ट्रेंडिंग:

>> उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी >> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री >> विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना >> यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची)

थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

नेपालगञ्ज, १९ फागुन ।

थारु मानक भाषा लेखनशैलीका लागि थारु भाषावर्ण निर्धारण गर्न थालिएको छ । थारु भाषा साहित्य केन्द्र नेपाल र थारु आयोगले थारु भाषा वर्ण निर्धारणको अभ्यास थालेका हुन् । थारु भाषालाई पनि सर्वमान्य भाषाको रुपमा विकास गर्ने उद्देश्यले शुक्रबार नेपालगञ्जमा थारु मानकभाषा लेखन शैली कार्यशाला गोष्ठी आयोजना गरियो । गोष्ठीमा बाँके, बर्दिया र सुर्खेतका थारु बुद्धिजीवीहरुबीच छलफल हुनुका साथै समूहगत रुपमा थारु भाषावर्णको अभ्यास गराईएको थियो ।

जिल्ला र क्षेत्र अनुसार बोलिने भाषा फरक रहेकाले थारु भाषा मानकीकरणमा समस्या भइरहेको थारु आयोगका सदस्य भोलाराम चौधरीले बताए । भूगोल र क्षेत्रका आधारमा थारु भाषावर्ण निर्धारण गरेर मानक भाषा बनाउने उनले बताए । उनले भने, ‘संविधानले थारु भाषालगायत १२४ भाषालाई मान्यता दिईसकेको छ तर हामी यसलाई प्रयोगमा ल्याउन नसक्नु हाम्रो कमजोरी हो ।’ सरकारी कामकाज, शिक्षा र आमसञ्चार जगतमा थारु मानक भाषाको प्रयोग बढाउने उद्देश्यले थारु आयोगले यो अभ्यास थालेको उनले जानकारी दिए ।

थारु मानक भाषा लेखन शैली समितिका विज्ञ अनिलदत्त चौधरीले मानक भाषा बनाउँदैमा थारु भाषा लोप नहुने बताए । थारु मानक भाषा लेखनशैलीको विकास भएपनि भूगोल र क्षेत्र अनुसार बोलिने भाषा फरक रहिरहने उनको दाबी छ । देशभरी करिब तीन÷तीन जिल्लालाई समेटेर थारु भाषावर्ण निर्धारणको काम गरिरहेको उनले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा र थारु मानक भाषा मस्यौदा समितिको सहकार्यमा आयोजना गरिएको कार्यशालामा थारु भाषा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरी, पूर्व मन्त्री तथा थारु भाषाविज्ञ गोपाल दहित, थारु भाषा साहित्य अनुसन्धानकर्ता तथा लेखक शेखर दहित, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुलगायतको समूहले छुट्टा छुट्टै थारु भाषावर्ण निर्धारण अभ्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?