ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कानूनी सेवामा तीन पुस्ता

१७ श्रावण २०८१, बिहीबार
१७ श्रावण २०८१, बिहीबार

रोल्पा, १७ साउन ।
तहविलदारको रूपमा २०२४ सालमा न्याय सेवामार्फत सरकारी सेवामा प्रवेश गरेका रोल्पा नगरपालिका–४ का खड्कबहादुर मल्लको तीन दशकभन्दा बढी सेवा जिल्ला अदालतमा बित्यो । २०६१ सालमा अधिकृत पदवाट सेवा निवृत्त भएका उनी आफू मात्रै न्याय सेवामा रमाएनन, तेस्रो पुस्तालाई समेत कानुनी सेवामा आकर्षित गरे ।

खड्कवहादुरका छोरा जितविक्रम मल्ल मात्र होइन नाति अधिराज मल्ल र नातिनी प्रकृति मल्लले समेत बाबुबाजेको मार्ग पछ्याउँदै कानुनको अभ्यास र उच्च शिक्षा अध्ययन गरिरहेका छन ।
विद्यालयको पढाइमा अब्बल जितविक्रम मल्ले बुबा खड्कबहादुरको प्रेरणाले कानुन पढे । त्यतिबेला रोल्पामा कानुन पढ्ने उति चलन थिएन । कानुन मात्र होइन अन्य विषय पढ्नका लागि पनि जिल्ला बाहिर जानुपथ्र्यो । मध्यम वर्गीय परिवारका जितविक्रम कानुन पढ्न काठमाडौं गए । नेपाल ल क्याम्पसबाट स्नातक सकेपछि उनले २०५० सालमा अधिवक्ताको प्रमाण पत्र लिएर रोल्पा फर्किए ।

२०५० यता उनी कानुनी पेसामा रमाइरहेका छन । उनले कानुन व्यवसाय गर्न लागेको तीन दशक पूरा भइसकेको छ । स्पष्ट वक्ता अनि तार्किक क्षमताका धनी उनले माओवादी सशस्त्रकालमा जिल्लामा नागरिक अगुवाको भूमिकासमेत निर्वाह गरेका थिए ।
जिल्लामा उनलाई कानुनका साथै अन्य क्षेत्रको समेत विश्लेषणात्मक क्षमता भएको व्यक्तिको रूपमा चिनिन्छ । कानुन व्यवसायका अतिरिक्त जिल्ला खेलकुद विकास समिति रोल्पाको अध्यक्षको रूपमा काम गरेको अनुभव छ उनीसँग । उनले एक कार्यकाल युवा स्वरोजगार प्रवद्र्धन समितिको सदस्य सचिवको भूमिका निर्वाह गरिसकेका छन ।

जिल्लास्तरीय वादविवाद र वक्तृत्वकला प्रतियोगितमा सधैं प्रथम हुन्थिन, प्रकृति मल्ल । उनको वाककला सुन्नेहरू ‘वकिल’ भनेर जिस्क्याउँथे । एसएलसीपछि के पढ्ने, प्रकृतिले निर्णय गरेकी थिइनन । अब्बल वाककला भएकी प्रकृतिलाई आफन्त, शिक्षक, साथीसंगीले कानुन पढ्न सुझाव दिन्थे । पारिवारिक माहोल पनि कानुनमय रहेका कारण प्रकृतिलाई एसएलसीपछि कानुन पढ्ने आकांक्षा बढ्दै गयो ।
सेन्ट जेभियर्स स्कुलबाट उत्कृष्ट अंकसहित विज्ञानमा प्लस टु उत्तीर्ण गरेकी उनलाई डाक्टर वा इन्जिनियर अध्ययनको सम्भावना नभएको होइन । उनले कानुन पढ्दै बाबुबाजेको पदचाप पछ्याउने निर्णय गरिन् र नेपाल ल क्याम्पसमा भर्ना भइन । बिए एलएलबीमा त्रिभुवन विश्वविद्यालयको दोस्रो टपरको रूपमा सो तह उत्तीर्ण गरेकी उनले नेपाल कानून व्यवसायी पदिषदले लिएको अधिवक्ता तहको परिक्षा टप टेनमा नाम निकाल्न सफल भएकी थिईन । प्रकृतिले नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको २६औं परीक्षा पास गरिन ।

