ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बर्खामा सर्पको सन्त्रास

सात सय बढी बिरामीलाई उपचार, एक वर्षमा एकको मात्र मृत्यु
१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

चन्द्रौटा (कपिलवस्तु), १४ साउन । ‘साउन ९ गते दिउँसो २ बजेतिर घरकै बारीमा घाँस काट्दै थिएँ । मैले देखिन एक्कासी कताबाट सर्प आयो, खुट्टामा टोक्यो ।’ अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–९, ठाडा खोला घर भएकी तुलसी रोकाले भनिन् । पछि मैले सर्पलाई देखेँ आफूलाई गोमन सर्पले टोकेको भनि निश्चित भयो । परिवारलाई जानकारी गराएँ, श्रीमानले तुरुन्तै मोटरसाइकलमा कपिलवस्तुको सर्पदंश केन्द्र गोरुसिंगे पु¥यापश्चात् प्रभावकारी उपचार पाउँदा बाँच्न सफल भएको उनी बताउँछिन् ।

शिवराज नगरपालिका–२ खैरीका सुरेन्द्र चौधरी गत ११ गते कोठामा सुतेका थिए । अर्को बिहान करिब ५ बजेतिर उठ्दा दाहिने खुट्टाको बुढी औँलामा रगत देखियो उनलाई शंका लाग्यो एका बिहानै गोरुसिंगे पुगेको बताए । उनले भनेः ‘खुट्टामा अचानक रगत देखिँदा आफूलाई सर्पले टोकेको अंशकामा झारफुकमा नभुलि सर्पदशं केन्द्र्रमा पुगेँ । चौधरीले थप्दै भनेः केले टोक्यो, कसरी टोक्यो थाहा भएन तर आफूलाई असहज महसुस भएर सम्बन्धित ठाउँमा जानुपर्छ भन्ने भयोरअस्पताल पुगेँ ।’

कपिलवस्तुको गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ४५ जनाले सेवा लिएका छन् । जसमा सबैभन्दा बढी महिला रहेको तथ्याङ्क छ । महिला ४ सय २ जना, ३ सय ४३ जना पुरुष गरी ७ साय ४५ जनालाई सर्पले टोकी सेवा लिएको केन्द्रले जनाएको छ । केन्द्रका व्यवस्थापक नबिन भण्डारीका अनुसार ३६ जनालाई सर्पदंशबारे सुझाइएको, उपचारको क्रममा मृत्यु एक जना, १९ जनालाई रिफररउपचार गर्न आउने क्रममा ७ जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट विगतका बर्षमा दर्जनौँको मृत्यु भएपनि यसबर्ष अत्यन्तै न्यून भएको जनाइएको छ ।

उपचार केन्द्रमा अन्य बिरामीहरूको उपचार गरि निको हुने गरेका छन् । अस्पतालमा दैनिक ६ देखि ८ जना बिरामी उपचारका लागि आउने गरेको व्यवस्थापक भण्डारीको भनाइ छ । पछिल्लो केही वर्ष यता पहाडी जिल्लाका सर्पदंशका बिरामीसमेत आउने गरेका छन् । कपिलवस्तुसहित अर्घाखाँची, रोल्पा, दाङ, प्युठान, गुल्मीररूपन्देही लगायत छिमेकी देश भारतबाट पनि सर्पदंशका बिरामी आउने गरेका छन् । अन्य जिल्लारठाउँको तुलनामा यस सर्पदंश उपचार केन्द्रमा सबैभन्दा धेरै बिरामी कपिलवस्तुको महाराजगञ्ज, शुद्धोधन, कपिलवस्तुरमायादेवी लगायत पालिकाका बिरामी बढी आउने गरेका छन् ।

यसअघि करिब केही बर्ष पहिले सर्पदंशका बिरामीको उपचार बहादुरगञ्जमा हुने गरेको थियो । त्यहाँ उपचार गर्न बन्द भएपछि गोरुसिंगे उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गएपनि मृत्यु भने हुन नदिन केन्द्रले चुस्तदुरुस्त सेवा प्रदान गरेको भण्डारीले बताए । सर्पदंश उपचार केन्द्रले सर्पको टोकाइबाट बच्नका लागि विभिन्न जनसचेतनामुलक कार्यक्रम बर्षेनी गर्दै आएको छ । मेला, महोत्सव, विद्यालयरझारफुक गर्ने व्यक्तिलाई सचेत गराउँदै आएको एक आर्थिक बर्षमा १३ वटा कार्यक्रम गरेको उपचार केन्द्रले जनाएको छ । व्यवस्थापक भण्डारीले गत वर्षको तुलनामा यस वर्ष सर्पले टोकेपछि झारफुक गराएर निको हुने अन्धविश्वासमा केही कमी आएको दाबी गरे । करेत जातको सर्प अन्य सर्पको तुलनात्मकरूपमा बढी विषालु भएको बताउँदै सुत्ने बेला झुलको प्रयोग गर्ने, घर, आगन सफा गर्ने, भुँइमा नसुत्ने, राति टर्चलाइट बाल्ने, सर्पले बस्न सक्ने ठाउँको राम्रोसँग पहिचान गर्ने, प्वालमा अनावश्यक हात नछिराउने, प्वाल टाल्ने, झ्यालको जाली मर्मत गर्नुपर्नेमा उनले जोडदिए ।
गर्मीयामको समयमा बिहान सुतेर उठ्दा पेट दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता अप्ठ्यारो महसुस भएमा सर्पले टोकेको शंका गरि अन्यन्त्र उपचारमा नलगेर सर्पदंश उपचार केन्द्रमा आउन भण्डारीले अनुरोध समेत गरे । कपिलवस्तु सर्पदंश उपचार केन्द्र शम्शेर दलगण गोरुसिङ्गे व्यारेकको प्राविधिक सहयोगरबुद्धभूमी नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?