ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
समाचार टिप्पणी

रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचन औपचारिकता मात्रै

निश्चय पनि मतदाताले अब फेरी पनि गठबन्धनको निर्देशन होईन आफ्नो विवेक प्रयोग गर्ने बलियो संभावना देखिन्छ । किनभने, रुख चिन्हमा मत हाल्दै आएका काँग्रेस कार्यकर्तालाई कहिले कलम, कहिले हँसिया हथौडा वा कहिले अन्य कुनै चिन्हमा मतदान गर्ने निर्देशन दिंदा पक्कै पनि कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन ।
५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल ।

कात्तिक ४ गतेको दिनभर सत्ता गठबन्धन रुपन्देही–२ मा आफ्नो उम्मेदवारी कायमै रहनेमा आशावादी थियो । गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले भागबण्डामा रुपन्देहीको २ नम्बर क्षेत्र छाडेको थियो । त्यसमा समाजवादीले राजु गुरुङलाई टिकट दियो । तर उनले पाएको टिकट त्यतिबेला मात्र दुर्भाग्य बन्यो, जतिबेला सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज हुने फैसला सुनायो ।

स्थानीय तहमा बुटवल उपमहानगरपालिकामा मेयरसहित अधिकांश वडा जितेको काँग्रेसलाई रोकेर प्रतिनिधिसभाको टिकट हात पार्नु एकीकृत समाजवादीको ठुलै सफलता थियो । टिकटको बारेमा छलफल हुँदै गर्दा काँग्रेसको आन्तरिक बैठकमा नेता युवराज गिरीले राजु गुरुङको उम्मेदवारी विवादास्पद बन्न सक्ने संकेत गरेका थिए । “मलाई प्रतिनिधिसभामा टिकट दिएर गुरुङलाई बरु प्रदेशसभामा उठाउँ”–अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर एमाले उपाध्यक्ष विष्णु पौडेलसँग हारेका गिरीले पार्टीको बैठकमा भनेका थिए । तर उनको कुरा नेताहरुले सुन्न समेत चाहेनन् ।

बैंकिङ कसुरमा गुरुङको उम्मेदवारी सर्वोच्चले खारेज गरिदिएसँगै कांग्रेस नेता गिरीको संकेत सत्य सावित भयो । गुरुङको उम्मेदवारी खारेजीबारे अदालतबाट अन्तिम फैसला आएसंँगै सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । यही क्षेत्रबाट लगातार तीनवटा चुनाव जित्दै आएका एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेल बलियो प्रतिष्पर्धी नभएपछि जितको नजिक पुगेका छन् । तर उनले यसअघि बारम्बार चुनावमा प्रतिष्पर्धाबाट नै श्रेष्ठता हासिल गर्नुपर्ने आफ्नो अभिमत राख्दै आएका थिए ।

उम्मेदवारी किन रद्ध भयो ?
उम्मेद्वारी दिएलगत्तै गुरुङ कालोसूचीमा परेको हल्ला चल्यो । कालोसूचीमा परेको सूचना पाएपछि निर्वाचन अधिकृत उदयवीर नेपालीले उनलाई स्पष्टीकरण सोधे । गुरुङले अदालतमा मुद्दा चल्दाचल्दै गरेको अवस्थामा उम्मेद्वारीको योग्यता परीक्षण गर्न नहुने जिकिर गरे ।

