ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

विभेदले जन्मिएकी अभियन्ता

म पाँच छोरी मध्येकी काँइली पढ्न विद्यालय जान पाएँ । त्यसबेला मलाई यो तल्लो जातको छोरीले पढेर के नै गर्ने होला भनेर धेरै व्यक्तिहरुले व्यंग्य गर्थे । मलाई सानैबाट पढ्न मन लाग्ने दाई दिदीहरूले पढ्न पाएनन् तर म भाग्यमानी हुँ । म पढ्न पाएँ । पढेर केही गर्छु भन्ने अठोट पुरा गर्न पाएँ ।
५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

बुटवल, ५ साउन ।

स्याङ्गजाको कालीगण्डकी गाउँपालिकामा जन्मिएकी मनु खड्का सामाजिक अभियन्ता हुन् । समाजमा रहेका गरिब त्यस माथि पनि दलित समुदायका महिलाहरू उनलाई अभिभावकको रूपमा लिन्छन् । सानै उमेरमा दलित भएकै कारण समाजले गरेको तिरस्कारले सामाजिक रूपमा काम गर्ने प्रोत्साहन गरेको हो ।उनलाई  बुवा स्व.धनलाल विक परिवार पाल्न काम गर्ने आमा किसानी गरेर दुई दाई र पाँच छोरीलाई हुर्काउनु भयो । म भन्दा माथिका दाई दिदीहरूले आर्थिक र सामाजिक समस्याका कारणले पढ्न पाएनन् ।

उनी भन्छिन्–‘म पाँच छोरी मध्येकी काँइली पढ्न विद्यालय जान पाएँ । त्यसबेला मलाई यो तल्लो जातको छोरीले पढेर के नै गर्ने होला भनेर धेरै व्यतिmहरूले व्यंग्य गर्थे । मलाई सानैबाट पढ्न मन लाग्ने दाई दिदीहरूले पढ्न पाएनन तर म भाग्यमानी हुँ म पढ्न पाएँ । पढेर केही गर्छु भन्ने अठोट पुरा गर्न पाएँ ।’

उनी भन्छिन्–तर त्यो समय मलाई जसरी जस्ले जे भने पनि पढ्नु र समाजमा केही गर्ने हुटहुटी थियो । विद्यालयमा पढ्दा छुट्टै राखेको टंकीको पानी खानु पर्ने, हामी विद्यालयको मन्दिरमा पस्न नहुने यस्ता त कति कहानी छन् जस्ले गर्दा मन अमिलो बनाएका कति दिन छन् । त्यसबेला विभेद सहन नसकेर दलितका छोराछोरी पढ्न नै जाँदैनथे । तर मलाई मनमा पिडा थियो । पिडाका बीच पनि मैले केही गर्नुपर्छ भन्ने थियो । त्यो समय सोंच्दा नि डर लाग्छ तर विभेद कम हुनुका साथै केही रूप पनि फेरिएको छ ।’ अहिले सामाजिक रूपमा कम भए पनि छैन भन्ने अवस्था नरहेको उनको बुझाई छ ।

त्यो समयमा पढ्नु पनि समाज विरुद्धको एउटा लडाइँ थियो । पीडाका बीच पनि शिक्षकहरूले गरेको दुव्र्यवहारलाई पनि वास्ता नगरेर पढेको हँु मैले । २०४३ सालमा म मात्रै दलित बस्तीको एक्लो छोरी थिएँ जसले एसएलसी पास गरेकी थिएँ ।

यो समाजको विभेदलाई कम गर्नुपर्छ भनेर केही समय विद्यालयमा पढाएँ । त्यहाँ दलित समुदायका बालबालिकाहरूले पढ्ने वातावरण बनोस् भन्ने चाहाना थियो । तर शिक्षक भईरहँदा पनि विभेद कम थिएनन् दलित शिक्षकले खानेपानी, खाजा खाने ठाउँ नै फरक थियो । यी र यस्तै व्यवहार विरुद्ध आवाज उठाउनु पर्छ भन्ने भावनाले नै मलाई समाजमा स्थापित गराएको हो । सानै उमेरबाट भोगेको जातिय विभेद कम हुनुपर्छ भन्ने लागि रह्यो । मनमा यस्तै कुराहरू संगाल्दै म २०५५ सालमा गाउँबाट बुटवल झरेको हुँ । यहाँ आएर क्यापस पढ्दै दलित महिला संघमा काम गर्ने अवसर रह्यो । यहाँबाट धेरै कुराहरू सिकाई भयो । सिकाईले नै आज यहाँ सम्म ल्याएको छ । पछिल्लो समयमा पनि महिला त्यसमाथि पनि दलितहरूको अवस्था पिडादायी नै छ । पहिले भन्दा केहि सुधार भए पनि समस्या धेरैे छन् । उनीहरू समस्या लिएर म कहाँ आउँछन् । समस्या समाधानको बाटो देखाईदिने काम गरेको छु । यसो गरेर उनीहरूको पीडामा मलम लगाउन पाउँदा आत्मसन्तुष्टी मिल्छ ।

मनु भन्छिन्–‘हामीले जस्तो दुव्र्यवहार त पछिल्लो पुस्ताले कम खेपेको छ । आज त कानुन छ । कानुनी उपचारमा जान सक्ने बाटाहरू छन् । नजिकैमा स्थानीय तह छ प्रहरीकोमा उजुरी गर्ने वातावरण बनेको छ । यसका लागि पनि थुप्रै लडाइँहरू भए । पहिले त यसरी उजुरी गर्ने भन्ने पनि थिएन । जसले जस्तो व्यवहार गरे पनि सहनुको विकल्प थिएन । त्यहि सहन नसकेर कति धेरै दलितका छोराछोरीहरूले पढ्न गएनन् । हाम्रा पालामा जात नै काटेर नाम बोलाउने यो तल्लो जातले पढेर के गर्छ भनेर हेप्ने समय थियो । तर मलाई सानैबाट किन यस्तो व्यवहार गरेको होला भन्ने लाग्दथ्यो । म पनि पढेर केहि गर्न सक्छु भन्ने अटोठ थियो । म त विभेद विरुद्ध लडेर पढेको हँु । त्यसबेला गरिव दलित भनेको खाली अरूको काम गर्ने र उनीहरूको अनुकुलमा बस्ने भन्ने मात्र थियो । मेरो लडाइँ सबै बराबर हुनुपर्छ भन्ने थियो । तर आज सम्म आई पुग्दा कति गरे पनि थाहा छैन  ।’

आजको समयमा पनि महिला भएकै कारणले आफ्नै घरपरिवार श्रीमानबाट हिंसामा खेप्नु पर्ने आफूले मनले चाहेको काम गर्न पनि परिवारको अनुमति चाहिने यस्तै यस्तै समाजको रितिरिवाजले गर्दा पनि मलाई परिवार बनाउन मन लागेन । समाजमा केही गर्नु छ दलितको छोरी भएकै कारण मैले केही गर्न नसक्ने त होईन नी भन्ने भावनाले सधै मलाई महिलाहरूको क्षेत्रमा काम गर्न हौसला दियो । यो काममा मेरो दिदी बहिनीको पुरा साथ छ ।

मनु भन्छिन्–‘सानैमा आमा बित्नु भयो दाई भाउजु र दिदीहरूको छत्रछायाँमा हुर्किएँ । आज पनि दिदीहरू नै अभिभावक हुन् । मलाई समाजमा अहिले पनि विभिन्न बहानामा पीडामा परेका दिदी बहिनीहरूलाई हौसला दिएर जीवनलाई आफूले चाहे जस्तो तरिका बताउनका लागि उत्प्रेरित गर्न पाउँदा खुशी लाग्छ । हिजो दलितकी छोरी पढेर के गर्ला भन्ने समुदायका मानिसहरूले समस्या समाधानका लागि पहल गरिदिन प¥यो भन्छन् यतिबेला मैले केही थोरै भए पनि समाजका लागि गरेको रहिछु भन्ने आभास हुन्छ । म विभिन्न महिला र दलित सघ संगठनमा रहेर काम गरेको छु । अरू केहि गर्न नसकेको पनि हिंसामा परेका महिलाहरूलाई कानुनी उपचारका लागि सहजीकरण गर्न पाउला पनि मनमा शान्ति मिल्छ ।

हिजो समाजले गरेको अन्याय विरुद्ध बोल्ने साहास गरे त्यसैले पनि होला आज समाजमा एउटा पहिचान बने जस्तो लाग्छ । हिजोको जस्तो सामाजिक रूपमा विभेद नभए पनि अझै सुधार गर्नु पर्ने धेरै पाटाहरू छन् । त्यसमध्ये महिला आर्थिक रूपमा सबल हुन आवश्यक छ । महिला दिदी बहिनीहरू आर्थिक रूपमा बलियो बन्न सक्ने हो धेरै हिंसाहरू कम हुन्छ । अहिले पनि जो महिला शिक्षाको पहुँच भन्दा पछाडि आर्थिक रूपमा कमजोर छन् उनीहरूलाई धेरै प्रकारका समस्यामा परिरहेका छन् । त्यसका लागि सामाजिक संघ संस्थाले मात्रै गरेर हुँदैन सरकारले बलियो नीति बनाएर लागू गर्नुपर्ने अवस्था छ । तर यहाँ त भएका नीतिहरू पनि कार्यान्वयनमा समस्यामा छन् । अब त्यसका लागि काम गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?