ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कसले गर्ला लुम्बिनी प्रदेश सरकारको नेतृत्व ?

यस्ता छन् दर्जन आकांक्षी
२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

बुटवल, २ कात्तिक ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै जाँदा लुम्बिनीमा मुख्यमन्त्री को बन्ला भनेर चासो व्यक्त गर्न थालिएको छ । मुख्य दलका प्रभावशाली नेताहरुको बाहुल्यता रहेकाले पनि भावी मुख्यमन्त्रीलाई चासोपुर्वक हेरिएको छ ।

अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने गरी पार्टीले अगाडि सारेको थियो । चुनाव जितेपछि उनी नै प्रदेशको मुख्यमन्त्री बने र साढे तीन वर्ष सरकार चलाए । यसपल्ट कुनै पनि दलले भावी मुख्यमन्त्रीको रुपमा कसैलाई अगाडि सारेका छैनन् । यद्यपि मुख्य दलबाट विभिन्न नेताले मुख्यमन्त्री बन्ने गृहकार्य भने गरिरहेका छन् ।

लुम्बिनी प्रदेशसभामा ५२ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ३३ सिटमा उम्मेदवार उठाएको छ । बाकी सिट गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोसपाको भागमा छन् । नेकपा एकीकृत समाजवादीले भने प्रदेशसभामा कुनै सिट पाएको छैन ।

काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभाको निर्वाचन लड्दै छन् । रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवार बनेका उनले काँग्रेस ठूलो दल भए आफू मुख्यमन्त्री बन्नेगरी पार्टीभित्र गृहकार्य गरेको उनीनिकट एक नेताले बताए ।

तर काँग्रेस नेता पुन उम्मेदवार बनेको क्षेत्रबाटै विद्रोही माओवादीका दीपेन्द्र पुन मगर पनि चुनाव लड्दै छन् । जसका कारण पुनको मुख्यमन्त्री बन्ने चाहनामा ब्रेक लाग्ने अनुमान पनि कतिपयले गरेका छन् । माओवादी परित्याग गरेर उम्मेदवार बनेका दीपेन्द्र यसअघि नै प्रदेशसभा सदस्य थिए । माओवादीलाई लुम्बिनी प्रदेशमा १७ सिट दिनुले उसलाई मुख्यमन्त्री दिनबाट रोक्ने उद्देश्य रहेको बताइएको छ ।

लुम्बिनी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा र लोसपाले १÷१ सिटमा मात्र उम्मेदवारी दिएका छन् । काँग्रेसबाट मुख्यमन्त्रीका अर्का आकांक्षी विरेन्द्रकुमार कनौडिया कपिलवस्तस ३ को प्रदेशसभा २ बाट चुनाव लड्दै छन् । उनी यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता थिए । “यसअघि संसदीय दलको नेताको भूमिका कुशलतापुर्वक निभाएकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीमा मेरो दावी रहन्छ”–उनले भने ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पार्न माओवादीसँग ८÷८ महिना सरकार चलाउने सहमति गर्दा पनि कानोडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको थियो । तर, पछि माओवादीले नछोडेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । लुम्बिनी प्रदेशका पुर्वमन्त्री डिल्ली चौधरी र रुपन्देहीका पुर्व सभापति अब्दुल रज्जाक पनि मुख्यमन्त्रीको दौडमा छन् । चौधरी दाङ ३ (१) बाट र रज्जाक रुपन्देहीको निर्वाचन क्षेत्र १ (२) बाट प्रतिष्पर्धामा छन् ।

काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनले विभिन्न नेताहरुले मुख्यमन्त्रीको चाहना राख्नु स्वाभाविक रहेको बताए । “उम्मेदवार बनेपछि मुख्यमन्त्रीको चाहना राख्नु स्वाभाविक हो, मेरो पनि चाहना छ, अरु साथीहरुको पनि होला”–उनले भने ।

