© २०२३
बुटवल, २९ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा रजिता रेग्मी पेशाले स्थायी शिक्षक हुन् । उनी बुटवलको कान्ती माविमा प्रावि तहको स्थायी शिक्षकको रूपमा कार्यरत छिन् । स्नातकोत्तर तह पुरा गरेकी उनी पूर्ण दृष्टिविहीन हुन । उनको तलब नियमित रूपमा बैंकमा नै आउँछ । तर उनी त्यो रकम निकाल्नको लागि एक्लै बैंकमा गएर पाउँदैनन । स्थायी शिक्षक भएको लामो समय भएपनि उनले आफैले परिश्रमबाट कमाएको रकम निकाल्नको लागि सहयोगी वा आफन्तको भर पर्नुपर्ने हुन्छ ।
पूर्ण दृष्टिविहीन भएको कारण उनले बैंकमा खाता खोल्दा ल्याप्चे लगाएर खोलिएको हो । रकम निकाल्दा पनि उनले ल्याप्चे नै लगाएर चेक काट्नुपर्ने बाध्यता छ । उनी पूर्ण रूपमा दृष्टिविहीन भएको कारण बैंकिड्ड भाषामा उनलाई “निरक्षर” बनाइएको छ । स्नातकोत्तर तह पास गरेपनि बंैकिड्ड भाषामा उनी जहिले पनि “निरक्षर” नै हुन । उनले चेक ल्याप्चे लगाए पनि यत्तीकै रकम पाउँदैनिन् । उनी भन्छिन् –“आफ्नो रकम निकाल्नको लागि पनि म चेकमा नै साक्षी भनेर आफन्तीको नाम, फोन नम्बर उहाँको हस्ताक्षर गर्नुपर्ने हुन्छ, तब मात्रै मैले रकम पाउँछु ।”
उनी एउटा उदाहरण मात्रै हुन । नेपालमा यसरी पूर्ण रूपमा दृष्टिविहीन भएका व्यक्तिहरूले नेपालको बैंकिड्ड सेवाको पहुँचबाट बञ्चीत हुनु परेको छ । यति मात्रै होईन पूर्ण दृष्टिविहीन भएका व्यक्तिहरूले मोबाईल, बैंकिड्ड र एटीएम जस्ता सेवाबाट बञ्चीत हुँदै आएका छन् ।
रजिता जस्तै तिलोत्तमामा रहेको राममणी बहुमुखी क्याम्पसमा विए दोस्रो बर्षमा अध्ययनरत सुमन पौडेलको पनि पीडा उस्तै छ । उनी पनि एक पूर्ण दृष्टिविहीन विद्यार्थी हुन् । तर उनले विशेष सफ्टवेयरको माध्यमबाट मोबाईल बैंकिड्ड, मोबाईल एप्लीकेशन, लगायतका विभिन्न कुरा सहजै चलाउन सक्छन् । उनी मोबाईल एप्लीकेशन को सहायतले आफ्नो अध्ययन समेत गर्दै आएका छन् । तर उनी पनि बैंकिड्ड पहुँचमा भने छैनन् । बैंकले असुरक्षित हुने भन्दै उनको खाता हस्ताक्षरबाट खोल्न मान्दैनन । मोबाईल बंैकिड्ड सेवा, एटिएम त दिनै मान्दैनन । बैंकिड्ड परिभाषा अनुसार ल्याप्चे लगाएर खोलिएको खाता भनेको निरक्षरले खोलिएको खाता भन्ने बुझाई भएको कारण उनी जस्ता नेपालका हजारौं पूर्ण दृष्टिविहीन भएका व्यक्तिहरू बंैकिड्ड पहुँचबाट टाढा भएका हुन । मोबाईल बंैकिड्ड पछिल्लो समयमा बायोम्याट्रिक अर्थात फिंगर प्रीन्ट बाट मज्जाले चलाउन सकिन्छ । तर पनि बैंक तथा वित्तीय संस्थाले दृष्टिविहीनता भएका व्यक्तिहरूलाई पूर्ण विश्वास नगरेको कारण मोबाईल बंैकिड्ड र एटिएम जस्ता सेवा बाट बञ्चीत गर्ने गरेको छ । विद्यार्थी सुमन पौडेल भन्छन् –“हामीले आवाजको भरमा सुनेको आधारमा मोबाईल चलाउन सक्छौं, सोही अनुसार एप्लीकेशन पनि चलाउ सक्छौ भन्ने कुरा बैंकका मानिसलाई प्रत्यक्ष गरेर देखाउँदा पनि विश्वास गर्दैनन, जसको कारण समस्या भएको छ ।”
