ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत लुम्विनी प्रदेशमा बाँकेबाट पैदल गस्ती शुरु

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

नेपालगञ्ज, २१ चैत ।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत लुम्विनी प्रदेशमा बाँकेबाट सीमा पैदल गस्ती शुरु गरिएको छ । सशस्त्र प्रहरी बलको एक प्लटुन फौजले लुम्विनी प्रदेशसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा इलाकामा बुधाबारदेखि बाँकेको जमुनाहा नाकाबाट सीमा पैदल गस्तीको शुरूवात गरेको हो ।

सशस्त्र प्रहरी वल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी महानिरीक्षक अभि कुमार खत्रीले नेपालगञ्जको जमुनाहा नाकाको पश्चिम तर्फ रहेको ६५१÷११ (३१) नम्बरको सिमा स्तम्भबाट सीमा पैदल गस्तीको शुभारम्भ गरे । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धि अवधारणा पत्र, २०८०’ अनुसार लुम्विनी प्रदेशमा पनि सीमा पैदल गस्ती शुभारम्भ गरिएको सशस्त्र प्रहरी महानिरीक्षक खत्रीले प्रष्ट पारे ।

सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैह्रकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित प्रत्येक प्रदेशमा फौज परिचालन गरिएको उनले जानकारी दिए । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने सशस्त्र प्रहरी महानिरीक्षक खत्रीले दावी गरे ।

सीमा क्षेत्रमा भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितीहरुको बारेमा जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणको बारेमा जानकारी अध्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरुसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने सशस्त्र प्रहरी महानिरीक्षक खत्रीले विश्वास ब्यक्त गरे । उनका अनुसार आवश्यकता बमोजिम स्थानीयवासी, जनप्रतिनिधी, अन्य निकाय तथा समकक्षीहरुसँग भेटभाट, अन्तत्र्रिmया, विपद् जोखिम न्यूनिकरण, मानव बेचविखन तथा सीमा अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नुकासाथै तराईका जिल्लाहरुमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरुमा समेत सीमा पैदल गस्ती गरिनेछ ।

सीमा पैदल गस्ती अन्तर्गत गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी बाँकेबाट सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामाग्रीसहित ३५ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी वल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले बताए । उनले भने ‘गस्तीमा तैनाथ कमाण्डरसँग स्थायी रुपमा ९७६४३०६६९४ नम्बरमा सीमा क्षेत्रको समस्याबारे जो कोहीले सम्पर्क गर्न सक्नुहुन्छ, कमाण्डर बदलीपश्चात पनि सोही नम्बर उपलब्ध गराईनुको साथै यसले सीमावासीहरुलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ ।’

सशस्त्र प्रहरी उपरिक्षक डाँगीका अनुसार बाँकेबाट गएको गस्ती टोली दाङको सिमानासम्म पुग्न करिब ५ दिन लाग्ने छ । एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती संचालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रुपमा पश्चिम नवलपरासीको चुस्ता सम्म निरन्तरता दिने उनले बताए ।

पैदल गस्ती शुभारम्भ कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, सशस्त्र प्रहरी वल, नेपाल जवान तालिम शिक्षालय नौवस्ता बाँकेका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रविण कँडेल, भारतीय सशस्त्र सीमा वल एसएसबी ४२ बटालियनका कमान्डेन्ट गंगा सिंह उरावत, सशस्त्र प्रहरी वल नेपाल नं. ३१ गण हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाललगायतका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?