© २०२३
नवलपरासी,७ साउन ।
जिल्ला रामग्राम ७ उजैनी स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा ध्यानअभ्यास र दिप प्रज्वलन गरि असार पुर्णिमा मनाइएको छ । विपश्यनाका साधक साधिकाहरूको समुहले भगवान गौतम बुद्धले बुद्धत्व प्राप्ती पछि पहिलो पटक धर्मचक्र चलाएको दिन धम्मचक्र पर्वतन दिवस तथा बुद्धत्वको प्राप्तीको लागि सिद्धार्थ गौतमले गृहत्याग (महाभिनिष्क्रमण) लिइएको दिन महाभिनिष्क्रमण दिवस स्तुप क्षेत्रमा मनाएको हो ।
विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डे सहितको उपस्थितिमा ती दुबै दिवस मनाइएको थियो । बुद्धको जिवनका महाभिनिष्क्रमण र धर्मचक्र पर्वतन धेरै महŒवपुर्ण घटनाबारे जानकारी गराएका थिए । धर्मचक्र प्रवर्तन सुत्त सुन्दै ध्यान अभ्यास गरिएको र सिद्धार्थको महाभिनिष्क्रमण दिवसलाई सम्झदै स्तुपको चारै तिर दिप प्रज्वलन गरिएको उनले जानकारी गराए । यसको अध्यात्मिक महत्व छ, सहायक अचार्यले सुनाउदै भने, भगवान बुद्धले भनेको यो लोकमा पाँच दुर्लभ चिजको कुरा गरेका थिए ।
जस्मा मानिस भएर जन्मनु पहिलो दुर्लभ चिज हो, त्यसमा बुद्धको उपदेश सुन्न पाउनु दोश्रो दुर्लभ चिज हो, बुद्धको उपदेश सुनेर बुझ्न सक्नु तेश्रो दुर्लभ चिज हो, बुद्धले देखाएको धर्मको मार्गमा हिड्नु चौथो दुलर्भ चिज हो र बुद्धको मार्गमा लागेर विमुक्ति अर्थात निर्वाण प्राप्त गर्नु पाँचौ दुर्लभ चिज हो । यसले गर्दा यस भगवान गौतम बुद्धको धातु भएको क्षेत्रमा जन्मिनु नै दुर्लभ कुरा प्राप्त गरिएको छ, त्यसमा पनि स्तुपमा बसेर ध्यान अभ्यास तथा उनले दिएको धर्म सन्देश सुन्न पाइएको दुर्लभ चिज पनि प्राप्त भएको छ । यसलाई बुझेर निरन्त आफ्नो जिवनमा उतार्दै बुद्धले सिकाएको धर्म मार्गमा हिँड्दै विमुक्तिको मार्ग प्राप्त सक्नु यस क्षेत्रमा मानवजातीका लागि ठूलो अवसर भएको बताएका थिए ।
उनले सिद्धार्थ गौतमले आफ्नो राजकिय सुबिधा त्याग गरि लोक कल्याण र लोकविमुक्तिको विद्या विपश्यना खोजेर मानव जगतलाई दिएका छन्, त्यो खोजका लागि गृह त्याग गरेको दिन सम्झने दिन आज नै हो, त्यस बाहेक ति ज्ञानको प्राप्ती प्रश्चात आफ्नै शुरुका गुरु कुण्डन्यलाई पहिलो पटक सुनाउँदै देवलोक ब्रम्हलोक हुँदै निर्वाणिक लोकसम्मका प्राणाीलाई धर्मको सञ्चार गरि धर्म चक्र चलाउने दिन पनि भएको हुदा प्रत्येक बर्ष बुद्ध प्रति श्रद्धा राख्नेलाई यो असार पूर्णिमा धेरै नै महत्वपूर्ण भएको बताएका थिए ।
भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरूले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्तुप निर्माण गराउने अभियानमा लागेका थिए । अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप (रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए ।
यो स्तुपको संरक्षण, पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरूले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरूले यो स्तुप धर्मको धरोहर हो, भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफुहरू बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको,ति नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए । रामग्राम स्तुप,प्राचिन इतिहास,धार्मिक धरोहर,बौद्धकालिन संस्कृतिको आधार र अध्यात्मिक अभ्यासका लागि संसारकै लागि हेर्न लायक स्थल हुनेमा सबैले विश्वास गरेका थिए । संसारको एक मात्र सिगोँ अष्टधातु रहेको छ । यो रामग्राम स्तुपमा प्राचिन कालमा पनि स्तुप नजिकै अध्यात्मिक अभ्यासका लागि सुन्याघारहरू रहेको, भिक्षु बस्ने विहार पनि संगै फेला छ । यस क्षेत्रमा अध्यात्मिक अभ्यासका लागि विश्वकै लागि एक उपलब्धीको रूपमा लिइएको छ । भगवान बुद्धको अस्तुधातु रहेको स्थानमा श्रद्धापुर्वक एउटा फूल मात्रै अर्पण गर्नाले मानिसको लागि देवलोकको बाटो खुल्ने बौद्ध साहित्यमा उल्लेख पाईन्छ । स्तुपमा बसेर ध्यान विपश्यना गर्नाले जरामरणको मुक्तिको बाटोसम्म पु¥याउने अध्यात्मिक मान्यता रहेको छ । यसले गर्दा पनि संसारका बौद्ध भिच्छु र बौद्धमार्गी एक पटक भए पनि यो स्तुपको धातु पुजामा सहभागि हुने मान्यता रहेको छ ।