© २०२३
बुटवल, १ असार ।
जरुरी छैन कि हरेक पाठ किताबबाट मात्र सिकिन्छ ।
केहि पाठ जिन्दगी र समयले सिकाउने रहेछ ।
हो, पोखराका विष्णु नेपालीको जिवन पनि उक्त भनाइ मिल्छ ।
विश्व टेनिसमा रफाएल नडाल चर्चित नाम हो । टेनिस प्रोफेशनल्सको विश्व बरियतामा २०९ हप्तासम्म लगातार पहिलो नम्बरको बरियतामा रहन सफल र पाँच पटक वर्षको अन्त्य नम्बर १ को रूपमा समाप्त भएको उनको ईतिहास छ । नडालले कीर्तिमानी १४ फ्रेन्च ओपन उपाधि सहित २२ ग्रान्ड स्लाम पुरुष एकल उपाधि जितेका छन् । उनै नडाललाई आफनो आर्दश मान्ने पोखराका विष्णु नेपाली पनि लनटेनिसमा सर्मपित भएर लागेका छन ।
महङो र बिलासिताको खेल मानिने लनटेनिसमा एउटा आर्थिक रूपमा कमजोर नेपालीको पहुँच हुने धेरै टाढाको कुरा थियो । ज्याला मजदुरी गरेर घर चलाउने आमाले कहिलै कल्पना समेत गरेकी थिईनन । कान्छो छोराले एक दिन यही खेलबाट घर धान्ने छ भन्ने कुरा । परस्याङको लब्लि डाडामा रहेको विनोद कायस्थको लनटेनिस कोर्टको क्यान्टिनमा उनको आमाले काम गर्थिन । परिवारमा दुई छोरा, एक छोरी आफुलाई पाल्न आमा काममा खट्थिन । फुच्चे ८ वर्षको विष्णु आमासंगै काममा क्यान्टिनमा जान्थे । नजिकै कोर्टमा उनले खेल हेर्ने गर्थे । खेलाडीहरू कोर्टमा बल हान्दै जान्थे र जम्मा भएको बल उनै सानो विष्णुले उठाएर बकेटमा राख्थे । नियमित मैदानमा खेल हेर्दा हेर्दा उनीमा चासो बढ्यो ।
बल टिप्ने र जम्मा गर्ने बल ब्वायका रूपमा उनि त्यहा सहयोग गर्न लागे । बिस्तारै मैदान रेखदेख गर्थे । विष्णु कहिलेकाही ¥याकेट मागेर सर्भिस गर्थे । खेलका टेक्निक हेर्दै सिकेका उनको रुचि देखेर समाजसेवी राजु गुरुङले पहिलो पटक रयाकेट दिएको उनी स्मरण गर्छन । ‘मैले त्यो रयाकेट पाउदा निक्कै खुशी भए ।’—उनले सुनाए । यहिबाट उनको खेल यात्रा शुरु भयो । ‘मलाई समिर अंकलले जुत्ता गिफट दिनुभयो,’—उनी सम्झन्छन । विष्णुलाई लनटेनिसको भुत जाग्यो । उनी आठ वर्षसम्म निरन्तर कोर्टमा जाने बल टिप्ने र खाली हुदा खेल्ने गर्न लागे । यो अवधिमा उनि धेरै प्रतियोगितामा समेत भाग लिन थाले । उनको खेल टेक्निक ठ्याक्कै नडालको जस्तो थियो । उनि स्पिन तानेर खेल्थे ।
विश्वमा चर्चामा रहेको नडाल सबैको मन मुटुमा थिए । नडाल जस्तै खेल्ने विष्णुले नया नाम पाए, राफा । सर्भिस, भलि र फिटनेश लन टेनिसमा महत्व राख्ने उनि बताउछन । नडाललाई आदर्श खेलाडी मान्ने उनि निरन्तता र लगन सफलताको सुचक भएको ठान्छन । उनको स्ट्रेन्थका रूपमा फोर हेण्डलाई मान्छन । उनी धेरै खेल खेलेका छन । त्यसमध्ये माछापुच्छे« कपमा उनि सिगल क्वाटरफाईनल तथा आशिष खड्का र आयुष गुरुङसँग जोडी बनाउँदा डबल्समा सेमिफाईनल पुगेको बताउँछन । राष्ट्रिय खेलमा समेत धेरै पटक भाग लिएका छन ।
खेल खेल्दै उनले कोचको समेत आधारभुत तालिमहरू लिए । उनी पोखरामा ससाना बालबालिकाहरूलाई समेत खेल सिकाउन थाले । अनुभवकै कारण उनले सिकाएका जुनियर खेलाडीहरू उत्कृष्ट नतिजा ल्याउन सफल भए । पोखरामा यु—९ हुदै अहिले यु —१४ खेल्ने साल्बि शेरचन, स्पन्दन उदास जो यु—१२ दोस्रो रेकिङमा छन । भने सन्दिप बिक अहिले यु—१४ मा नम्बर वन छन ।
पछिल्लो डेढ वर्ष देखि उनि बुटवलको देविनगर लनटेनिस कम्प्लेक्समा प्रशिक्षण गराउँदै आएका छ । युवा र भेट्रान्स खेलाडीहरू उनी लनटेनिसको आधारभुत देखी विभिन्न कलाहरू सिकाउँछन । रूपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली र बुटवलका खेलाडीहरूले उनको खुबीलाई पहिचान गरि बुटवलमा ल्याएको हुन । ‘आउदो फागुनसम्मलाई एग्रिमेन्ट छ ।’—उनले भने । लनटेनिस खेल खेल्न चाहने नया खेलाडीहरूलाई उनि निश्चित शुल्क लिएर खेल सिकाउछन । आधारभुत सिप जानेमा खेल खेल्न सहज हुने उनको अनुभव छ । उनि खेलाडीको क्षमता अनुसारको टेक्निक सिकाउन सिपालु छन । उनकै कारण बुटवलका निश्चल ज्ञवाली एशियन गेममा समेत खेल्न सफल भए । लनटेनिस खेल ब्यावसायिक बन्दा आफनो जिविका चलाउ समेत सफल भएको उनी बताउँछन । अहिले उनलाई माल्दिभ र काठमाडौंबाट समेत प्रशिक्षणका लागि अफर आएको उनि बताउछन । ‘अब लेभल वन गर्ने तयारीमा छु ।’—उनले भने । कोचको लागि प्ले टेनिसको आधारभुत लिएका उनि आफनो दक्षता बढाउन लागिरहेका छन ।
‘शुरुवात धेरै कठिनाई थियो अहिले जागिरबाट धेरै सहज भएको छ ।’—उनले भने । भाचिएको रयाकेटबाट खेल्न शुरु गरेको उनि स्मरण गर्छन । खेल खेलाएर नै उनले आफनो खेल सामग्री ग्रिप, स्ट्रिन्ट, राकेट किन्न र आमालाई थोरै रकम दिन सफल भएको उनी बताउँछन । आफनो यो खेल यात्रामा पोखराका लनटेनिस खेलाडी र सहयोगदाताहरूको सहयोगको सधै आभारी रहेको उनी बताउछन ।