© २०२३
भैरहवा। नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहासको पुर्ब अर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले बिमोचन गरेका छन ।
भैरहवामा नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गरेका हुन । रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेको नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
रुपन्देही जिल्ला कमिटीले ७२ औं बर्ष पूरा गरेको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका हुन ।
पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको ईतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अबधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिब २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसी सम्मको ब्यक्तिगत र पार्टीगत जिवनी समेत रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।