ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

स्थानीय तहको बेरुजुमा पाल्हीनन्दन पहिलो

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

सुनवल, १७ जेठ । पश्चिम नवलपरासीका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड बढिले बेरुजु रकममा कमी आएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को ६१ औँ प्रतिवेदनमा जिल्लाका सात स्थानीय तहमा कुल २९ करोड २७ लाख ५० हजार बेरुजु देखिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा कुल ३४ करोड ६० लाख ३९ हजार बेरुजु रहेको थियो । ५ करोड ३२ लाख ८९ हजारले बेरुजुमा सुधार आएको छ । सबैभन्दा बढि बेरुजु पाल्हीनन्दन गाउँपालिकाको रहेको छ । पाल्हीनन्दको बेरुजु ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ७ करोड ९३ लाख ६ १ हजार बेरुजु रहेको पाल्हीनन्दनमा आर्थिक वर्ष २०७९/०८० मा बेरुजु रकम बढेर ११ करोड ८३ लाख पुगेको छ ।

एक आर्थिक वर्षमा वृद्धि भएको बेरुजुको रकम अन्य पालीकाको तुलनामा अत्याधिक बढि देखिएको छ । कुल लेखापरिक्षण रकमको ९ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतापपुर बाहेक अन्य पालिकाको बेरुजु रकम कुल बजेटको दुई प्रतिशत भन्दा कम नै रहेको छ । प्रतापपुरको बेरुजु ४ करोड १६ लाख रहेको छ जुन लेखापरिक्षण रकमको २ दशमलव ५९ प्रतिशत हुन आउँछ । नगरपालिका तर्फ सुनवल र बर्दघाटले बेरुजु रकम घटाउँदा रामग्रामको बेरुजु भने बढेको छ । रामग्राममा ४ करोड २२ लाख बेरुजु रहेको छ जुन अघिल्लो वर्षको तुलनामा झन्डै एक करोडले बढि हो । बर्दघाटको ३ करोड ३३ लाख बेरुजु छ । जुन अघिल्लो वर्षको तुलनामा झन्डै ८० लाख जतिले कम रहेको छ । सुनवलमा आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ८८ लाख बेरुजु रहेकोमा अहिले घटेर २ करोड २० लाख मात्र बेरुजु छ । जुन कुल लेखापरिक्षण रकमको ० दशमलव ८९ प्रतिशत हुन आउछ ।

यसैगरी सुस्ताले पनि बेरुजु रकम घटाएको छ । झन्डै ३ करोड ५२ लाख बेरुजु रकम अघिल्लो आर्थिक वर्षमा रहेकोमा महालेखाको ६१ औँ प्रतिवेदन अनुसार हाल २ करोड ८ लाख रहेको छ । यसैगरी सरावल गाउँपालिकाको बेरुजु १ करोड ४३ लाख रहेको छ । सरावल अघिल्लो वर्षको तुलनामा बेरुजु घटाएको छ । सरावलमा अर्थिक वर्ष २०७८/०७९ मा कुल ५ लाख ९२ हजार बेरुजु देखिएको थियो ।

बेरुजु रकम भन्ने बित्तिकै भ्रष्ट्रचार भएको मान्न नसकिएपनि बढि बेरुजु देखिनु आर्थिक रूपमा अनियमितता भएको हुन सक्ने अर्थविद्हरूको भनाइ छ । कानुनविपरीत सेवा सुविधा, अबन्डामा बजेट, सवारीसाधन खरिद र मर्मत, विद्यालयको दिवा खाजा तथा सेनिटरी प्याड खरिद, कर्मचारी भर्ना, डीपीआर तथा गुरुयोजना, उपभोक्ता समितिलाई भुक्तानी, सामाजिक सुरक्षा भत्ता जस्ता शीर्षकमा कानुनविपरीत खर्च गरेको देखिन्छ । उक्त शीर्षकमा विनियोजन गरिएको बजेटको खर्च र भुक्तानीमाथि महालेखाले प्रश्न उठाएको छ । स्थानीय तहले लेखापरीक्षण र बेरुजु असुलीका बारेमा खासै चासो नदिएको प्रतिवेदनमा उल्लेख छ । नियमित गर्न सक्ने बेरुजुका विषयमा पनि स्थानीय तह अलमलमा परेको देखिएको छ । स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन, डीपीआर बनाएर अन्धाधुन्ध रूपमा बजेट खर्च गरेको आवाज जनस्तरबाट उठिरहेको छ । महालेखाको प्रतिवेदनले पनि सोही आवाजको पुष्टि हुने गरी विवरणहरू सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार स्थानीय तहले डीपीआर, गुरुयोजना र परामर्श सेवा, सम्भाव्य अध्ययन जस्ता शीर्षकमा रकम खर्च गरेको देखिएको छ । नवलपरासीका स्थानीय तहमा पनि यस किसिमका बेथिति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?