ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

यसरी बढ्दै छ प्रविधिको दुरुपयोग

तीन वर्षमा साइबर अपराधका झण्डै २० हजार उजुरी
१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौं, १८ साउन ।

काठमाडौंमा बीए अध्ययनरत २१ वर्षीया युवतीले फेसबूक म्यासेन्जरमा नचिनेको फेक आईडीबाट अश्लील तस्वीरहरू पाइन् । सबै तस्वीरमा ‘फोटोसप’ गरेर उनको टाउको जोडिएका थिए । ती युवतीले साइबर ब्यूरोमा उजुरी दिइन् । अनुसन्धानपछि २२ वर्षीया युवती पक्राउ परिन् । आफ्नो प्रेमीसँग बोलेको थाहा पाएपछि रिस उठेर यस्तो कार्य गरेको ती युवतीको बयान थियो ।

केही समयअघि बानेश्वरकी एक किशोरीलाई उनका आफन्तले पूर्वप्रेमीसँग खिचिएको फोटो पठाए । आफन्तसम्म पुरानो फोटो कसरी पुग्यो भनेर आश्चर्यमा परेकी उनले दाइलाई त्यसबारे बताइन् । खोजी गर्दै जाँदा पूर्वप्रेमीले दुईजनाको तस्वीर सामाजिक सञ्जालमा हालेको भेटियो । लगत्तै छानबिनका लागि साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उनीहरूले गुहारे ।

फेसबुकको कार्यालयसँग सम्पर्क गरेर तस्वीर डिलिट गराउने प्रक्रिया अघि बढिरहेको थियो, युवकसँग प्रहरीको सम्पर्क भयो । प्रहरीले घटना अनुसन्धान गर्न थालेको थाहा पाएलगत्तै उनले फेसबुकबाट तस्वीर हटाइदिए र माफी मागे । घटना सामसुम भयो । गुल्मी ठुलो लुम्पेकका कृण्ण राना अनलाईन सपिङका नाममा ठगिएको साथै उनको ह्वाट्सअप समेत ह्याक भएकाले उजुरी दिन आएको बताए ।

केही दिन अगाडि काठमाडौंको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा पुग्दा गेटदेखि नै मानिसहरूको निकै भिड देखिन्थ्यो । इन्टरनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरूपयोगका घटना पनि बढेका छन् । उजुरी दिने लाईनमा बसेका अधिकांशको अकाउन्ट ह्याक भएको गुनासो थियो । त्यस्तै, कसैको अनलाईन ठगी अनि कसैको चरित्रहत्यासँग सम्बन्धित त कसैको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने थियो ।

साईबर ब्युरोको तथ्यांक हेर्दा सामाजिक सञ्जालमा पनि सबैभन्दा धेरै फेसबुक म्यासेन्जर, इन्स्टाग्राम र टिक्टक् लगायतका सामाजिक सञ्जालका माध्यमबाट ठगिनेको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यस्तै, युटुब, ह्वाट्सअप, ईमो, भाईबर, ईसेवा, ईमेल, बैक, संस्था वेभसाईट ह्याकिङ, इमेल, एसएमएसलगायत मार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको छ ।

रिलेसनमा बसेपछि सामाजिक सञ्जालको पासवर्ड सेयर गर्ने भूल गरिन्छ । सबभन्दा गोप्य कुरा नै सेयर गरेपछि सम्बन्ध बिग्रँदा पीडितकै प्रोफाइलबाट अश्लील वा गोप्य कुराहरू सार्वजनिक गरिदिएर कतिपय अवस्थामा आत्महत्यासम्मको स्थितिमा पुग्ने गरेका छन् । अहिले पनि धेरैलाई कम्युनिकेसन सेन्टरबाट आफ्नो बायोडाटा बनाउनुपर्ने तथा नागरिकता वा अन्य व्यक्तिगत कागजातको स्क्यान वा कपी गराउनुपर्ने बाध्यता छ । यस्ता कैयौँ घटनामा त्यस्ता ठाउँबाट कपी गरिएका कागजातको दुरूपयोग गरी ठगी गरेको पाइएको छ । साइबर अपराध कुनै न कुनै रूपमा यौनसँग पनि जोडिने गरेको छ । यौन प्रतिशोध लिने (सेक्स रिभेन्ज), ब्ल्याकमेलिङ गर्ने, नक्कली आइडी बनाएर सामाजिक सञ्जालबाटै चरित्रहत्या गर्ने, पूर्वसम्बन्धको बदला लिने क्रममा साइबर अपराध हुने गरेको पाइएको छ । साइबर अपराध अन्तर्गत ठगी संगठित र योजनाबद्ध रूपमा विकास हुँदै गएको देखिन्छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय एक साईबर अपराधको उजुरी आएको थियो भने गत आर्थिक वर्ष २०८०/ ८१ मा यो संख्या ह्वात्तै बढेर १९ हजार ७ सय ३० पुगेको छ । आर्थिक बर्ष २०७७/७८ मा ३ हजार ९ सय ६, आर्थिक बर्ष २०७८÷७९ मा ४ हजार ६ सय ८६, आर्थिक वर्ष २०७९/८० मा ९ हजार १३ उजुरी परेको थियो । जसमा अधिकांश पीडित टिनएजर्स र युवा छन् । नेपालमा साइबर अपराध तथा अनलाइन ठगीका घटना फेसबुक, मेसेन्जर र ह्वाट्सएपबाट बढी हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ मा साइबर ब्युरोमा दर्ता भएका उजुरीलाई विश्लेषण गर्दा यस्तो तथ्य देखिएको हो ।

साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६/७७ मा फेसबुक र मेसेन्जरमार्फत साइबर अपराधको घटनामा परेको भन्दै २ हजार २ सय ५० जनाले उजुरी दिएका थिए । २०७८/७९ मा फेसबुक म्यासेन्जरबाट ६ हजार ७ सय ८२, ह्वाट्सएपबाट २ सय ८५, टिकटक्बाट ७ सय २१ र ईन्स्ट्राग्रामबाट ५ सय २१ साईबर अपराध भएको उजुरी परेको थियो । त्यस्तै, २०८०/८१ मा यो संख्या बढेर फेसबुक म्यासेन्जरबाट १६ हजार ९६, ह्वाट्सएपबाट ९ सय ८१, र्ईन्स्ट्राग्रामबाट १ हजार १ सय १६ र टिकटक्बाट ६ सय ८० पुगेको साइबर ब्यूरोको तथ्याङ्कले देखाउँछ ।

प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीले साइबर ब्यूरोमा उजुरी दिनेको संख्या दिन प्रति दिन बढिरहेको बताए । उनले भने, “देख्नुभयो नि, यहाँ सधैँ यस्तै भिड भइरहन्छ ।” साइबर अपराधका घटनामा विशेषगरी नग्न फोटोमा पीडितको फोटो जोडेर ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमा नाम र नग्न फोटो तथा भिडिओ राखेर बेइज्जत गर्ने, अनलाइनबाट आर्थिक ठगी गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका घटना बढी हुने गरेको उनले जानकारी दिए । त्यस्तै, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य संघ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पनि बढेको बताए ।

यस्तो बढिरहेको साइबर अपराधबाट कसरी जोगिने ? प्रहरी उपरीक्षक अवस्थी भन्छन्,‘सर्वसाधारणहरू हरेक समय सचेत हुनुपर्ने अवस्था आएकोे छ ।’ अहिले नयाँ नयाँ किसिमका साइबर अपराध र अनलाइन ठगीका घटना देखिएका छन् । ‘सबैभन्दा पहिले सामाजिक सञ्जालको पासवर्ड बलियो राख्नुप¥यो र ‘टु फ्याक्टर अथेन्टिकेशन’, ‘ओटीपी’, ‘फिंगरप्रिन्ट’ जस्ता कुरालाई पनि एक्टिभेट गर्नुपर्छ ।’ अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा भेटेकै भरमा आफ्ना व्यक्तिगत गोपनीयता र घरपरिवारका कुरा साटासाट गर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘प्रयोगकर्ता पनि सचेत हुनुपर्छ नत्र प्रहरीले मात्र पहल गरेर हुँदैन ।’ सामाजिक सञ्जालका खाता आफ्नो पहुँचबाट बाहिर गए फिर्ता ल्याउन सहज हुने भएकाले ‘रिकभरी’ इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

उनका अनुसार हरेक सामाजिक सञ्जालको ‘प्राइभेसी सेटिङ’ हुने भएकाले कतिपय कुरालाई गोप्य राख्नुपर्छ । ‘सकेसम्म आफ्ना घरको ठेगाना, नम्बर जस्ता व्यक्तिगत विवरण राख्नु हुँदैन’ उनले भने, ‘आफू कहाँ जाँदैछु, के गर्दैछु, कोसँग छु जस्ता विवरण पनि सामाजिक सञ्जालमा हाल्नु उचित हुँदैन ।’ म्यासेन्जरमा आउने जथाभावी लिंकलाई पनि खोल्न नहुने बताउँछन् । भन्छन्, ‘चिठ्ठा वा कुनै पुरस्कार आउने लोभमा पनि पर्नु हुँदैन ।’ उनले भने, ‘यसबाट जोगिन सर्वसाधारण सचेत हुन आवश्यक छ । कसैलाई झट्ट विश्वास गरेर रकम नपठाउने, पठाउनै परे प्रमाणित गर्ने, अपरिचित नम्बरबाट कल आए नउठाउने, अनावश्यक लिङ्क क्लिक नगर्ने, अपरिचित व्यक्तिलाई सामाजिक सञ्जालका अकाउन्टमा नजोड्ने हो भने यस्ता घटनाबाट धेरै हदसम्म जोगिन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?