नेत्रहिन युवा संघ नेपाल रूपन्देही शाखा अध्यक्ष जीवन पोखरेलका अनुसार बैंकिड्ड प्रणालीमा दृष्टिविहीन भएका व्यक्तिहरूको लागि विभेद गरिएको बताउँछन् । उनले यो विषयमा नेत्रहीन युवा संघ नेपाल केन्द्रीय समितिले समेत पटक–पटक पहल गरेको भएपनि यसमा ठोस उपलब्धी भने हुन नसकेको बताए । उनले भने, “हामीले यो विषयमा पटक–पटक पहल गरको छौं, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा शाखा प्रमुलाई समेत बैंकिड्ड उपकरण प्रदान गर्नको लागि माग गर्दै आएका छौं, तर यसको सुनुवाई भएको छैन ।”
हस्ताक्षर सिकाउन तालिम
माईराईट्सको सहयोगमा नेत्रहीन युवा संघ नेपालको समन्वय र नेत्रहीन युवा संघ रूपन्देहीको आयोजनामा बुटवल–१२ ढवाहमा दुई दिने हस्ताक्षर सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा रूपन्देही जिल्लाका विभिन्न पूर्ण दृष्टिविहीन भएका २० जना युवा युवतीहरूको सहभागीता रहेको छ । दुई दिन सम्म चल्ने तालिममा खासगरी बैंकिड्ड प्रयोजनमा पूर्ण दृष्टिविहीन भएका व्यक्तिहरूले हस्ताक्षर गर्न नजान्दा बैंकिड्ड पहुँचबाट समेत टाढा हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि आयोजना गरिएको दृष्टिविहीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष जीवन पोखरेलले जानकारी दिए ।
तालिममा पूर्ण दृष्टिविहीन भएका युवायुवतीहरूको लागि आफ्नो नामको अघिल्लो अंग्रेजी अक्षर र थरको अघिल्लो अक्षरलाई तालिमको दौरानमा सिकाउने र सोही आधारमा हस्ताक्षरबाट नै बैंकिड्ड खाता सञ्चालन लगायतका काम अगाडि बढाउने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ रहेको छ । तालिममा नेत्रहीन युवा संघ रूपन्देहीका सचिव ऋषिराम बिसी, नेत्रहिन क्रिकेट संघका एम्पायर खिमानन्द गैरे, नेत्रहीन युवा संघका सह सचिव समीक्षा ज्ञवाली, कोपीला घिमिरे लगायतले सहजीकरण गरेका छन् । अहिले पनि बैंकिड्ड प्रयोजनको लागि खाता खोल्न जाँदा पूर्ण दृष्टिविहीन भएका व्यक्तिहरूले ल्याप्चे गरेर मात्रै खाता सञ्चालन हुँदै आएको छ भने अन्य डिजिटल उपकरण समेत चलाउनको लागि उनीहरू हस्ताक्षर सहितको खाता नभएको कारण बञ्चीत हुनुपरेको गुनासो रहेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ज्येष्ठ नागरिक, अपांग र साक्षरता नभएकालाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउनुपर्ने बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थाले अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता सेवा व्यक्ति स्वयंले सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकको निर्देशिकामा उल्लेख गरेको जानकारी दिँदै यदी कुनै पनि बैंक वा वित्तीय संस्थाले नदिएको खण्डमा राष्ट्रबैंकमा खबर गर्न समेत आग्रह गरे । अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को दफा २५ मा सार्वजनिक टेलिफोन बुथ र एटीएम सेवालाई दृष्टिविहीन समेत अपांगता भएका व्यक्तिहरूको पहुँचमा रहने गरी व्यवस्था गर्न भनिएको छ । साथै, ती संरचना ह्विलचेयरको पहुँचमा हुनुपर्ने, एटीएम मेसिनमा हुने बटनमा उल्लेख गरिएका नम्बर वा कमान्ड अनिवार्य रूपमा दृष्टिविहीन व्यक्तिले पढ्न मिल्ने गरी ब्रेल लिपिमा राखिनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।