ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नारायणीको भेलमा ईन्धनको जोहो

६ श्रावण २०८१, आईतवार
६ श्रावण २०८१, आईतवार

सुनवल, ६ साउन  ।
पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदीको भेलमा अहिले काठदाउरा संकलन गर्नेको भिड लागेको छ । तटिय क्षेत्रका बासिन्दा वर्षभरिका लागि ईन्धनको जोहो गर्न लागिपरेका छन् । बालबालिका देखि वृद्धवृद्धासम्म नारायणीको भेलमा आएको दाउरा आंकुशेको मदतले नदि किनारामा ल्याएर जम्मा पार्न व्यस्त छन् । सुस्ता क्षेत्रमा नजिकै जंगल छैन्, जब नारायणी नदिमा बाढि आउछ तब ईन्धनको रूपमा वर्षेभरलाई पुग्ने दाउरा संकलन गर्नुपर्ने तटिय क्षेत्रका बासिन्दाको बाध्यता भएको सुस्ताका स्थानीय रामाकान्त राजभरले बताए । यस क्षेत्रमा धेरै गरिब विपन्नहरूको बसोबास छ, ग्यास किन्न सकिदैन् वर्षभरको लागि आगो बाल्ने र अलिअलि आम्दानी गर्ने माध्यम यहि नदिका काठदाउरा हुन्, राजभरले भने । ठुला काठ भेटिएमा बिक्री हुने भएपनि आफूहरूलाई मुख्य रूपमा खाना पकाउनकै लागी दाउरा संकलन गर्ने गरेको उनले बताए ।

बाढिमा, दाउरा मात्र होईन राम्रा काठ पनि बगेर आउने भएकाले काठ छोप्न स्थानीयले तछाडमछाड गर्ने गर्दछन् । जसका कारण हरेक वर्ष काठदाउरा संकलन गर्ने क्रममा नदिमा बेपत्ता हुने क्रम बढ्दो छ । दुई हप्ता अगाडि मात्रै दाउरा छोप्ने क्रममा नारायणीमा डुबेर एक युवक बेपत्ता भएका थिए । उनको अवस्था हाल सम्म अज्ञात छ । हरेक वर्ष नारायणीमा काठदाउरा संकलन गर्ने क्रममा मानिस वेपत्ता हुने गरेका छन् । सस्ता ५ का स्थानीय नुर मोहम्मद अन्सारीले काठदाउरा छोप्ने काम निकै जोखिमपूर्ण रहेको बताए ।

‘अलिकती पनि खुट्टा चिप्लियो भने नदिको भेलले बगाउँछ, अन्सारीले भने, तर बाध्यता छ के गर्नु ।’ सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले प्रहरी संगको समन्वयमा जोखिम देखिएपछि काठदाउरा संकलन कार्य रोक्न खोजेपनि नसकेको बताए । कतिपयलाई बाध्यता र कतिपयलाई पैसाको लोभ भएकाले नदिमा नजान माईकिङ्ग गरे पनि स्थानीयले नमानेको उनको भनाइ छ ।

अर्कोतर्फ नदीमा व्यवस्थित तवरले काठदाउरा संकलन गर्ने व्यवस्था नहुँदा करोडाँैको राजश्व गुम्दै गएको छ । तत्कालिन समयमा जिल्ला विकास समितिले काठदाउरा संकलन गर्न दहत्तर बहत्तर नामको ठेक्का गर्ने गरेको थियो तर संघियता पछि ठेक्का आह्वान हुन सकेको छैन् । स्थानिय तहले ठेक्का लगाउन खोजेपनि कानुनी जटिलता देखिएको जनप्रतिनिधिको भनाइ छ । डिभिजन वन कार्यालयले आह्वान भएको ठेक्का पनि गत वर्ष रोकेको सुस्ता गाँउपालिकाका अध्यक्ष उपाध्यायले बताए । हामीले गत वर्ष ठेक्कानै आह्वान गरेका थियौँ, तर डिभिजन वन कार्यालयले रोकिदियो, त्यसपछि हामी अगाडी बढ्न सकेनौँ उपाध्यायले भने । ठेक्का आह्वान नहुदा किनारमा आउने स–साना काठदाउरा मात्र संकलन हुने गरेको र ठुला काठ सबै बगेर भारत तर्फ जाने गरेको अध्यक्ष उपाध्यायले बताए ।

डिभिजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले स्थानिय तहको क्षेत्राधिकार भन्दा बाहिर भएकाले स्थानिय तहलाई जानकारी गराईएको बताए । प्रदेश सरकारलाई दरियावुर्दि (कसैको हक प्रमाण नपुगेको) काठ विक्रि वितरण गर्ने अधिकार भएकाले स्थानिय तहलाई सचेत बनाईएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?