अनि, आफूहरुविरुद्धको मुद्दा विचाराधिन भएको भनी उच्च अदालत पाटनबाट पत्र समेत बनाएका थिए, तर निर्वाचन अधिकृतको कार्यालयले मुद्दाका कारण नभई कालोसूचीका कारण उम्मेद्वारी रद्द भएको भनी त्यो पत्रलाई औचित्ययुक्त ठानेन । रुपन्देही–२ का निर्वाचन अधिकृत उदयवीर नेपाली स्पष्टीकरणको जवाफबाट सन्तुष्ट हुन सकेनन् र कर्जा सूचना केन्द्रको कालोसूचीमा राजु गुरुङको नाम समावेश भएको भन्ने आधार देखाई उनको मनोनयनपत्र रद्द गरे । चेक अनादरको मुद्दामा तिर्नुपर्ने बिगो नतिरेकाले कर्जा सूचना केन्द्रले ९ असोज २०७४ मा उनी लगायतको नाम कालोसूचीमा राखेको अभिलेखबाट देखिन्छ । केन्द्रको कालो सूची नं. २५५८९ (क्रमांक १००३०) मा राजु गुरुङको नाम समावेश छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा ‘प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्न अयोग्य हुने’ व्यवस्था छ । त्यही ऐनको आधारमा बनेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ मा समेत त्यही व्यवस्था हुबहु राखिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गुरुङलाई चेक अनादरको मुद्दामा जिल्ला अदालतबाट कसुरदार ठहरिएकाले उनको मनोनयन खारेज गरेको होइन, बरु जिल्लाको फैसला अनुसार कर्जा सूचना केन्द्रले नाम कालोसूचीमा राखेकाले अयोग्य भनेको हो । निर्वाचन अधिकृत उदयवीर नेपालीले समेत आफ्नो निर्णयको आधारमा यो कुरा उल्लेख गरेका थिए ।
‘चेक अनादरको मुद्दामा एक तहबाट फैसला भई फैसला कार्यान्वयनको सिलसिलामा कानून बमोजिम कालो सूचीमा रहेको व्यक्तिलाई पुनरावेदन तहमा पुनरावेदन गरी विचाराधिन रहेकै कारण कालो सूचीमा राख्न नमिल्ने भन्ने कुनै कानूनी व्यवस्था रहे भएको देखिंदैन,’ उनले निर्णयमा भनेका छन्, ‘यस सम्बन्धमा सर्वोच्च अदालतबाट समेत कुनै नजीर प्रतिपादन भएको देखिंदैन । राजु गुरुङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकाले एकीकृत समाजवादीको तर्फबाट रुपन्देही–२ मा दर्ता गराएको मनोनयनपत्र खारेज गरिदिएको छ ।’ निर्वाचन अधिकृतको निर्णय विरुद्ध राजु गुरुङ सर्वोच्च अदालतमा गए । तर सर्वोच्चले उनको मागदावी स्वीकार गरेन र उम्मेदवारी खारेज गरिदियो ।

अव गठबन्धन के गर्ला ?
उम्मेदवारी नै खारेज भएसँगै मुलुककै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ–अव रुपन्देही–२ मा गठबन्धन के गर्ला ? रुपन्देहीमा विकासको रोलमोडलको रुपमा उदाएका विष्णु पौडेललाई समर्थन गरेर इतिहास कायम गर्ला वा साना दलका कुनै उम्मेदवारलाई समर्थन ?

यस सन्र्दभमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल बांकी रहेका उम्मेदवार मध्ये जो राम्रो छ उसलाई समर्थन गरेर जान सकिने बताउंछन् ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार गठबन्धनभित्र अहिलेसम्म के गर्ने भन्ने विषयमा छलफल भएको छैन । “संभवतः शनिबार हामी गठबन्धनको बैठक बस्छौं, त्यसपछि के गर्ने भन्ने बारे टुंगो लाग्ला”–उनले भने । अव गठबन्धनसामु तेस्रो व्यक्तिलाई समर्थन गरेर जाने बाहेक अर्को विकल्प नदेखेको उनले बताए । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक सत्ता गठबन्धनको वैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने बताउंछन् ।

