ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

अर्घाखाची । अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिकामा कपडा बैंक सुभारम्भ भएको छ । शुक्रवार एक कार्यक्रमका बिच सन्धिखर्क जिल्ला समन्वय समिति संयोजक जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले यो कार्य निकै प्रसंसनीय र परोपकारी कार्य भएको बताए । सम्पूर्ण पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । पालिकामा कपड़ा बैंकको स्थापनाले आवश्कता परेका जो कोहिलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने र पहाडी जिल्लामा कपडा बैंक स्थापना गर्ने पहिलो नगरपालिका बन्न पाएकोमा खुसि व्यक्त गरे ।

सोही अवसरमा बोल्दै उप प्रमुख मिश्रा आचार्यले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस सन्धिखर्क नगरमा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे ।

प्रमुख अतिथी जिबनारायण कोइराला, नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, पत्रकार महासंघ अर्घाखाचीका जिल्ला अध्यक्ष अशोक कुमार खनाल, उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, कपडा बैंकका वरिष्ठ सल्हाकार राजिब गौतम तथा केन्द्रिय अध्यक्ष कमल जि.सी. लगायतले एक कार्यक्रमका बीच सुभारम्भ गरेका थिए ।

पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगोलागी पिडितहरु ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भयको अभियन्ता राजिब गौतमले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद दिए । सन्धिखर्क नगरपालिकाको शान्ति बगैचामा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुनस् प्रशोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपाल अर्घाखाँची जिल्ला संयोजक सहयोगी बि.सी.ले बताए।

क्लोथ बैंकले भविष्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैंकको लक्ष्य रहेको छ । साथै लुम्बिनी प्रदेश महिला संयोजक गोमा सापकोटा रेग्मीले मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शो रुममा गएर आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत आग्रह गरीन ।

कार्यक्रममा विभिन्न संचारकर्मी, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सुभारम्भ कार्यक्रमको संचालन क्लोथ बैंकका अभियन्ता आबिस्कार खनालले गरेका थिए। क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?