गठबन्धनबाट भागवण्डामा १७ सिटमा खुम्चिएको माओवादी केन्द्रमा पनि विभिन्न नेता मुख्यमन्त्रीका आकांक्षी छन् । जोखबहादुर महरा र सुदर्शन बराल माओवादी केन्द्रबाट मुख्यमन्त्रीका बलिया दावेदार हुन् । माओवादी केन्द्रले यसका लागि चुनावपछि कि त काँग्रेससँगको गठबन्धन जारी राखेर उसलाई मनाउनुपर्छ, नभए एमालेसँग तालमेल गरी मुख्यमन्त्री बन्नुपर्ने हुन्छ । माओवादीका नेता आफ्नै बलबुतामा मुख्यमन्त्री बन्न भने असम्भव जस्तै देखिएको छ ।
जोखबहादुर महरा यसअघि अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए । उनी अहिले रोल्पाको क्षेत्र नम्बर १ (१) बाट उम्मेदवार छन् । यसअघि सोही क्षेत्रबाट कुलप्रसाद केसीले चुनाव जितेका थिए । केसी अहिले मुख्यमन्त्री छन् भने प्रदेशसभाको टिकट पाएनन् ।

शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक मन्त्री भएर काम गरेका सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दाबेदार रहेको माओवादी नेताहरु बताउँछन् । उनी गुल्मी क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभाम उम्मेदवार बनेका छन् । माओवादीले मुख्यमन्त्री पाउने सम्भावना देखिएको अवस्थामा उनलाई अघि सार्ने सम्भावना छ । बराल माओवादी नेता वर्षमान पुन निकट मानिन्छन् । प्रदेश योजना आयोगमा उपाध्यक्ष रहिसकेका बामदेव क्षेत्र मुख्यमन्त्री बन्ने आकांक्षासहित रुपन्देही क्षेत्र नम्बर २ (२) बाट चुनाव लड्दै छन् । त्यस्तै रुपन्देहीकै क्षेत्र नम्बर ५ (१) बाट चुनाव लडेका विनोद पहाडी पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।

उता, यसअघिको निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ । उसले जसपा र राप्रपासँग तालमेल गरी प्रदेशमा बहुमत ल्याउने कसरतमा जुटेको छ । एमालेबाट चारजना नेता मुख्यमन्त्रीका बलिया दावेदार देखिएका छन् ।

एमालेका पोलिटब्यूरो सदस्यद्वय लिला गिरी र दधिराम न्यौपाने प्रदेशसभामै निर्वाचन लड्दै छन् । दुवै नेता मुख्यमन्त्रीका बलिया दावेदार हुन् । दुर्वजना लुम्बिनी प्रदेशका सहइन्चार्ज छन् । गिरी रुपन्देही क्षेत्र नम्बर २ (१) बाट चुनाव लड्दै छन् भने न्यौपाने क्षेत्र नम्बर १ (२) बाट प्रतिष्पर्धामा छन् । गिरी यसअघिको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

त्यस्तै एमालेबाट रुपन्देहीको क्षेत्र नम्बर २ (२) बाट निर्वाचन लडेका भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी पार्टीका प्रदेश उपाध्यक्ष छन् । ं त्यस्तै एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्रीको आकांक्षा सहित दाङको ३ (१) बाट चुनावी दौडमा होमिएका छन् ।

एमालेका अर्का केन्द्रीय सदस्य भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी छन् । उनी यसअघि प्रदेशसभाको प्रमुख सचेतक थिए । उनी रूपन्देहीको ५ (१) बाट उम्मेदवार छन् ।

लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकै इच्छामा भर पर्ने भएकाले दुवैको रोजाइमा गिरी पर्न सक्ने चर्चा छ । पार्टीको वरियतामा अगाडि रहेका, संघीय निर्वाचनको तयारी गरेका र यसअघि प्रदेश सभामा पुगेकाहरुबाटै मुख्यमन्त्री बनाउने गरी दलहरुले रणनीति अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?