ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ

९ बैशाख २०८१, आइतबार
९ बैशाख २०८१, आइतबार

पाल्पा, ९ वैशाख ।

पाल्पा रिब्दीकोट गाउँपालिका ख्याहा लप्सी खोलाका दानबहादुर सार्की उमेरले सात दशक पूरा गरे । भनिन्छ, सन्तान भनेको बुढेसकालको सहारा हुन् । आँखाले राम्रोसंग ठम्याउन नसक्ने बृद्ध सार्कीसंग न त दुखसुख साटासाट गर्ने श्रीमती छन्, न त बुढेसकालको सहारा भनिने सन्तान नै ।

गोठमा एक हल गाई गोरु र बाख्रा छन् । तिनको व्यवस्थापनसंगै आफ्नो दैनिकीको समेत लौरोको सहाराले कष्टकर तवरले गुजारा चलाउँदै आएका छन् । दुःखसुख साट्ने कसम खाएकी श्रीमतीलाई दैवले चुँडेर लगेपनि दुईवटा छोराको मुख हेरेर र उज्यालो भविष्यको पखाईमा मनभरि पिडा बोकेर बाँचेको सार्की बताउँछन् ।

भिरालो तीन रोपनी बारीमा अन्न उब्जिए पनि वन्यजन्तुबाट जोगाउनै कठिन, गरिवीले राम्रोसँग थिचिएका कारण २ वटा छोरा र एक छोरी, शिक्षाको ज्योतीबाट बन्चित हुन परेको पिडाको बोझ पनि सार्की परिवारमा थपिदै गयो । जातीय रुपमा समाजले गरेको व्यवहारका कारण अस्ताउने तर्खरमा रहेको चन्द्रमा जस्तो अवस्थामा पुगेका छन् ढाल बहादुर । समाजले दिएको मनोवैज्ञानिक पिडाले थप विक्षिप्त बनाएको बताउँदै उनी भन्छन्, “बुढेसकालमा आएर दैवले त अन्याय ग¥यो समाजका मानिसहरुले गरेको अन्यायले समेत आफुलाई मर्नु न बाँच्नु बनाए ।”

एक महिना अगाडि एक किशोरीको धारिलो हतियार प्रयोगबाट हत्या भयो । हत्यामा संलग्न भएको सवुद प्रमाण सहित उनको जेठो छोरालाई प्रहरीले पक्राउ ग¥यो । कतै दाजुको साथमा भाइको समेत सहयोग त छैन ? भन्ने आशाले प्रहरीले अनुसन्धानका लागि लिएका राजुलाई स्थानीय सरकारको रोहवरमा घर पठाउन खोज्दा स्थानीय सरकारका प्रतिनिधिलाई नै स्थानीय बासिन्दाले राजुलाई घरमा ल्याए सामाजिक हिसावले परिणाम राम्रो नहुने भन्दै दवाव दिए । त्यसपछि अवोध १४ वर्षीय राजुलाई आफन्तको घर पल्लो गाउँमा लगेर राखियो । स्थानीय सरकारका प्रतिनिधि तथा वडाअध्यक्ष चिरन्जिवी पोखरेलले भने समाजले गलत गरेको स्विकार गर्दै अवका दिनहरुमा अवोध बालक राजुलाई घर फर्काउन वातावरण सहज बनाउने बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक सुगन्ध श्रेष्ठले बच्चाको समाजमा बाँच्न पाउने अधिकारलाई कहीं कतैबाट कुण्ठित हुन नपाउने बताउँदै बच्चा यतिखेर आफन्तको घरमा आश्रय लिएको जानकारी दिए । “यस्ता सामाजिक विभेदका विरुद्धमा सचेतनाको कार्यक्रम स्थानीय सरकारको व्यवस्थापनमा सञ्चालन गरी बालकलाई सम्मानपुर्वक घरमा आउने वातावरण बनाउने कार्य तत्काल थालनी गरिनेछ”–उनले भने ।

जिल्लामा जातिय, वर्गिय र सामाजिक विभेदका विरुद्धमा आवाज उठाउने संस्थाका सख्याहरु धेरै छन्, तर डाँडाको घाम जस्तो भएका ढाल बहादुर र उनका छोरा १४ वर्षीय राजु सार्कीको पक्षमा आवाज उठाउने कुनै पनि संस्था नहुनु अत्यन्तै दुखद पक्ष भएको नागरिक समाजका अगुवा पुष्कर रेग्मी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्द भन्छन्, “बदमासी गर्ने व्यक्ति कानुनी कठघरामा छ । निर्दोष व्यक्तिलाई समेत एउटै टोकरीमा राख्नु भनेको चेतनाको धरातल अत्यन्तै कमजोर हो । यस्ता समस्याको समाधान कानुनी रुपमा भन्दा व्यवहारिक संगै सामाजिक रुपमा खोजिने छ ।”

स्थानीय सरकारका प्रमुख नारायण बहादुर कार्की पनि यस किसिमको वातावरणले आफु अचम्मित भएको बताउँछन् । यस्ता परिदृश्यहरुले सिंगो गाउँपालिकालाई नै लज्जित बनाएको उनले बताए । तत्काल बच्चालाई घर फर्काउनको लागि जिल्ला प्रहरी कार्यालयको सहयोगमा तत्काल सचेतनाको कार्यक्रम गरिने र अबका दिनहरुमा आफ्नो गाउँपालिकाका सबै बस्तीहरुमा यस्ता अप्रिय घटनाहरु नदोहोरिने अध्यक्ष कार्की बताउँछन् ।
व्यक्तिगत जीवनमा प्रत्यक्ष असर पर्ने भएका कारण बालकको नाम परिवर्तन गरिएको छ । सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?