ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

रेमिट्यान्स सदुपयोग गर्न बित्तीय साक्षरता कक्षा

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

कपिलवस्तु, ११ असार । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ महुवाकी अकालबुन निसाका श्रीमान सब्बिर मुसलमान १९ बर्ष बैदेशिक रोजगारी गरेर घर फर्किएका छन । उनले बिदेशबाट कमाएर पठाएको रेमिट्यान्सको रकम बचत गर्न अकालबुन धेरै नै सचेत छिन । श्रीमानले बिदेश हुँदा मासिक ३५/४० हजार बचत गरेर घर पठाउथें । अकालबुनले पनि फजुल खर्च कटौती गरि बचतलाई प्राथमिकता दिन्थिन । श्रीमानले पठाएको रकमले उनले चार छोरीलाई पढाईरहेकी छन । घर खर्च, बिद्युत, औषधी उपचार खर्च गरेर पनि उनले मासिक १० हजार रूपैयाँ बचत गर्ने योजना अनुसार काम गर्दै आएकी थिईन । श्रीमानले कतारको गर्मीमा दुःख गरेको सम्झिएर उनले यता १४ कठ्ठा जग्गामा पोखरी खनेर माछा पालन, कुखुरा पालन र घरमा खुद्रा पसल र कस्मेटिक पसल सञ्चालन गरेकी छन । जेठी छोरीले परिवार खर्च व्यवस्था गर्न कै लागि चिया खाजा पसल चलाएकी छन । “श्रीमानले विदेशबाट कमाएर पठाएको रकम बढि भन्दा बढि कसरी बचत गर्ने बिषय वित्तिय साक्षरता कक्षाबाट सिक्यौं । अहिले हामी आत्मनिर्भर भएका छौं । अब श्रीमानले गर्ने कमाई पुरै बचाउन सक्ने अवस्था छ ।” अकालबुनले भनिन । श्रीमानकै कमाई सदुपयोग गरेर छोरीहरूलाई उच्च शिक्षा दिएको उनले जानकारी दिईन । साक्षरता कक्षाले आफुहरूलाई आत्मनिर्भर र सक्षम बनाएको उनको बुझाई छ ।

सोहि गाउँकी प्रभावती मुराऊका छोरा पर्शुराम अहिले बैदेशिक रोजगारीमा साउदी अरबियामा छन । यस अघि ५ बर्ष मलेसिया, दुबई र कतार बसेका उनले अहिले मासिक ४० हजार हाराहारी बचत गरेर घर पठाउछन । छोराले बिदेशबाट पठाएको रकम बचाउन प्रभावती र उनका श्रीमान हरिलालले खेतबारीमा कडा मेहनत गर्छन । महुवा गाउँमै उनीहरूले तरकारी खेती गरेर बार्षिक १ लाख रूपैया बचत गर्ने गरेको अनुभव सुनाउछन । “हामी कहाँ नै यति गर्मी छ । छोराले यहाँ भन्दा बढि गर्मीमा दुखः सहेर कमाएको पैसा बचत गर्नु पर्छ भनेरै हामीले तरकारी खेती गरेर परिवार चलाउने र बचत गर्ने गरेका छौं,” प्रभावतीले भनिन ।

छोराले पठाएको पैसाले जग्गा खरिद गरेका उनीहरूले सो जग्गामा भवन बनाई पसल सञ्चालन गर्ने योजनामा छन । “छोराको दुःखको आर्जनलाई बचत गरेका छौं । उनका छोरा छोरीलाई पनि उचित शिक्षा दिएका छौं,” उनले थपिन । उनीहरू दुवै जस्तै वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी रहेकी कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरकी शिला यादवले तालिमले आफुलाई उद्यमशिल बन्न प्रेरित गरेको बताईन । शिलाका श्रीमान दिनेश २१ महिना यता वैदेशिक रोजगारीका लागि मलेशियामा छन । उनले त्यहाँबाट कमाएर मासिक ४०÷४५ हजार रूपैयाँ सम्म घर पठाउछन । श्रीमानले बिदेशमा दुःख गरेर पठाएको रकमलाई सहि सदुपयोग गर्न शिलाले बजेट योजना बनाएकी छन । उनले छोराछोरीलाई शिक्षामा लगानी गर्नुका साथै श्रीमानको आम्दानी बचत गर्न तरकारी खेती गर्ने गरेकी छन । “श्रीमानले दुखः गरेर कमाएको पैसालाई बचत र सहित सदुपयोग गर्नु पर्छ भन्ने बिषय तालिमले सिकाएको छ । फजुल खर्च कटौती गरेर बचत गर्न ध्यान दिएकी छु ।” । शिलाले भनिन । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागीहरू अहिले फजुल खर्च कटाएर रेमिटान्सको रकम बचत गर्ने कार्यमा लागेका छन ।

