ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

पेय पदार्थको बिकल्प बन्ला त मोही !

नीजि क्षेत्रबाट पहिलो पटक ‘बुद्धभूमि’ मोही बजारमा आएको हो । जसको चर्चा देशभर छ । मोहीले स्वास्थ्यलाई त फाइदा गर्छ नै मोही सेवनबाट सितलता महसुस हुन्छ । तर बजारमा उपलब्ध पेय पदार्थमा रिफाइन सुगर, कार्बोनाइटेड वाटर र आर्टिफिसियल फेलेबरजस्ता स्वास्थ्यलाई हित नगर्ने तत्व हुने पोषणविद् बताउँछन् ।
२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

बुटवल, २१ जेठ । नेपाली पहाडी जिल्लामा घरमा गाई भैंसी पाल्ने किसानले घरमा जो कोही पनि आउँदा पहिलो स्वागतको रूपमा टक्राउने पेय बस्तु हो मोही । पहाडी जिल्लामा क्रमशः पशुपालन कम हुँदै जाँदा अहिले यो चलन बिस्तारै लोप हुने क्रममा छ । तराईका जिल्लाहरूमा पशुपालन हुने गरेको स्थानमा कहीँ कतै मोहीलाई बिक्री गर्ने गरेको पनि पाईन्छ । तर तराईका अधिकांस स्थानमा कुनै पनि पाहुना वा आगन्तुक आउँदामा घरमा चिसो पेय पदार्थ ‘कोल्ड ड्रिङ्क्स’ खुवाउने चलन छ ।

तर पछिल्लो समयमा ‘कोल्ड ड्रिङ्क्स’ को सट्टामा ‘मोही’ को प्रयोग हुनेक्रम बिस्तारै बढ्दै गएको हो । दुग्धजन्य पदार्थको रूपमा रहेको मोही स्वास्थ्यको लागि पनि लाभकर हुने गरेको कारण पछिल्लो समयमा उपभोक्ताहरूको महिप्रति आकर्षण समेत बढ्दै गएको छ । नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेश संयोजक रहेका थानेश्वर न्यौपानेले सञ्चालन गरेको बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यवसायिक मही उत्पादन सुरु गरेपछि पछिल्लो समयमा मोहीलाई ‘ब्रान्डिङ्ग’ गर्दै गइरहेको छ । ग्लोवल डेरीले गत बैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री गर्दै आएको छ । बुद्धभूमि र शिवराज नगरपालिकाबाट बिक्रीवितरण सुरु गरिएको मोही अहिले लुम्बिनी प्रदेशका भारतीय सीमावर्ती ६ जिल्लामा बजार विस्तार गरिएको अध्यक्ष न्यौपाने बताउँछन् ।

प्रदेशभरि पुयाएर मुलुकभर लैजाने लक्ष्य राखेको उनको भनाइ छ । बुद्ध जन्मस्थलको पहिचान स्थापित गर्न ‘बुद्धभूमि’ ब्रान्डमा मही उत्पादन सुरु गरिएको उनले जनाए । महीको उपभोक्ता मूल्य ५० रूपैयाँ तोकिएको छ । बोतल र स्टिकरमा मात्र १५ रूपैयाँ परेकाले उद्योगको प्रतिबोतल लागत ३८/४० रूपैयाँ रहेको सञ्चालक न्यौपानेको भनाई छ ।

महीको स्वच्छता र गुणस्तरमा ध्यान दिन फुड टेक्नोलोजिस्टको सिफारिसअनुसारको दही प्रयोग भइरहेको भैरहेको छ । ‘सुरुमा दही जमाउने दूधको फ्याट परीक्षण गरिन्छ । त्यसपछि दहीको अम्लीयपन र पीएच जाँच गरेर सेवनयोग्य दहीबाट मही बनाइन्छ,’ उनले भने, ‘दही र प्रशोधित पानी प्लन्जरमा मथेर टुटीबाट झारेर बोटलिङ गरिन्छ ।’ १२ बोतलको एउटा प्याक बनाएर प्रिजिङ गरेपछि मागअनुसार बजारमा पु¥याउने गरिएको छ । यो क्षेत्रमा नीजि क्षेत्रबाट पहिलो पटक ‘बुद्धभूमी’ मोहि बजारमा आएको हो । जसको चर्चा देशभर छ । खासगरी तरार्ईको चर्को गर्मीमा महि सेवनबाट सितलाता महसुस हुन्छ ।

बजारमा उपलब्ध पेय पदार्थमा रिफाइन सुगर, कार्बोनाइटेड वाटर र आर्टिफिसियल फेलेबरजस्ता स्वास्थ्यलाई हित नगर्ने तत्व हुने गरेको पोषणविद् बताउँछन् । तर, महीमा प्राकृतिक प्रोटिन र फ्याटको मात्रा पनि कम हुने भएकाले पाचन प्रणालीलाई धेरै राम्रो गर्ने उनीहरूको भनाइ छ । हाल ५० हजार लिटर दुध बिक्री गरिरहेका न्यौपानेले भविष्यमा धुलो (पाउडर) दूध उत्पादन र महीको उत्पादन बढाएर दैनिक १ लाख लिटर दुध व्यवस्थापन गर्ने योजना छ । ‘अहिले महीबाट मुनाफा कम होस्, बरु धेरैभन्दा धेरै ग्राहकसम्म पुर्याउने हाम्रो सोच छ,’ थानेश्वरले भने ।
नारायणी पूर्वमा ७ वटा पाउडर दूध उद्योग रहेका छन् । तर, नारायणी पश्चिममा एउटा पनि उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । ग्लोबल डेरी उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दूध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

