ट्रेंडिंग:

>> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै

महिला कस्सिदा फेरिदै थारु साँस्कृतिक पार्क

१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

नवलपरासी, १० पुस । जिल्लाको मनरीका थारु महिलाहरू अहिले सो वृक्षरोपण भित्र रुख बिरुवाको सजावट गर्नमा ब्यस्त देखिएका छन् । उनीहरूकै पहलमा वृक्षरोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो । उक्त क्षेत्र अहिले सुन्दर मनमोहक पार्कमा रूपान्तरित गर्न स्थानीय थारु महिलाहरू पुनः सक्रियता जनाएका छन् । वृक्षरोपण क्षेत्र यसरी एक साँस्कृतिक पार्क बन्ला भनेर स्थानीयहरू सोचेका थिएनन् ।
पार्कको रूपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरू अर्को कारण पनि विगत डेढ दशकदेखि माघी मेला महोत्सव हुँदै आएको सरावल २ मनरी स्थित जनता मावि मनरी परिसरबाट सार्नु पनि रहेको छ । यो बर्षदेखि सो मेला थारु साँस्कृतिक पार्कमा हुने तयारी भईरहेको छ । विद्यालयदेखि झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उक्त पार्कमा यो बर्ष देखि खिचडी महोत्सव तथा माघी मेला गर्ने तयारी छ ।

थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउँपालिकाले चाँसो लिए पछि स्थानीयबासी पनि थारु समुदायले बर्षेनी माघे संक्रान्तिको अवसरमा लगाउँदै आएको मेला पनि सोही पार्कमा ब्यवस्थित गर्न थालेको स्थानीयले बताए । विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यालयको पठन पाठनलाई अवरोध सृजना पनि नहुने भएको छ, स्थानीयले भने, अहिले गाउँ नजिकै बन्दै गरेको थारु साँस्कृतिक पार्क भित्रै यो मेलालाई पनि ब्यवस्थित गरिएमा पार्कको पनि प्रवद्र्धन हुनेछ । विद्यालय परिसर अस्थायी हो, उनले थपे,तर यो पार्कमै उक्त मेला लगाउँदा पार्कको पनि प्रवद्र्धन हँुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु संस्कृति झल्किने खालको पूर्वाधारहरू स्थायी रूपमा पार्क भित्रै सुरक्षित र संरक्षित पनि हुने भएको छ । यसले गाउँलेमा उत्साह समेत बढाएको छ ।

केही दिन पहिला जिल्लाको सरावल गाउँपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययन गरेको थियो । थारु बाहुल्य रहेको सरावल गाउँपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उक्त स्थानलाई चयन गरेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि गाउपालिकाले बजेट समेत विनियोजन गरि सकेको छ, उनले भने, डिपिआर पछि स्थायी संरचनाहरू बनाउँदै जान्छौ । अहिले थारुहरूकै महान पर्व खिचडी महोत्सव तथा माघी मेलालाई सोही पार्कमा लगाउने स्थानीयको निर्णय स्वागत योग्य भएको उनको भनाइ थियो । अहिले पार्कको सरसफाई तथा रुख बिरुवा सजाउने कार्य भइरहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भइरहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ ।

मेला विस्तार हुँदै जाँदा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रूपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थायी स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन, नियमित मनोरन्जन, रमाईलो, शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उद्देश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका कामहरु भइरहेका छन ।

मनरी गाउँ नजिकै भलुही खोला किनारमा रहेको वृक्षरोपण क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने स्थानीयबासीले स्थान देखाएका थिए, उनले भने, यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउँपालिकाले छलफल गरेर योजना अगाडि बढाएको हो । उनीहरूकै सहमतिमा सो वृक्षरोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ, उनले थपे, वृक्षारोपण गर्ने समुह र स्थानीयबासीको सहमति भएमा गाउँपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरूसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षरोपण भएको छ । रुखहरू पनि हुर्कि सकेको छ । वरिपरि कुलो, खोला र जलासय समेत रहेको छ ।

यसले पनि पार्कका लागि आधा संरचना बनिबनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पूर्वाधारहरू बनाइने छ । त्यसबाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रूपमा पार्क सञ्चालनका लागि सहज हुने छ ।

पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थापनले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुँदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाइ अध्यक्ष चौधरीको रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?