हजारौं प्रतिस्पर्धीलाई पछि पर्दै उनले चौथो स्थान हासिल गरेकी थिईन । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरूको नामसमेत सार्वजनिक गर्ने गर्छ । त्यसरी नाम सार्वजनिक भएका मध्ये उनी चौथो स्थान कायम गर्दै जिल्लाको पहिलो महिला अधिवक्ताको रूपमा स्थापित भएकी छिन । उनले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एसियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिन । हाल उनले सोही विश्वविद्यालयवाट नीजि अन्तराष्ट्रिय कानूनमा विद्यावारिधि गरिरहेको परिवारको भनाइ छ ।
रोल्पा सदरमुकाम लिवाङको एक संस्थागत विद्यालयमा पढ्थे अधिराज मल्ल । जिल्ला सदरमुकाममा दिनहुँजसो कार्यक्रम भइरहन्थे । अधिराज पनि त्यस्ता कार्यक्रममा सहभागी हुन्थे । अधिकांश कार्यक्रममा बुबा जितविक्रम मल्ल वक्ताको रूपमा रहन्थे । बुबाको धाराप्रवाह वाककला तथा तार्किक क्षमता देखेर अधिराजले मनमनै सोच्थे– म पनि पछि गएर यस्तै भाषण गर्ने हुन्छु ।

दिदी प्रकृति, बुबा जितविक्रम र हजुरबा खड्कबहादुरको कानुनी पृष्ठभूमिका कारण घरमा कानुनमैत्री वातावरण थियो । दिदी, बुबा र हजुरबुबाले घरमा कानुनका विषयमा गरेको कुराकानी सुन्थे अधिराज । विद्यालय पढ्दै गरेका उनमा एसएलसीपछि कानुन पढ्ने चाहना मौलाउदै गयो । एसएलसीमा उत्कृष्ट अंक लिएका अधिराज प्लस टूमा विज्ञान पढ्ने निष्कर्षमा पुगे । प्लस टूको पढाइ पूरा गरेपछि अधिराज काठमाडौंको नेसनल ल कलेजमा बिए एलएलबीमा भर्ना । विए एलएलवी तहको पढाई उत्कृष्ट अंका लिएर पुरा गरेका अधिराजले कानून व्यवसायी परिषदले अघिल्लो वर्ष लिएको एकतिसौ अधिवक्ता तहको परीक्षामा टप टेन भित्र आठौ नम्वरमा नाम निकाल्न सफल भए ।
रोल्पामा कानुन पढ्नेको संख्या निकै कम छ । त्यसमा पनि महिलाको संख्या त झनै कम । अधिवक्ताको रूपमा कानुन व्यवसाय गर्नेको संख्या जिल्लामा एक दर्जनभन्दा बढी छैन । त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता त शून्य छ ।

प्रकृति र अधिराज भविष्यमा न्यायाधीश बन्ने सोचका साथ अघि बढिरहेको बुवा जितविक्रम मल्लले बताए । “कानुनी सेवामा प्रवेश गर्ने सबैको अन्तिम लक्ष्य न्यायाधीश बन्ने नै हुन्छ । सोही बमोजिम उनीहरूले पनि त्यस्तो लक्ष्य लिएका होलान” मल्लले भने, “कानुन पढ्न प्रत्यक्ष रूपमा मैले छोराछोरीलाई दबाब दिइनँ । पारिवारिक वातावरणले नै उनीहरूमा त्यस्तो प्रभाव प¥यो । दिदी वुवा र हजुर वुवाको प्रेरणाले आफुलाई कानून क्षेत्रमा आकर्षण गरेको” अधिराज मल्लको भनाई छ ।

जीतविक्रम मल्लको कान्छी छोरी कश्मिरा मल्लले भने विज्ञान विषय रोजिन । उनले यसै वर्ष त्रिभुवन विश्वविद्यालयमा भौतिक शास्त्रमा स्नातकोत्तर पुरा गरिन । उनले यसै वर्ष अमेरिकाको टेक्सासमा विद्यावरिधि अध्ययनका लागी पूर्ण छात्रवृत्तीमा छनोट भई अध्ययन गरिरहेको परिवारले जानकारी दिएको छ ।

एसएलसीमा उत्कृष्ट अंक लिएका अधिराज प्लस टूमा विज्ञान पढ्ने निष्कर्षमा पुगे । प्लस टूको पढाइ पूरा गरेपछि अधिराज काठमाडौंको नेसनल ल कलेजमा बिए एलएलबीमा भर्ना । विए एलएलवी तहको पढाई उत्कृष्ट अंक लिएर पुरा गरेका अधिराजले कानून व्यवसायी परिषदले अघिल्लो वर्ष लिएको एकतिसांै अधिवक्ता तहको परीक्षामा टप टेन भित्र आठौ नम्वरमा नाम निकाल्न सफल भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?