देशको अर्थतन्त्रलाई चलाएमान हुने गरी थालिएका यस्ता उद्योगलाई राज्यले ‘सबसिटी’ दिनुपर्ने थानेश्वरको माग छ । तर, किसानको पक्षमा सरकारले कहिल्यै काम गर्न नसकेको उनी गुनासो गर्छन् । नीजि स्ततरबाट मही उत्पादन संगै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डिडिसी) लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले पनि महिको व्यवसायीक उत्पादन सुरु गरेको छ ।

विश्व दुध दिवसको अवसरमा लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले नयाँ स्वादमा महि उत्पादन गरी बजारमा ल्याएको हो । ५ सय एमएल को प्लाष्टिक प्याकेटमा सुरुवात भएको मही को उपभोक्ता बजार मुल्य ३५ रूपैयाँ राखीएको छ । डिडिसी लुम्बिनी वितरण आयोजना बुटवलका बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख ऐयुब अली खान का अनुसार विश्व दुध दिवसको अवसर पारेर नयाँ उत्पादन बजारमा ल्याइएको हो ।

यो भन्दा पहिला डिडिसीले लस्सी, फ्रेस मिल्क लगायतका नयाँ पोड्क्ट बजारमा ल्याएको थियो । यो पटक बजार माग अनुसार उपभोक्ताकोलागि स्वर्थबर्दद्धक समेत हुने ‘डिडिसी मही’ बजारमा ल्याइएको बजार व्यवस्थापन तथा विक्रि शाखा प्रमुख खानको भनाई रहेको छ । दैनिक ५ सय पोका मही उत्पादन हुँदै आएकोमा त्यसलाई विस्तार गर्दै लैजाने योजना रहेको रहेको छ । उनका अनुसार पहिलो दिन ५ सय, दोस्रो दिन ६ सय पोका (आधालिटर) को मही उत्पादन गरिएको छ ।

डिडिसीका डिलर मार्फत उपभोक्ताहरूलाई नियमित रूपमा मही उपलब्ध गराउने गरी काम भैरहेको बजार व्यवस्थापन तथा बिक्री शाखा प्रमुख ऐयुब अली बताउँछन् । उनका अनुुसार डिडिसीको उत्पादन मही संगै, रसवरी, फ्रेस मिल्क, दुध, लस्सी सहितका विभिन्न दुग्धजन्य उत्पादन बुटवल देखि पश्चिम रुट चन्द्रौटा, भालुवाङ्ग, लमही, तुलसीपुर दाङमा जाने गरेको छ । भने पुर्वमा चितवन सम्म, उत्तरमा पाल्पा हुँदै स्याङ्जा देखि पोखरा सम्म वितरण हुँदै आएको छ । रूपन्देही, कपिलवस्तु जिल्लामा समेत यसको उत्पादन बजारीकरण हुँदै आएको हो ।
नीजी क्षेत्रको डेरी उद्योगहरूले पनि विस्तारै मोही उत्पादनमा जोड दिएका छन् । कोहलपुर १० बाँकेमा रहेको एवान डेरी उद्योगले पनि ‘ए वान ब्रान्ड’को मही बजारमा ल्याएको छ ।

सञ्चालक सन्तोष पौडेलका अनुसार प्लाष्टिक बोतलमा एक लिटरको मही बजारमा ल्याएका हुन । बोतलको ७० रूपैयाँ र प्लाष्टिक यापरको ६० रूपैयाँ प्रतिलिटर मोही विक्री गर्दै आएको उनको भनाई रहेको छ । डेरी एशोसीयसन कोलहपुरका महाचिव समेत रहेका पौडेलले विगत ३ बर्ष देखि आफुले मोही उत्पादन गर्दै आएको जानकारी दिए । पछिल्लो समयमा अन्य डेरी उद्योगहरूले समेत मोही उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उपभोक्ताहरूको रोजाईमा मोही पर्दै जाँदा उत्साह समेत थपेको बताउँछन् । उनि भन्छन्–‘दुध फाल्नु भन्दा पनि हामी त्यसलाई विविधिकरण गरेर बजारीकरण गरेमा पैसा खेरा जाँदैन, यसमा हामी लागिपरेका छौं ।’

नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशका पुर्वअध्यक्ष कृष्ण प्रसाद भट्टराई (खिम)ले नेपालमा देशभर नै मोही अभियान सुरुवात भएको बताउँछन् । उनले ब्रान्ड नभएको कारण पछि सार्वजनिक हुने भएपनि अधिकांस डेरी पसलहरूले मोहीलाई अभियानको रूपमा सुरुवात गरिएको जानकारी दिए । उनले जाडो मौसममा मिल्क होलीडे लगायतको समस्याको कारण दुध को खपत बढाउनको लागि ‘मोही उपयुक्त विकल्प’ हुने उनको भनाई छ । उनि भन्छन्–‘हाम्रो देश व्यापी अभियान नै हो, मोही अभियान, यसलाई अझ बढि विस्तार गर्दै लैजाने योजना, छ, देशभर नै साथीहरूले मोही अभियान चलाउनुभएको छ । ’’ दही मही, र लस्सी स्वादिलो हुनुका साथै यसले शरिरलाई शीतलता पनि प्रदान गर्छ ।

दही वा मोहीमा अलिकति नुन मिसाएर सेवन गर्दा यसले पाचन प्रक्रियामा ठूलो सहयोग पुयाउँछ । महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवती महिलाका लागि दही र मही अति नै उपयोगी मानिन्छ । महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भाअवस्थामा आमा र बच्चाको स्वास्थ्यलाई सुदृढ बनाउन ठूलो सहयोग गर्छ । व्यस्त दैनिकी र दौडधुपका कारणले गर्मी याममा शरीरमा आलस्यता आउने भए पनि महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?