ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

कर्णालीमा बढ्दै लागुऔषधको कारोवार

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

सुर्खेत, ११ असार ।

कर्णाली प्रदेशमा लागुऔषध कारोबार बढ्दो क्रममा रहेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार वर्सेनि कारोबार गर्नेहरु बढेको पाइएको हो । पछिल्लो चार वर्षको अवधिमा भण्डै चार सयवटा लागुऔषधका मुद्दाहरु दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार पछिल्लो चार वर्षको अवधिमा तीन सय ८७ वटा लागुऔषध कारोवार सम्बन्धीका मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ६ सय ७२ जना पक्राउ परेका छन् । जसमध्ये ४५ जना महिला रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ८४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका थिए । उक्त वर्ष एक सय २१ पुरुष र १५ महिला पक्राउ परेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा ९५ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ६४ पुरुष र आठ महिलापक्राउ परेका थिए । आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भए । उक्त वर्षमा एक सय ९९ पुरुष र १६ जना महिला पक्राउ परेको प्रदेश प्रहरी कार्यालय सुर्खेको तथ्यांकमा उल्लेख छ ।

प्रदेशभर चालु आर्थिक वर्षको हालसम्म ९४ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका छन् । जसमा एक सय ४३ पुरुष र ६ जना महिला पक्राउ परेका छन् ।

लागुऔषधको कारोबारमा विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ । गरिवी, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, छिटो पैसा कमाउने चाहना लगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि उतैबाट बोकेर ल्याउने गरेका छन् । खासगरी भारतीय सिमा नाकाहरुबाट यसको कारोबार हुने गरेको पाइएको छ ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन् । वीरेन्द्रनगरमा लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाई छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी वीरबहादुर ओलीले साथीहरुको लहैलहैमा लागेर युवाहरु यसको लतमा लाग्ने गरेको पाइएको बताए । उनले यसको नियन्त्रण गर्न चुनौती रहेको बताए ।

‘पहिले सुर्खेत तथा वीरेन्द्रनगरका आसपासमा मात्र कारोबार गरिएको भेटिन्थ्यो भने आजभोली प्रदेशका सबै जिल्लामा यो भेटिएको छ’ उनले भने, ‘यसको प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको छ ।’ पछिल्लो समय फेसन जस्तो रुपमा अगाडी बढेको उनले बताए ।

‘पारिवारिक तनाव, आर्थिक समस्या र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेको पाइएको छ,’ एसपी ओलीले भने, ‘प्रयोगकर्तालाई नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गरेका छौं र जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौ ।’

लागुऔषधमा फस्न सक्ने सम्भावना खासगरी ८ देखि १२ कक्षाका बढी हुने भएकाले पनि यसमा प्रहरीले विशेष जोड दिँदै आएको छ । लागु औषधका कारण समाजमा अन्य आपराधिक घटनाहरु पनि हुनसक्ने भएकाले यस्ता आपराधिक गतिविधिका घटना बारेमा पनि सचेत हुनुपर्ने वलीको भनाई छ । लागुऔषधका साथै सामाजमा हुने आपराधिक घटना न्यूनिकरण गर्नको लागि कर्णालीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, लाल्टीन अभियानलगायतका अभियान सञ्चालन गरिरहेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषधको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । लागूऔषध कारोबारको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको पाइएको हो । पछिल्ला केहीवर्षको तथ्यांकले समेत सुर्खेतमा लागुऔषधको कारोबार बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?