्पको धार्मिक र बैज्ञानिक दुबै रुपमा महत्व छ ।
२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

बुटवल, २५ साउन । बुटवलको बासुकी नाग मन्दिरमा नाग पन्चमीको अवसर विशेष पुजापाठ गरिएको छ । श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीका विशेष पुजा गरेर मनाउने प्रचलन रहेको छ । यस क्षेत्रकै एकमात्र नाग मन्दिरका रुपमा रहेको बासुकी मन्दिरमा बिहानैबाट भक्तजनहरु पुगेका थिए । मन्दिर स्थापनाको विषयमा रोचक कथा रहेको छ । केही वर्षअघिसम्म बुटवल उपमहानगरपालिका वडा नं २ स्थित मनकामना मन्दिरको पश्चिम उत्तर डाडामा धेरै पटक सर्पहरु देखिने गरेको स्थानियहरु बताउछन ।

स्थानियहरुले त्यहा राजगोमनदेखि अन्य धेरै सर्पहरु अन्जानमा मारे । सो क्षेत्रमा धेरै सडक दुर्घटनाहरु हुदै गएको र एक जना माताको सपनामा ज्ञान प्राप्त भई सो मन्दिर निमार्णको अगुवाई भएको मन्दिरका कोषध्यक्ष ध्रुवराज खनालले बताए । धेरै भक्तजनहरु आफनो मनोकामना पुरा भएको कथासमेत बताउने गरेको उनले बताए । पछिल्लो समय मन्दिरमा विशेष पुजा, मुर्ति स्थापना तथा यज्ञहोमन समेत गरिदै आएको छ । नागका विभिन्न स्वरुपहरुको पुजा नाग पंचमीको दिनमा गरि दूध, सिन्दुर चढाएर पुजा गरिन्छ । भगवान शिवका प्रिय सर्प र प्रिय महिना साउनमा नाग पंचमी पर्ने हुदा पनि यो दिनलाई हिन्दु धर्मावलम्बीहरु पुजाआजा गरेर व्रत बस्ने गर्दछन ।

बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–२) को क्षेत्रमा पर्ने सो मन्दिरको संरक्षणलाई युवा हसन्त लामाले अघि बढाए । उनले पछिल्लो ३ वर्षमा विभिन्न दाताहरुबाट प्राप्त भएको सहयोगमा बासुकी नागको मन्दिर, होमन कक्ष, महाकालीको मन्दिर निमार्ण लगायत पुर्वाधार निमार्ण भएको छ । स्वतस्फूत दाताको सहयोगबाट खहरेबाट बचाउन तारजाली, बाटो निमार्णका साथै मुल बासुकी नागको मन्दिर, होमन कक्ष, गणेश, लक्ष्मीको मन्दिर शेषनागको मन्दिर, महाकालीको मन्दिर निर्माण भएको छ । थोरै समय भएपनि यहा आउने जोकोही मोहित हुने उनले बताए । धार्मिक पर्यटकिय स्थलका रुपमा विकासको लक्ष्यसहित काम भैरहेको उनले बताए । स्थानिय सरकारबाट समेत सिढी निमार्णको लागि यो वर्ष बजेट बिनियोजन भएको उनले बताए ।

हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ । एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ । भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउछ । धार्मिक मान्यता अनुसार शुक्लपक्षको नागपंचमीको दिन व्रत बसी पिठोको सर्प बनाएर त्यसलाई अलग–अलग रंगहरुको सजाउने, फुल, खीर, दूध, दीपबाट पुजा गर्ने, भुटेको चना र जौ लाई प्रसादको रुपमा ग्रहण गर्दा कुण्डलीमा कालसर्प दोष भएमा त्यो निवारण हुने विश्वास छ ।

पौराणिक मान्यता अनुसार साउन महिनाको शुक्लपक्ष पन्चमीको दिन भगवान श्रीकृष्णले गोकुलवासीहरुलाई कालिया नामक नागको आतंकबाट बचाएका थिए । अर्को पनि एउटा पौराणिक कथा अनुसार सृष्टिक रचयिता ब्रह्रमाजीले आफनो कृपाबाट शेषनागलाई पृथ्वीको भार धारण गर्न अलंकृत गरेका थिए । पृथ्वीको भार धारण गरेपछि मानवहरुले नाग देवताको पुजा गर्न आरम्भ गरे, त्यहिबाट यो परम्परा चलिरहेको छ ।

‘सर्प संरक्षण भएमात्र हामी बाच्छौ ।’– सर्प अनुसन्धानकर्ता देवकोटा

सर्पलाई पर्यावरण जोगाउने जीवको रुपमा चिनिन्छ । सर्पले वातावरणमा रहेको विषालु तत्वहरु ग्रहण गर्ने र वातावरणलाई शुद्ध पार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने कुरा विज्ञानबाट प्रमाणित भएको छ । सर्प बचाउ अभियानसंगै नेपालका सर्पको अध्ययन अनुसन्धानमा लागेका अभियन्ता÷अनुसन्धानकर्ता कमल देवकोटा सर्प जोगाउ सकेमात्र प्रकृति जोगिने बताउछन । ‘सर्पको धार्मिक र बैज्ञानिक दुबै रुपमा महत्व छ ।’ उनले भने । यसको संरक्षणको जिम्मेवारी हाम्रो काधमा आईपरेको उनले बताए । ‘सर्प संरक्षण भएमात्र हामी बाच्छौ ।’– उनले भने ।

नेपालमा पाईने ८० प्रजातिका सर्पहरुमध्ये केवल २१ प्रजातीका मात्र विषालु सर्प भएको उनले बताए । नेपालमा पाईने थोरै विषालु प्रजातिका सर्पमध्ये कमन कोबरा एक हो । यसले टोकेमा नेपालमा उपचार सम्भव छ । विशेष गरि मुसा, साना जिवहरु खाने यो सर्प ओसिलो क्षेत्रमा बस्ने गर्दछ । सर्प अनुसन्धानकर्ता कमल देवकोटाका अनुसार मानिसले नजिस्काएमा आक्रमण नगर्ने दाबी गर्छन । मानिसहरुले सर्प मार्ने काम नरोक्दा धेरै प्रजाती लोप हुने अवस्थामा पुगेको दुखेसो गर्छन । विषालु र अविषालु सर्पको पहिचान, सर्पका बासस्थान, सर्पदंशबाट बच्ने उपायका बारेमा उनि निरन्तर सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । सर्पदंशको उच्च जोखिममा पर्ने नेपालको २६ जिल्लामध्ये रुपन्देही पनि एक हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?