यदि काँग्रेसले तेस्रो व्यक्तिको खोजी गरेको खण्डमा गठबन्धन दलका कार्यकर्ता वा आम मतदाताले के गर्लान ? गठबन्धनले समर्थन गरेको तेस्रो व्यक्तिलाई मतदान गर्लान् वा विष्णु पौडेल जितको नजीक पुगिसकेको ठानेर उनैलाई मत देलान् । निश्चय पनि मतदाताले अब फेरी पनि गठबन्धनको निर्देशन होईन आफ्नो विवेक प्रयोग गर्ने बलियो संभावना देखिन्छ । किनभने, रुख चिन्हमा मत हाल्दै आएका काँग्रेस कार्यकर्तालाई कहिले कलम, कहिले हँसिया हथौडा वा कहिले अन्य कुनै चिन्हमा मतदान गर्ने निर्देशन दिंदा पक्कै पनि कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन । यो अवस्थामा उनीहरुले अव जे भयो भयो, जितको नजीक पुगिसकेकाले पौडेललाई नै मत दिउँ भन्ने विकल्प रोज्न सक्छन् । राजु गुरुङका साथै हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका कमल भुसाल (निकोलश) को उम्मेदवारी पनि खारेज हुनुले अव मतदातामा विष्णु पौडेल बाहेक अन्य विकल्पहरु साँघुरिंदै गएको विश्लेषकहरु बताउँछन् । यद्यपि भुसालको बारेमा सर्वोच्चले के गर्ला भनेर कात्तिक १५ पर्खिनैपर्छ ।

निर्विकल्प पौडेल
मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारको मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नसक्ने मध्येमा एक हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल । चुनावपछि अहिलेको गठबन्धन थप तोडमोड गरेर वा आफूसँगकै दलहरु र विभिन्न शक्तिलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री बन्न चाहन्छन् । र त्यो सरकारमा महत्वपूर्ण मन्त्रालय प्राप्त गर्ने मध्येका नेता विष्णु पौडेल रहेकोमा दुईमत छैन ।

यसअघि आफूले सांसद र मन्त्री बन्दा रुपन्देहीमा सुरू गरेका कतिपय ठूला र महत्वपूर्ण आयोजनाहरु अधूरो भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनपछि आफू फेरि सरकारमा गएर अधुरा काम पूरा गर्ने योजना पौडेलको छ । उनले सार्वजनिक रुपमा हरेकजसो कार्यक्रममा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार नबने मुलुकमा समृद्धि, विकास र शान्ति सम्भव नहुने दाबी गरिरहेका छन् ।

गठबन्धनसँग एक्लै भिडेर फराकिलो मतान्तरले चुनाव जित्नेमा पौडेल विश्वस्त थिए । चुनावपछि विजयी हासिल गरेर रुपन्देहीका अधुरा योजना पूरा गर्न पौडेलले ‘रोडम्याप’ नै तयार पारेर अघि बढेका थिए ।
वैशाखमा भएको स्थानीय निर्वाचनको नतिजाअनुसार बुटवलमा सत्ता गठबन्धन अगाडि थियो । तर त्यसअघिको २०७४ को निर्वाचनमा पौडेलले काँग्रेस उम्मेदवार युवराज गिरीलाई २२ हजार भन्दा बढी फराकिलो मतान्तरले पराजित गरेका थिए ।

अवको अवस्था
यहांँ अब पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् ।

राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही २ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसंग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भएको भएपनि पौडेललाई फरक नपर्ने अवस्था रहेको बताउंछन् । “रुपन्देही २ मा कांग्रेस वाहेक अरु दलले पौडेलसंग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन”– आजाद भन्छन् । जित नजिक पुगेका र सरकारमा माथिल्लो हैसियतमा पुग्न सक्ने प्रायः निश्चित भएका नेता पौडेललाई सबै दलका मतदाताले मतदान गर्नु वाहेक अरु विकल्प नदेखिएकोले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको १६५ क्षेत्र मध्ये सबै भन्दा धेरै र फराकिलो मतान्तरले जित हासिल गर्ने नेताको रुपमा विष्णु पौडेल स्थापीत हुन सक्दछन् ।

“यस्तो अवस्थामा गठबन्धनले साना दललाई समर्थन गर्दैमा पौडेललाई फरक पर्दैन तैपनि चुनाव हो औपचारिकता त पुरा गर्नैप¥यो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?