ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
मुख्य समाचार

सादगीपूर्ण राजनीतिका पर्याय रवीन्द्रनाथः जो हेभिवेट नेतासँग चुनाव लड्दैछन्

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

कपिलवस्तु, १ कात्तिक ।

असोज ३१ गते सोमबार साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौलीमा भेटिए जिल्लामा सादगीपुर्ण राजनीति गर्दै आएका नेता रवीन्द्रनाथ मिश्र । पुरानो साईकलमा चुनाव प्रचारको सामग्री लिएर उनी तौलिहवाबाट फर्किदै थिए । क्यान्सर, पार्किन्स र अल्जाईमर जस्ता घातक रोगलाई जितेका ६४ वर्षीय मिश्रसँग ७ किलोमिटरको साईकल यात्रामा न कोही नेता साथ थिए न त कुनै कार्यकर्ता नै । उनीसँग साथ थियो त केवल राजनीतिप्रतिको त्याग र निष्ठा । “तौलिहवाबाट प्रचार सामग्री बनाएर ल्याएको छु, त्यो पनि आफ्नै चुनाव चिन्हमा राखेर” उनले ठट्यौली पारामा भने ।

कपिलवस्तु जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन मिश्र । उनीसँग मधेसी जनताको अधिकारका लागि लामो राजनीति गरेको अनुभव छ । उनको निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल (बलदेव) र एमालेका नेता बलराम अधिकारी जस्ता हेभीवेटका नेता चुनावी प्रतिष्पर्धामा छन ।

सो निर्वाचन क्षेत्रमा १७ दलका उम्मेदवार र चारजना स्वतन्त्र गरी २१ जना चुनाव लड्दै छन । चुनाव लडेका सबै जसो उम्मेदवार सवारी साधनमा प्रचार प्रसारमा व्यस्त हुदाँ मिश्र संभव भए सम्म साईकल र कहिलेकाही मोटरसाईकलमा बसेर प्रचार प्रसारका लागि हिंड्ने गरेका छन । यसपटक चुनाव लड्नकै लागि उनले ५ कठ्ठा खेत बेचेर केहि खर्चको जोहो गरेका छन् ।

राजनीति शास्त्र र अर्थशास्त्र बिषय लिएर स्नातक तह सम्मको अध्ययन गरेका उनले पञ्चायतको आतंक विरुद्ध २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा लागे । २०४७ सालमा नेपाल सदभावना पार्टीका सदस्य बनेका उनले तत्कालै कपिलवस्तु जिल्लामा प्रचारमन्त्रीको भूमिका पाए । सो लगत्तै २०४८ सालको निर्वाचनमा तत्कालीन कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा उनी नेपाल सदभावना पार्टीको उम्मेदवार बने । सो निर्वाचनमा काँग्रेसका दिप कुमार उपाध्यायले जित्दा, राप्रपाका भगवानदास गुप्ता दोस्रो बने । पार्टीमा स्वर्गीय गजेन्द्र नारायण सिंह अध्यक्ष भएका बेला उनी केन्द्रीय सदस्य तथा संसदीय समितिको सचिव बने ।

२०५४ मा पार्टीको जिल्ला अध्यक्ष बनेका मिश्र २०५३ सालमा जिल्ला विकास समिति कपिलवस्तुमा ईलाका नम्बर ६ को सदस्य निर्वाचित भैसकेका थिए । श्याम सुन्दर गुप्ता केन्द्रीय अध्यक्ष रहेका बेला मिश्र पार्टीको केन्द्रीय सहमहामन्त्री बने । सोही समय उनले आर्थिक उत्पादकत्व विकास केन्द्रको राष्ट्रिय अध्यक्षको नियुक्ती खाए । तर सवारी सहितका लाभको सुविधा उनले लिन मानेनन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेपाल सदभावना पार्टीबाटै उनले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य पदमा लडे पनि उनले चुनाव जितेनन् । अहिले उनी लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य छ्न् । प्रतिष्पर्धी उम्मेदवारमा चुनावी प्रचार प्रसार सवारी साधन र तड्क भड्कपूर्ण छ तपाईको प्रचार प्रसार कस्तो छ ? भन्ने टुडेकर्मीको प्रश्नमा उनले भने “साईकल र मोटरसाईकलमा हिडेरै आधा निर्वाचन क्षेत्रमा पुगेको छु । आधामा जान बाँकी छ । तड्क भड्क गर्ने नेताप्रति जनता नकारात्मक छन ।” आफुलाई मत दिन नसक्ने मतदाताले पनि आफ्नो राजनीतिक निष्ठा देखेर सहानुभुती राख्ने गरेको उनको अनुभुती छ । “राजनीति सेवा हो । मलाई राजनीति गरेकोमा कहिल्यै हिनताबोधको अनुभूति भएको छैन”– उनले भने ।

उनको परिवारमा एक श्रीमती, एक छोरा र छ जना छोरी छन् । पछिल्लो समय बिरासतको राजनीति र घरायसी राजनीतिले प्राथमिकता पाएको छ । तर उनको परिवारका कोही सदस्य राजनीतिमा जोडिएका छैनन् । “निष्ठाको राजनीति कष्टकर छ । मेरो अवस्था देखेर परिवारका कुनै सदस्य राजनीतिमा जोडिन चाहेनन्”– मिश्रले भने । आफुले निष्ठाको राजनीति गर्दा कष्टकर अवस्थामा भए पनि राजनीतिमा युवा पुस्ताको भविष्य देखेका उनले युवालाई नैतिकताको पक्षमा रहन आग्रह गर्दै आएका छन् । मधेशी, उत्पीडित र अल्पसंख्यकका पक्षमा निरन्तर आवाज उठाउन पाएकोमा आफुलाई सन्तुष्टी लाग्ने गरेको उनले अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?