ट्रेंडिंग:

>> ‘सामाजिक सञ्जाल नियमन गरौं’ >> मालपोतको ५ हजार घुस, लेखन्दासले पारे फास्फुस ! >> लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणः दैनिक २१० जना कामदार काममा >> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप

फेरियो ‘पश्चिमको पशुपति’ को स्वरूप

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २४ चैत । पश्चिमको पशुपतिको उपमा पाएको रूपन्देहीको श्री पर्रोहा बोलबम धामले नयाँ स्वरूप पाएको छ । उपमा जस्तै मन्दिरलाई पशुपतिनाथ मन्दिर झै आकर्षक र सुन्दर बनाईएको छ । वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने धेरै मन्दिरहरू प्यागोडा शैली (छाने शैली) रहेको पाउँछौ । काठमाडौंको पशुपतिनाथको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

सैनामैना नगरपालिकामा पर्ने सो मन्दिरलाई काठमाडौंका शिल्पकारहरूलाई झिकाएर प्यागोडाशैलीमा आकर्षक स्वरूपमा ढाल्ने काम भएको छ । हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने उद्देश्यबाट मन्दिर वास्तुकलाका नमुनाका रूपमा निर्माण गरिएका हुन्छन् । प्यागोडा शैलीका मन्दिर अनेकन तल्ला हुने गर्दछन् भने यिनमा एकपछि अर्को गरी तह–तह परेका अनेकन संख्यामा छानाहरू पनि हुने गर्दछन् । तसर्थ यस्ता मन्दिरहरूलाई बहु छत मन्दिर पनि भनिएको पाइन्छ ।
यहाँका सबै पुरातात्विक एवं धार्मिक विशेषताहरू प्यागोडा शैली अनुरूप रहेका पाइन्छन् । यो मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि पश्चिम क्षेत्रकै आस्थाको केन्द्र मानिन्छ । वर्षेनी यहाँ श्रावणमा ठूलो मेला लाग्दछ । नेपालका अधिकाश जिल्लासहित भारतबाट समेत भक्तजनहरू मन्दिरमा जलार्पण गर्न आउने गर्दछ ।

पत्रकार तथा मन्दिर ब्यवस्थापन समितिका पूर्व उपाध्यक्ष महेन्द्र थापाले धार्मिक पर्यटनबाट आर्थिक समृद्धि हुन सक्ने सम्भावना बोकेको यो क्षेत्रलाई सरकारबाट ठूलो लगानी भएको बताए । मन्दिरको पुनर्निर्माणमा स्थानिय सरकार जिम्मा लिनुपर्छ । यो मन्दिरको आम्दानीलाई ब्यवस्थापन खर्च भई बचेको रकम स्थानीय पालिका विकासमा लगाउन सकिन्छ भन्ने अवधारणा सामाजिक संजालमा राखेपछि तत्कालिन नगरप्रमुख चित्र बहादुर कार्की, नेता खुशिराम चौधरी र नेपाली काग्रेस पार्टीका नगर सभापति रामप्रसाद अधिकारीबाट पहल भएको उनि स्मरण गर्छन । तत्कालिन संघिय सरकारबाट संघिय सासद बिष्णु प्रसाद पौडेलको पहलमा बजेट बिनियोजन भयो साथै स्थानिय पालिकाको समेत सहयोगमा करिब ६ करोड ५७ लाख रूपैयाँ लागतमा मन्दिर नया स्वरूपमा निर्माण भएको हो । बि.सं. २०७० मा मन्दिरको फोटो अंकित हुलाक टिकट समेत निकालिएको छ । पत्रकार थापाले ‘बोलबमको महिमा’ लेख प्रकाशन समेत गरेका छन ।

श्री पर्रोहा बोलबम धाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले धार्मिक महŒव बोकेको कुनै बेला ओझेलमा परेको स्मरण गर्छन । बिस्तारै मन्दिरलाई ब्यवस्थित गर्दै अहिलेको अवस्थामा ल्याउन सफल भएको उनले बताए । ‘हामीले गुरुयोजना बनाएर अघि बढेका छौ ।’— उनले भने । मन्दिरलाई नयाँ स्वरूपमा ल्याउनेमात्र नभई ब्यवस्थित गर्दै गुरुकुल संचालन गर्दै आएको उनले बताए । संघीय सरकारको ७० प्रतिशत र स्थानिय सरकारको ३० प्रतिशत लागतमा पुर्ननिर्माणको गरिएको भक्तपुरका कालिगढहरूले तयार गरेको टुडालहरू जडित मन्दिर आकर्षक बनेको छ । मन्दिरकै कारण अहिले पालिकाको नाम देशभर प्रख्यात भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?