© २०२३
काठमाण्डौं, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजनामा काठमाण्डौमा राष्ट्रिय महिला भेला सुरु भएको छ । काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा बुधबार भेलाको उद्घाटन गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताईन् । ‘महिलाहरूले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ,’ उनले भनिन । भण्डारीले लैङ्गिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तीकरणका अभियानहरू महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिईन्। उनले भनिन, ‘महिला अधिकार कार्यन्यनमा राष्ट्रिय चुनौती छ । सचेतनाको कार्य गर्दा महिला पुरुष दुवैलाई समेट्नुपर्छ ।
पूर्वराष्ट्रपति भण्डारीले महिला सम्पुर्ण आकाश भएको बताईन्। उनले भनिन्, महिला आधा आकाश होईन ,सम्पुर्ण आकाश हुन् । भण्डारीले महिलाहरूको जनस्वास्थ्यमा गम्भीर चुनौती देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले भनिन् ,‘सम्पुर्ण आकाशको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र पनि स्वास्थ्य रहन्छ । महिलाको स्वास्थ्य राम्रो भएन भने राष्ट्रले दुख पाउछ ।क्षति ब्यहोर्र्नुृे हुन्छ । ‘आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो ।’
भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले शासन–सत्तामा महिलाको प्रतिनिधित्व बढेको बताए। विकसित भनिएका देशमा पनि महिलाको प्रतिनिधित्व १०–११ प्रतिशतमा सीमित रहेको बताउदै उनले भने, ‘छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको छ। महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’ नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताए । कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्तै कहाँ छ ?उनले भने ,।’ कति संघर्ष गर्नु परेको थियो । महिला समानता र आन्दोलनका लागी धेरै त्याग गर्नुपरेको छ ।‘उनले केही शारीरिक रुपमा भिन्नता भएपनि अरु सबै कुरामा समान भएको बताए । ‘एमाले यहाँसम्म पुग्नुमा महिलाको हात छ । एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ ।’ उनले भने महिलाहरु आत्मानिर्भर बन्न नयाँ क्षमता खोजौ। घर फर्किएपछि नयाँ चिज केही गरौँ,’उनले भने । अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए।
व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे । सहकारीमा ठग्नकै निम्ति केही व्यक्तिहरू सहकारीमा आएको उनले बताएका छन् । ‘सहकारीमा केही गैर–सहकारीवालाहरूले प्रवेश गरे । सहकारीलाई ठगेर खान्छु भन्नेको प्रवेशकै कारण केही ठूला सहकारीको बदनाम भएको छ । ती संकटग्रस्त भएका छन् । तर साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, छैनन् पनि। ती त्यसका आफ्ना नियमहरू छन्।’’ उनले भने ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्न समयमा कम्युनिस्ट पार्टीले महिलाको मुद्दालाई अगाडि ल्याएको बताईन् । शाक्यले २०६२ सालमा पार्टी केन्द्रिय कमिटी बैठकमा पनि पार्टीले विभिन्न मुद्दा अगाडि सारेको र अन्य पार्टीले पनि त्यसलाई अंगीकार गरेको बताइन । उपाध्यक्ष शाक्यले समाजमा अझै सामन्ती अवशेष र पितृसत्ता हाबी भएकाले महिलाका सवालहरू ओझेलमा बताउदै उनले भनिन ,‘महिलाका सवालमा पछिल्लो संविधानले धेरै अधिकारहरू सुरक्षित गरेको छ । तरपनि संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत सामन्ती अवशेष र पितृसत्ता हाबी नै छ’, उनले भनिन्, ‘अझै महिलाको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने जरुरी छ तर आत्तिनुपर्ने छैन । किन भने हाम्रै साथमा नेकपा एमाले छ ।’ उनले भनिन,‘ पैत्रिक सम्पत्तिमा महिलाको हक लाग्ने विषय एमाले उठाएको हो। ४९ सालमा ३३ प्रतिशत महिला सहभागी पु¥याउँदै जाने उल्लेख गरेको बताइन् । उनले महिलालाई समानुपातिक हैन प्रत्यक्ष नै सहभागी गराउन नेतृत्व तयार हुनुपर्ने बताइन । यसका लागि एमालेले छलफल चलाउनुपर्ने बताइन् । उनले भनिन , ‘राजनीतिक प्रशिक्षणको जरुरी छ ।’
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था, महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसदबाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।
बन्द सत्र बिहिबार कार्की बैंक्वेट बबरमहलमा हुने ढकालले जानकारी दिए।सो भेलामा देशभरबाट ५ हजार महिला सहभागी भएको ढकालले दाबी गरे्। ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विशुद्ध रुपमा चर्चा गरिने छ ।
चुनौतीहरूका विषयमा छलफल गरिने छ । महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ,उनले भने।’ महिला सशक्तीकरणका दृष्टिले भेला महत्वपूर्ण हुने तथा भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दै स्थायी कमिटी सदस्य ढकालले यसबाट पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि सहभागी छन् । भेलामा सहभागी महिलाहरुले १२ वटा समूह बनाएर विभिन्न विषयमा छलफल गर्ने आयोजकले जनाएको छ । समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ। समापन कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ।