ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

विश्वभर सडक दुर्घटनामा मृत्यु भएकाहरुको स्मृतीमा बृहत् मैनबत्ती प्रज्ज्वलन

३ मंसिर २०८०, आईतवार
३ मंसिर २०८०, आईतवार

बुटवल, ३ मंसिर ।

सडकमैत्री कानुन र पूर्वाधार अभावको कारण देशमा ठूलो संख्यामा जनधनको क्षति हुने गरेको नेशनल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले बताएका छन् । बर्सेनि ३ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्ने उनले बताए।

सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफ्टी, रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गतका ३ दर्जन क्लबहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “संयुक्त राष्ट्र संघको घोषणापत्रमा सडक दुर्घटना २०३० सम्म ५० प्रतिशत घटाउने लक्ष्यसहित विश्वका कतिपय देशहरुले अभियान थालेका छन्”– उनले भने । सडक सुरक्षाको निम्ति सरकारले बनाउने कानुनको लागि दबाब दिनेगरी सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए । स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई यो कानुन बनाउने विषयमा जोडदार दबाब जरुरी रहेको उनले बताए । यो विषयमा सामाजिक संजालबाट नै आफ्नो धारणा अगाडि सार्न जरुरी रहेको उनले बताए ।

दुर्घटना न्युनीकरणका लागि कानुन बनाउनुका साथै अभियानमुलक कार्यक्रमलाई सरोकारवालाहरुले अघि बढाउनुपर्ने उनले सुझाव दिए । “अझै पनि कानुनको अभाव छ । यसले गर्दा दुर्घटना घट्ने अवस्था छैन”– उनले भने । सडक सुरक्षा काउन्सिलको सडक कानुन निर्माण पछि बन्ने हुँदा पनि सरकारी संयन्त्रहरु विकासपछिको समस्याबारे खासै चासो नदिने गरेको उनले दुखेसो गरे । प्रत्येक वर्ष ३ हजार मानिसको मृत्यु हुने गरेको छ । अझ बढीमा दुई पाँग्रेमा ८० प्रतिशत मृत्यु हुने तथ्यांक अझ भयानक रहेको उनले बताए । दुई पाङ्ग्रेको पछि बस्नेको मृत्यु हुने धेरै रहेको उनले बताए ।

कुल राष्ट्रको जिडिपिमा २ प्रतिशत नोक्सानी यसले गरेको छ । पूर्वाधार निर्माण अनुसारको नियमसंगत सवारी नचलाउँदा अझ दुर्घटनाको कारक रहेको, नया बनेका सडकमा कुन लेनको प्रयोग गर्ने हो त्यो ज्ञान नहुँदा पनि अर्को समस्या रहेको उनले बताए । सबै सामाजिक संघसंस्था र आम नागरिकको सहभागिताबाट मात्र यो अभियान सफल हुने उनले बताए । “मौलिक हकका रुपमा सुरक्षित यात्रा गर्न पाउनु पर्ने लेखिएको छ जसको लागि सचेतना जरुरी छ”–भट्टराईले भने । नेपाली लाईसेन्सले अन्तर्राष्ट्रिय मान्यता नपाएको कारण पनि नेपाली नागरिक विदेशमा गएर सवारी चालक अनुमति पत्र लिन ठूलो धनराशी खर्च गर्नुपर्ने, नया पुस्तामा सवारी साधन दैनिक जिवनमा अनिवार्य रहेको हँुदा पनि यसलाई अगाडि बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल अटोमोबाईल स्पोर्ट्स एशोसिएशन(नासा) फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, सुरक्षित यात्रा नेपाल अभियानका महासचिव दिनेश पाण्डे, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले सहभागी स्कुटी चालक महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागी १ सय २० बढी स्कुटी चालक महिलालाई दुर्घटना न्युनीकरण र लेन सुरक्षाबारे प्रशिक्षण दिईएको थियो । प्रशिक्षणपश्चात सहभागी स्कुटी चालक महिलाहरु योगीकुटीबाट सचेतनामुलक र्याली मणिग्राम पुगेर पुनः योगिकुटीमा फर्किएर समापन गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेश्नल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले निकै महत्वपूर्ण विषयमा सरोकारवाला निकायहरु एकतावद्घ भएर कार्यक्रम गरिएको भन्दै निरन्तर अभियान चलाउन सुझाव दिए ।

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले सामाजिक हितमा रहेर निरन्तर लागेको रोटरी अभियानमा थप फलदायी हुने र प्रभावकारी कार्यक्रम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?