ट्रेंडिंग:

>> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा

महिला दिवसमा ५ किलोमिटर दौड

कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे प्रथम, नेपाल प्रहरीकी पुनम खड्का क्षेत्री दोस्रो
२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

बुटवल, २५ फागुन ।

महिला सशक्तिकरणका लागि खेलकुद नारासहित बुटवलमा ५ किलोमिटर खुला महिला दौड गरिएको छ । ११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवद्र्धन, बुटवल उपमहानगरपालिकाको सहयोग तथा रेडियो मुक्ति ९५.५ को आयोजना शुक्रबार बुटवलमा ५ किलोमिटर खुला महिला दौड प्रतियोगिता २०८० गरिएको हो । दौड प्रतियोगितामा कालिका मानवज्ञान माविकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन् । घिमिरेले नगद १२ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

नेपाल प्रहरीकी पुनम खड्का क्षेत्री २३ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदै नगद ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

दिप बोर्डिङ्ग हाई स्कुलकी देवी बुढा २७ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुँदै नगद नगद ५ हजार रुपैया, कालिका मानवज्ञान माविकी कृति पराजुली २७ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो हुदै नगद ३ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भईन् । त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठो हुदै नगद २ हजार, प्रमाणपत्रबाट पुरस्कृत भईन् ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उत्पादनमूलक कार्यक्रमलाई जोड दिएको उनले बताए । हरेक घरमा रोजगार ल्याउने गरी अभियान थालेको उनले बताए । उपप्रमुख उद्यमशिलता कार्यक्रम ल्याएर विपन्न परिवारहरुलाई आम्दानी गर्ने, बचत गर्ने, आत्मनिर्भर बनाउने अभियान थालेको उनले बताए । खेलकुदमा महिला समेट्ने गरि विभिन्न गतिविधिमा जोड दिएको उनले बताए । घरघरमा महिला सक्षम नभएसम्म, आत्मनिर्भर नभएसम्म समाजमा स्थापित हुन नसक्ने भन्दै यस्ता अभियानका पालिकाबाट बजेट बिनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले विजयको खुशीयालीमा शुरुवात भएको बताए । विश्वमा नै सबैभन्दा बढि खेलिने ओलम्पिकमा सबैभन्दा पहिले दर्ज भएको खेल भएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, मानव अधिकार एलायन्सका अध्यक्ष माधव सापकोटाले खेलकुद शारीरिक र मानसिक स्वस्थ्यका लागि उपयोगी हुने बताए ।

प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको दौड मिलनचोक फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा सबैभन्दा कम उमेरकी लक्ष्मी माविमा अध्यरनरत १२ वर्षकी बिनिता मुखियालाई नगद रु १ हजार र प्रमाणपत्र र सबै भन्दा बढी उमेरका ४५ वर्षबाट माथि ५ किलोमिटर दौड पूरा गरेकोमा इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी, एकल महिला समूह रुपन्देहीकी रिता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी, प्रगतिशिल महिला सहकारीकी मन्जु थारुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ३५० महिलाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission