ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

साउनमा हरियो चुरा : संस्कृति कि फेसन ?

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरू प्रायः त्यही चिजमा रमाउँछन् । त्यसैलाई मध्यनजर गर्दै साउन महिना सुरु हुनेवित्तिकै विगत जस्तै यसपालि पनि काठमाण्डौंमा चुरा पसलहरू हरिया चुरा र पोतेले भरीभराउ देखिएका छन् । चुरा पसलहरूमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा, पोते र मेहन्दी बेच्न राखिएका छन् । ब्यापारीहरु पनि असारको अन्तिमदेखि नै चुरा बेच्न भ्याईनभ्याइ हुने गरेको बताउँछन् ।
११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

खेमकुमारी पोखरेल (दीपु)काठमाडौ, ११ साउन ।

काठमाण्डौं बानेश्वरकी बिन्दु शर्मा साउन महिनामा हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र प्रायः कपडादेखि सबै श्रृंगार हरियो लगाउने गर्छिन् । साउनमा हरियो चुरा र हातमा मेहेन्दी नभए उनी खल्लो महशुस गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो’ उनी भन्छिन्, ‘हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेर यो लगाउने गरेकी छु । बानी नै परिसकेछ नलगाए के नपुगे नपुगे जस्तो हुन्छ ।’

सबैले हरियो चुरा लगाएको देखासिकीमा बुढानिलकण्ठकी पवित्रा सुनार पनि साउन सुरु भएदेखि नै हरियो चुरा र पहिरनमा सजिएकी छन् । उनी साउनको सोमबार ब्रत बस्ने र शिव मन्दिर जाने पनि गर्छिन् । ‘सबैले हरियो लगाएको देखेपछि मलाई पनि लगाउन मन लाग्यो’ साउनको पहिलो सोमबार पशुपतिमा पूजाको लागि लाइनमा बसेकी उनले भनिन्, ‘साउन शिवको महिना हो, हरियो चुरा र कपडा लगाएर ब्रत बसे महादेव खुसी हुने भन्छन् ।’

शर्मा र सुनार मात्र होईन हिन्दु नारीहरूका लागि बिशेष महिना साउन सुुरु भएलगत्तै महिलाहरु ह्रियो चुरा, मेहेन्दी र हरियो पहिरनमा सजिएका देखिन्छन् । साउनको पहिलो सोमबार काठमाण्डौको पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो थियो । मन्दिरमा विशेषगरी विवाहित महिला धेरै देखिन्थे । उनीहरु हरियो चुरा, हरियो, पहेलो कपडामा सजिएका देखिन्थे । अधिकांश महिलाहरूले साउन शिवजीको प्रिय महिना भएको र प्रकृति पनि त्यस्तै हुने भएकाले साउनमा हरियो चुरा, मेहेन्दी र हरियो पहेलो कपडा लगाएर श्रीमानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै ब्रत बस्ने, पुजा आराधना गर्ने गरेको बताउँछन् । भने केहीले आत्मसन्तुष्टीका लागि ब्रत बसेको र फेसनका रुपमा चुरा, मेहेन्दी र कपडा प्रयोग गर्ने गरेको बताउछन् । हरियो कपडा र हरियो श्रृगांर गरेर सोमबार व्रत बसेमा श्रीमानको आयु बढ्ने र अविवाहितलाई राम्रो श्रीमान पाउने धार्मिक विश्वास रहेको छ ।

साउन महिना बर्षा ऋतु हो । बर्षा ऋतुलाई हरियो ऋतु पनि मान्ने गरिन्छ । हरियो रंगसँग वर्षा ऋतुको सम्बन्ध भएको कारणले पनि साउनमा हरियो चुरा, कपडा, मेहेन्दी लगाउनु प्रकृतिसँग सम्बन्धित छ । प्रकृति नारीसँग नजिक भएको विषय पनि हो । नारी प्रकृतिमा अलि बढी खुल्ने भएको कारणले हरियो रंग नारीले प्रयोग गर्नु पारम्पारिक रुपमा चलिआएको चलन भएको बताउछन् विश्व ज्योतिष महासंघका केन्द्रीय सदस्य धार्मिक अभियन्ता जनार्दन न्यौपाने ।

न्यौपाने भन्छन्, ‘साउन महिना शिवजीको महिना हो । पार्वतीले शिवजीलाई प्राप्त गर्नका लागि साउन महिनामै घरबाट भागेर जंगलमा गई कठोर तपस्या गरेको, उनीसँग फेर्ने वस्त्र समेत नहँुदा हरियो पात बेरेको, हरियो पात र लहराले श्रृंगार गरेको केही काव्यहरुमा उल्लेख छ । ‘तपस्याको बेलामा पार्वतीले हरियो रंगको कपडा र हातमा रातो रंग प्रयोग गरे जस्तै महिलाहरुले पनि साउन महिनामा शिवजीलाई प्रसन्न बनाउनका लागि हरियो चुरा, हरियो पोते, हरियो कपडा र हातमा मेहेन्दी लगाउने, सोमबार ब्रत पुजा गर्ने भन्ने मनोविज्ञानले काम गरेको पनि हो’, उनी भन्छन् । त्यसैले साउन महिनामा अधिकांश महिलाहरू हातभरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर हिड्ने गर्छन् यो चलिआएको परम्परा पनि हो ।

आफ्नो पतिको दीर्घायुको कामनासहित साउनको सोमबार कतिपय महिला शिवजीलाई प्रसन्न बनाउन भन्दै पानी समेत नखाई व्रत बस्ने गर्दछन् । विवाहित हुन या अविवाहित, हरियो पहिरनमा सबै युवतीहरूको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आकर्षण र रमाइलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गरेको बताउँछन् ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरू प्रायः त्यही चिजमा रमाउँछन् । त्यसैलाई मध्यनजर गर्दै साउन महिना सुरु हुनेवित्तिकै विगत जस्तै यसपालि पनि काठमाण्डौंमा चुरा पसलहरू हरिया चुरा र पोतेले भरीभराउ देखिएका छन् । चुरा पसलहरूमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा, पोते र मेहन्दी बेच्न राखिएका छन् । ब्यापारीहरु पनि असारको अन्तिमदेखि नै चुरा बेच्न भ्याईनभ्याइ हुने गरेको बताउँछन् । असार महिनाको अन्तिम सातादेखि नै कस्मेटिक तथा चुरा पसलहरूमा हरियो चुरा र लगाउनेको भिड बढेको छ । साउनमा लगाउने श्रृंगारका सामग्रीहरू यसले व्यापारीलाई केही मात्रामा फाइदा भएकै छ । वसुन्धरामा पशुपति कस्मेटिक पसल सञ्चालन गर्दे आएकी जमुना श्रेष्ठ असारको अन्तिम सातादेखि नै हरियो चुरा, पोते र मेहेन्दीको ब्यापार बढ्ने बताउँछिन् । उनी अन्य बेलाको तुलनामा साउनमा दोब्बर व्यापार हुने गरेको बताउँछिन् । ‘कोभिड पहिलेको जस्तो ब्यापार त अहिले छैन तुलनात्मकरुपमा अरु समय भन्दा असारको अन्तिमदेखि नै ब्यापार राम्रो छ’, उनी भन्छिन्, ‘चुरा, पोते बेच्दा खाना खाने फुर्सद नै हुँदैन ।’ विवाहित महिला नै उनका बढी ग्राहक छन् । धाार्मक आस्था र विश्वास भन्दा पनि पछिल्लो समय हरियो चुरा र मेहेन्दी फेसनको रुपमा विकास भएको उनको बुझाई छ । सामान्य रूपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनी बताउँछिन् । ‘यो महिना त चुरा व्यापारीलाई राम्रो फाइदा हुन्छ, महिलाहरुको भिड नै लाग्छ’ उनी भन्छिन्, ‘आज सामान ल्यायो भोलि सकिन्छ ।’

हरियो चुरा पोते लगाएपछि भगवान खुसी हुने र सोचेको पूरा हुने कुरा विश्वास मात्र हो । २०६२÷०६३ को जनआन्दोलनपछि हरियो चुरा पोते र मेहन्दीको प्रचलन सुरु भएको पाइन्छ । पछिल्लो समय यसले व्यापक रूपमा फेसनको रूप लिएको छ । अहिले कुनै पनि महिला हरियो चुरा र महेन्दीबिना देखिदैनन् जताततै हरियो देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको तुलनामा केही बढेको हो । उक्त आर्थिक बर्षमा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै, चीनबाट २१ लाख ८० हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?