ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

‘सिमानाका छोरी’ रक्षा–कराँते

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

कपिलवस्तु, ८ असार
जिल्लाको सदरमुकाम जोडिएको सिमावर्ति पालिका हो यशोधरा । सोहि गाउँपालिकाको वडा नम्बर ५ बैदौलीमा रहेको अनिरुद्ध पब्लिक मा.बि.मा कक्षा ८ मा अध्ययनरत छात्रा अन्जु यादव अहिले बिद्यालयमा दैनिक कराँते तालिममा सक्रिय सहभागीता जनाउँछिन ।
बिहान ६ बजेदेखि ८ बजेसम्म तालिम लिनु उनको दिनचर्या जस्तै बनेको छ । प्रमुख प्रशिक्षक हेमन्त श्रेष्ठले सिकाउने आत्मरक्षाका सिप र कराँते खेल्न उनी पोख्त हुन थालेकी छन । मधेसी समुदायकी उनलाई शुरुमा नौलो लागेको तालिम अहिले रमाईलो लाग्न थालेको छ । घरबाट बिद्यालयसम्मको पढाई पछि पुनः घर फर्किएर परिवारलाई घरायसी काममा सघाउनु उनको दिनचर्या थियो । त्यहि दिनचर्यामा अहिले तिन महिने सो तालिम पनि थपिएको छ । तालिमले आफूमा आत्मबिश्वास बढेको उनको बुझाई छ । “हामीले आत्मरक्षाका १० वटा तरिका सिकेका छौं । मलाई कसैले अनुचित ढंगले आक्रमण गर्ने वा समात्ने प्रयास गरे प्रतिकार गर्न सक्षम भएकी छु ।” अन्जु भन्छिन ।

उनी जस्तै तालिममा सहभागी कक्षा १० मा अध्ययनरत छात्रा मानसी चौधरीले पनि तालिमले आफुहरूमा आत्म बिश्वास बढेको बताउँछिन । “अहिले हामी सामुदायिक माध्यमिक तहमा पढेका छौं । भोली तौलिहवाको कलेजमा बिहानी कक्षामा पढ्न जानु पर्छ । त्यति बेला आई पर्ने जोखिमको प्रतिकार गर्न यो तालिमको सिपले धेरै सहयोग मिल्ने छ,” चौधरीले भनिन । तालिमले आत्मरक्षा सम्बन्धि सिप मात्रै नभई शारीरिक र मानसिक स्वास्थ्य बलियो बनाउन समेत सहयोग पुगेको उनले बताईन । बिद्यार्थी जिवन मात्रै नभई पारिवारिक जिवनमा समेत भविष्यमा आफूहरू माथी कुनै हिंसा हुने अवस्था आए आफूहरू प्रतिकारमा उत्रिएर सुरक्षित हुन सहयोग मिल्ने उनको बुझाई छ ।

तालिममा कुनै व्यक्तिले पछाडीबाट समातेमा, कपाल तानेमा, हात समातेमा, घाँटी समातेमा कसरी छेक्ने, फुत्किने कहाँ हानेर प्रतिकार गर्ने भन्ने अभ्यास गराईएको हो । पछाडीबाट समाते कुहिनाले कोखामा हान्ने, सामुन्ने आएमा छाती र घाँटीमा हानेर भाग्ने, पन्जलाई ब्लक गरि किक हान्ने, झोला समातेमा झोला छोडेर भाग्ने, हात समात्न खोजे एउटा औला समातेर मर्काउने, आफूसँग भएको कलम, पिन, काटा, बेल्टको प्रयोग गरि तत्कालै प्रतिकार गर्ने सहितका दशवटा सिप सिकेको तालिममा सहभागी छात्राहरूले बताए । मधेसी समुदायका किशोरी र छात्राहरूको सामाजिक अवस्था कमजोर भएका कारण उनीहरूमा रहेको जोखिमको दायरा घटाउन तालिमले सहयोग पुग्ने तालिमका प्रमुख प्रशिक्षक हेमन्त श्रेष्ठले बताए ।
आत्मरक्षासँगै कराँते खेल अन्र्तगत मुठ्ठि बनाउने, पन्च हान्ने र किक हान्ने सिप सिकाईएको उनले बताए । तालिमका कारण छात्राहरूको मानसिक र शारिरीक स्वास्थ्यको बिकास हुने, पाचन प्रणाली सुदृढ हुने र नियमित अभ्यासका कारण खेल सिपको बिकास हुने श्रेष्ठले बताए । “जिल्लाको दक्षिण क्षेत्रमा मधेसी किशोरीका लागि पहिलो पटक यो तालिम आयोजना भएको छ । यसले छात्राले आफ्नो सुरक्षा सगै बिवाह पश्चात आफु माथी हुने जुन सुकै हिंसाको प्रतिकार गर्न पनि सक्षम हुनेछन ।” । उनले भने ।

समाजमा हुने शारिरीक, मानसिक र यौनजन्य हिंसाको प्रतिकारका लागि ३० जना छात्राहरूलाई सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तुको आयोजनामा ३ महिने आत्मरक्षा तथा कराँते तालिम सञ्चालन गरिएको हो । तालिममा आत्मरक्षा सम्बन्धी सिपको व्यवहारिक अभ्यास, जिवन रक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, उपलब्ध साधन र सामग्रीबाट कसरी प्रतिकार गरेर बच्ने भन्ने सिप सिकाईएको हो । चैत १४ देखि असार १४ गते सम्मका लागि सञ्चालनमा रहेको तालिममा प्रमुख प्रशिक्षक श्रेष्ठ तथा सहायक प्रशिक्षक स्वम्या श्रेष्ठले प्रशिक्षण दिँदै आएका छन ।
तालिममा आफ्ना बिद्यालयमा कक्षा ८ देखी १० सम्म अध्ययनतर ३० जना मधेसी समुदायका छात्रा सहभागी रहेको अनिरुद्ध पब्लिक माबिका प्राधानाध्यापक रमेश कुमार पाण्डेयले बताए । तालिमले छात्राहरूको आत्मबिश्वासमा बृद्धि भै सामाजिक बिकृती बिरुद्ध जागृत हुने उनले बताए । “तालिमले एकातिर छात्राहरू आफ्नो सुरक्षामा सक्षम हुन्छन भने अर्का तिर शारिरीक र मानसिक स्वास्थ्यको बिकासमा समेत सहयोग पुग्छ भन्ने बिश्वास छ ।” प्रअ पाण्डेयले भने ।

महिला र किशोरी माथी बढ्दो हिंसा न्युनिकरणमा सहयोग पुर्याउने उद्धेश्यका साथ किशोरी छात्राहरूको लागि आत्मरक्षा र कराँते तालिम सञ्चालन गरिएको सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रामकरण पालले जानकारी दिए । “तालिम पछि किशोरीहरू आफु माथी आई पर्ने जोखिमको प्रतिकार गर्न सक्षम हुनेछन । तालिमले उनीहरूलाई असल नागरिकको रूपमा स्थापित गरेर भविष्यमा राज्यका सुरक्षा निकायमा जानका लागी समेत मनोबल बढ्ने देखेको छु । ” प्रमुख पालले भने । तालिम कपिलवस्तुको अनिरुद्ध पब्लिक माबि सगै अर्घाखाँचीको ज्ञान प्रकाश माबिमा ३०÷३० जना छात्रालाई सहभागी गराई सञ्चालन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?