ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

छत्रेश्वरीको स्थायी केन्द्र भोटेचौर

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

सल्यान, १० असार । सल्यानको छत्रेश्वरी गाउँपालिकाको स्थायी केन्द्र टुंगो लागेको छ । हाल रहेको अस्थायी केन्द्र भोटेचौरलाई सर्वसम्मत रूपमा आइतबार सम्पन्न १६ औँ गाउँसभाले छत्रेश्वरी गाउँपालिकाको स्थायी केन्द्रको रूपमा तोकेको हो । निरन्तरको छलफल र सबै जनप्रतिनिधीहरूको सहमति पश्चात गाउँसभाले सर्वसम्मत रूपमा गाउँपालिकाको स्थायी केन्द्र भोटेचौरलाई तोक्दै आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेट पनि पारित गरेको हो ।

नागरिक सक्रियतामा एकताबद्ध, आर्थिक रूपले सक्षम, सुरक्षित र सुशासनयुक्त गाउँपालिकाको रूपमा विकास गर्ने लक्ष्य सहित गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम र बजेट पेश तथा पारित गरेको छ । गाउँसभामा आगामी लागी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले नीति तथा कार्यक्रम पेश गरेका हुन् भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुमानित बजेट पेश गरेकी हुन् । “दिगो विकास र सुशासनको लहर, छत्रेश्वरी वासीको रहर” को परिकल्पनालाई साकार पार्न स्थानीय तहको अधिकारको उपयोग गर्दै र छत्रेश्वरी गाउँपालिकाको पहिचानलाई अभिवृद्धि गर्दै “म बनाउछु मेरो छत्रेश्वरी” अभियान मार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले ४९ करोड १७ लाख २८ हजार रूपैयाँको बजेट ल्याएको हो । उपाध्यक्ष खत्रीले पेश गरेको बजेटमा चालु तर्फ ३४ करोड ५५ लाख ३५ हजार रूपैयाँ रहेको छ भने पुँजीगत तर्फ १४ करोड ६१ लाख ९३ हजार रूपैयाँ रहेको छ ।
कृषि विकास, पशु सेवा तथा सिंचाई, पर्यटन प्रवद्र्धन तथा कला संस्कृती संरक्षण, खानेपानी, सरसफाइ, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य तथा आयुर्वेद सेवा, पूर्वाधार तथा यातायात, महामारी, विपद व्यवस्थापन तथा वन, वातावरणका क्षेत्रमा काम गर्नेगरी गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले पेश गरेको नीति तथा कार्यक्रममा लैंगिक समानता, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण, सहकारी तथा उद्यम विकास र गरिवी निवारण, श्रम तथा रोजगार, राजस्व प्रशासन तथा प्रवद्र्धन, गाउँ प्रहरी, सूचना प्रविधि, सुशासन तथा सेवा प्रवाह, आन्तरिक लेखा परिक्षण तथा जीन्सी व्यवस्थापन र कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रलाई समावेश गर्दै विभिन्न योजना, क्रियाकलाप तथा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

धार्मीक तथा पर्यटकीय रूपमा महत्वपूर्ण गन्तव्यको रूपमा रहेको छत्रेश्वरी गाउँपालिकामा पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको आधार स्तम्भका रूपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पु¥याउने नीति लिइएको छ । गाउँपालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा भन्ने मुल नाराका साथ खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्न बैदेशिक दातृनिकाय, संघसंस्था तथा परियोजनाहरूसंगको सहकार्य र साझेदारीलाई बढाउँदै लैजाने छत्रेश्वरीको नीतिमा उल्लेख छ ।

स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक छपाई सहित पठनपाठनमा प्रयोगमा ल्याउने, विद्यालय क्षेत्र सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, खेलकुदका क्रियाकलापलाई संस्थागत रूपमा सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरूको आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन संगै कायम भएको स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औषधि, उपकरण, जनशक्ति र सुविधाको प्रवन्ध मिलाउने तथा आयुर्वेद उपचार पद्धतीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको छ ।

पूर्वाधार र यातायात क्षेत्रमा गुणस्तरिय र दिगो विकास गर्ने तथा जताततै सडकको ट्रयाक खोल्दा वातावरणमा नकारात्मक असर पर्ने भएकाले त्यस कार्यलाई निरुत्साहित गर्ने छत्रेश्वरीको आगामी नीति रहेको छ भने गाउँपालिका भित्र सम्भावित विपदको पूर्व जानकारी गराउने तथा उद्धार, राहत, पुनस्र्थापना र विकासका लागि विपद जोखिम न्युनिकरण योजना तयार गरी लागु गर्ने र जनचेतनाका कार्यहरू सञ्चालन गरी नागरिकलाई विपद्का समयमा आफैं जोगिन र सुरक्षित रहन सक्षम बनाइने उल्लेख छ ।

लैंगिक उत्तरदायी तथा अपाङ्गता समाबेशी बजेट व्यवस्थापन गर्ने देखि असहाय, जोखिममा परेका, सामाजिक र पारिवारिक वहिस्कारमा परेका तथा विपन्न वर्गका व्यक्तिहरूलाई न्यूनतम रोजगारमा समावेश्वरीको नीति रहेको छ । विकास निर्माण एवम् सेवा प्रवाहसँग सम्वन्धित गतिविधि तथा क्रियाकलापहरूलाई नागरिक समक्ष तत्काल सम्प्रेषण गर्न सूचना प्रविधिको उपयोग गर्ने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्ट्राचारमा शून्य सहनशिलता अनुशरण गर्ने तथा गाउँपालिकाले निर्माण गर्ने कानुन, नियम, मापदण्ड, कार्यविधिलाई मिडियामैत्री बनाउने पनि प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

न्यायीक समितिको प्रभावकारीतालाई बढाउने, स्थानीय तहमा कानून तर्जुमा र कार्यान्वयन गर्दा मानव अधिकार संरक्षण, सम्वद्र्धन र विकासलाई प्राथमिकता दिने लगाएतका विषयहरूलाई समेटिएको छत्रेश्वरी गाउँपालिकाको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको हाल सम्मको प्रगति समिक्षा पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?