नेपाल सरकार र स्विस सरकारको दुई पक्षिय सम्झौतामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितीगत अगुवाई, स्थानीय सरकारको सञ्चालन र हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा कपिलवस्तु जिल्लाका ५ वटा स्थानिय तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ । जिल्लाको कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा पछिल्लो चार बर्ष यता सञ्चालनमा रहेको सामी कार्यक्रम बुद्धभुमी नगरपालिकामा यसै आर्थिक बर्ष देखी सञ्चालनमा आएको छ ।
चालु आर्थिक बर्षको अबधीमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सुखरामपुर, ६ को थुम्हवा, ८ को कुवा गाउँ र ११ को रेहरामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालनमा छ । २१ हप्ता सम्म सातामा एक दिन दुई घण्टाका दरले २१ सत्रमा वित्तिय साक्षरताको कक्षा सञ्चालन हुने गरेको छ । यस बर्ष कपिलवस्तु नगरपालिकाको चार वडाका चार टोलमा १ सय ४ जना वैदेशिक रोजगारीमा रहेका व्यक्तिका आमा, श्रीमती र भाउजुहरूलाई सहभागी गरेर कक्षा सञ्चालन गरिएको सामी कार्यक्रम अन्र्तगत कपिलवस्तु नगरपालिकाकी बित्तिय साक्षरता सहजकर्ता कविता गौतमले जानकारी दिईन । कक्षामा सहभागीले वैदेशिक रोजगारीको आम्दानीको फजुल खर्च कटाएर बचत गर्ने तथा खर्चको दैनिक बिवरण राख्ने गरेको उनले जानकारी दिईन । कार्यक्रम सञ्चालित पाँच वटा पालिकामा यस बर्ष ५ सय ८ जना वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागी भएको सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुभास रेग्मीले जानकारी दिए । कक्षामा सहभागी सो संख्या मध्य १ सय १० जनाको व्यवहार परिर्वतन भै वित्तिय संस्थामा पहुँच पुगेको, २ सय ८२ जनामा बचत बृद्धि भएको, ४५ जनाले नयाँ व्यवसाय शुरु गरेका र २ सय ९० जनाले दैनिक आम्दानी खर्चको लेखाजोखा राख्ने गरेको रेग्मी बताउछन । सामी कार्यक्रमको पाँच वटा क्षेत्र मध्य बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको सकारात्मक प्रभावहरू देखिएको जिल्ला फोकलपर्सन तथा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । “रेमिटान्स रकमको फजुल खर्च नगर्ने र बचत गर्ने बानीको बिकास गर्ने सिप वित्तिय साक्षरता कक्षा बाट सिकाईएको छ । बिगतमा कक्षामा सहभागी भएकाले बचत गर्ने, खर्च कटौती गर्ने र रेमिटान्सको सहि ठाँउमा सदुपयोग गर्ने गरेको भेटेका छौं ।” ज्ञवालीले भने ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार लक्षित साक्षरता कक्षामा आम्दानी व्यवस्थापन, पुजी निर्माणको सिप, आम्दानी, खर्च, बजेट, बिमा, बचत, ऋण र बिप्रेषण बारे जानकारी दिने गरिएको छ । सत्रमा बित्तिय साक्षरताले सम्पन्नता, परिवार व्यवस्थापन, बालबालिकाको भविष्य, व्यवस्थित परिवार निर्माण बिधि, वित्तिय लक्ष्य निर्धारण, वित्तिय अभ्यास, बजेटको परिचय र महत्व, पारिवारिक बजेट निर्माण, सुरक्षित बिप्रेषण, वैदेशिक रोजगार र घरेलु हिंसा, बचतको परिचय र महत्व, बचत गर्ने तरिका, उद्यम र उद्यमशिलता, व्यवसाय छनौट र प्रक्रिया, व्यवसायीक योजनाको अभ्यास, लान्छना र भेदभाव, ऋण व्यवस्थापन, जोखिम, सुचना प्रबिधी र बिद्युतिय कारोबार तथा सुखी भविष्यका लागि वित्तिय अनुसाशन बारे प्रशिक्षित गराउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?