ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सिंचाइले छायो गाउँभरि खुसी

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

सल्यान, १ साउन । दुई आर्थिक वर्षमा सम्पन्न भएको जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसानहरू खुसी भएका छन् । वडा नं. ५ स्थित काप्रेचौर जरेखोली सिंचाई आयोजना सम्पन्न भएसंगै किसानहरूमा खुसी छाएको हो । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्नेगरी सम्पन्न आयोजनाले ६५ घरधुरीका किसानलाई प्रतयक्ष रूपमा लाभ प्रदान गरेको छ । छत्रेश्वरी गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रम, दोश्रो चरणको साझेदारीमा साढे ९१ लाख बढीको लागतमा काप्रेचौरमा सिंचाई आयोजना सम्पन्न भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । सुन्तला लगाएतका फलफूल, तरकारी, अन्नवाली तथा स्थानीय कृषि उत्पादन बृद्धिका लागि महत्वपूर्ण टेवा पुर्याउने यस आयोजनाको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले आइतबार उद्घाटन गरे । उद्घाटन अवसरमा स्थानीय उपभोक्ताहरूले काप्रेचौरमा मौलिक कला संस्कृतीको प्रदर्शन संगै खुसीयाली मनाएका थिए ।

आफ्नो क्षेत्रमा सुन्तला, तरकारी खेतीको राम्रो सम्भावना रहेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष निमा बुढाले यती ठूलो योजना सम्पन्न भएपछि गाउँभरी खुसीयाली छाएको बताइन् । यस्तै निर्माण समितिका कोषाध्यक्ष गिता कवर मगरले विगतमा सानो पानीको श्रोतबाट थोरै थोरै तरकारी खेती गर्नेगरेको तर सुन्तला, अन्य फलफूल र तरकारी खेतीका लागि समस्या हुनेगरेकोमा वृहत सिंचाइ आयोजना सम्पन्न भएपछि आफूहरूलाई हौसला मिलेको बताइन् ।

आयोजनाले जलवायु परिवर्तनको असरबाट समस्यामा परेका किसानहरूलाई सिंचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । समयमै बाली लगाउन, खडेरीमा समेत सिंचाई गर्न र किसानहरूको आर्थिक अवस्थालाई माथि उठाउनका लागि वृहत सिंचाइ आयोजनाले फाइदा पुर्याउने गाउँपालिका अध्यक्ष बुढाथोकीको विश्वास छ ।

आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएर चालु आर्थिक वर्षमा सम्पन्न योजना अन्तर्गत ७० घनमिटरका दुईवटा सिंचाइ पोखरी निर्माण भएका छन् । ४ हजार ५०० मिटर पाइपलाइनमार्फत करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याइएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला कोअर्डिनेटर तारा प्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रमको ७८ लाख ३३ हजार अनुदान तथा १३ लाख ३२ हजार ८८७ रूपैयाँको जनश्रमदान गरेर ९१ लाख ६५ लाख ८८७ रूपैयाँ लगानीमा सिंचाइ आयोजना सम्पन्न भएको उनले जनाए ।

बाँझो जमिनमा सिंचाइ सुविधा पुगेपछि आधुनिक र व्यवसायिक रूपमा कृषिलाई अगाडि बढाउन सजिलो हुने छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको भनाइ छ । सुन्तला र टिमुर खेतीको पकेट क्षेत्रको रूपमा रहेको काप्रेचौर क्षेत्रमा अवदेखि आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था अन्त्य भइ आवश्यकता अनुसार बाह्रै महिना र २४ सै घण्टा सिंचाइ गर्न सकिने भएको छ । ‘जलवायु परिवर्तनको असरबाट जोखिममा परेका किसानलाई काप्रेचौर जरेखोली सिंचाइ आयोजनाले निकै ठूलो सहयोग पुर्याएको छ’, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला कोअर्डिनेटर आचार्य भन्छन्, ‘उपभोक्ताहरूले आयोजनाको सामान्य मर्मत सम्भार, रेखदेख र संरक्षण गरेमा कम्तीमा पनि ३० वर्षसम्म यस आयोजनाले फाइदा पुर्याउने देखिन्छ ।’

उद्घाटन कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तिला घर्ती, स्थानीय उपभोक्ताहरू डिल्ली प्रसाद आचार्य, तुलसीराम भण्डारी, पूर्ण बहादुर बुढा लगाएतले सिंचाइ आयोजनाले कृषिको माध्यमबाट जिविकोपार्जनमा सुधार हुने अपेक्षा राखेका थिए । सो अवसरमा पोखरी निर्माणका लागि जग्गा उपलब्ध गराउने महिन्द्री कुमारी घर्ती र देव बहादुर घर्तीलाई सम्मान गरिएको थियो ।

स्थानीय तहहरूको साझेदारीमा बेलायत सरकारको आर्थिक सहयोग, मोट म्याक्डोनाल्डको प्राविधिक सहयोग र नेपाल सरकार वन तथा वातारण मन्त्रालयद्वारा सल्यानका ४ स्थानीय तहमा नेपाल जलवायु सहयोग कार्यक्रम दोश्रो चरण सञ्चालन भएको छ । छत्रेश्वरी गाउँपालिकासंगै जिल्लाको शारदा र बागचौर नगरपालिका तथा कुमाख गाउँपालिकामा नेपाल जलवायु सहयोग कार्यक्रम अन्तर्गत विभिन्न योजना र कार्यक्रम सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?