© २०२३
पाल्पा, ३ मंसिर । धार्मिक दृष्टिकोण बाट नेपालको वनारस भनेर उपमा पाएको रुरु क्षेत्र पर्यटक तथा धार्मिक महत्व बोकेको रुरु क्षेत्र बिकासका प्रसस्त संभावना भएपनि ओझेलमा परेको छ । धार्मिक, पुरातात्विक, पर्यटकीय तथा साँस्कृतिक महत्व भए पनि सरकारी बेवास्तासंगै प्रचारप्रसारको कमीका कारणले ओझेलमा पर्न गएको हो ।
धार्मिक हिसाबले नेपालले प्रसिद्ध स्थल चार धाम मध्ये एक धाम मानिने रुरु धाम हिन्दू धर्मालम्बीको प्रमुख गन्तव्य स्थान बन्न नसकेको स्थानीयहरूको भनाइ रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकीय संभावना भएपनि पाल्पा, गुल्मी स्याङ्जा जिल्लाको संगम स्थल र शालीग्राम पाइने धार्मिक तथा पवित्र नदी कालीगण्डकी नदी किनारमा रहेको पाल्पाको अर्गली गाउँको रुरु क्षेत्र सरकारी बेवास्ताका कारण ओझेलमा पर्न गएको स्थानीय प्रकाश श्रेष्ठ बताउँछन ।
रुरु कन्या ऋषिकेश फरक फरक धार्मिक मान्यता रहेका गायत्री सँगै असंख्य मठ मन्दिरको इतिहास सोह्रौ शताब्दी देखि कै छन । कालीगण्डकी नदीमा स्नान गरी मकर सक्रान्तीका दिन ऋषिकेश भगवानको दर्शन गरेको खण्डमा मोक्ष प्राप्ती संगै मानिसलाई लाग्ने पुत्र, पित्रृृ गुरु ऋण बाट मुक्ती भइने धार्मिक जन विश्वासका कारण मकर सक्रान्तीका दिन तीन दिन सम्म धार्मिक मेला लाग्ने यस क्षेत्रमा पाशुपत, बराह, मुक्ती क्षेत्रमा जस्तो सरकारी तह बाट बिकासका कार्यहरू नभएका कारण ओझेलमा पर्न गएको मन्दिरका पुजारी दिपक भटराई बताउँछन ।
सोह्रौ शताब्दीका पाल्पाली सेन बशिय राजा मणी मुकुन्द सेन आफना सेना सहित काली गण्डकी नदीमा स्नान गर्न गएका बखतमा नदीमा डुवुल्की मार्दा आफनो सिर भगवान ऋषिकेशको पाउमा ठोकीएको र राजाले सेनालाई जल बाहिर निकाली राखेको ठाउँ बाट अर्को दिन हलाउन चलाउन नसकेका कारण मुर्ति राखिएको ठाउँमा नै मन्दिर स्थापना गराएका थिए । इतिहासमा यसरी राजाले मन्दिर स्थापना गराएपछि मन्दिरमा दैनिक पूजा संचालनका लागि पुजारी, पूजाको अक्षताको लागि अर्गली फाँटमा महिना सिचाई सुविधाको व्यवस्था मिलाएका थिए ।
धार्मिक सास्कृतिक संगै पर्यटकिय क्षेत्रको महत्व रहेको यस क्षेत्रमा नेपालका प्रथम प्रधान मन्त्री भिमसेन थापाले आफना पूर्वजको नाममा दर्जनौ पौवा समेत खण्डहरमा परिर्वतन हँुदै गएको छ ।
हिन्दुधर्मालम्बीहरूका लागि मुख्य गन्तब्य बनाउन सकिने भए पनि प्रचार प्रसारको कमीका कारण धार्मिक पर्यटक भित्रयाउन नसकेको मन्दिर व्यवस्थापन समितीका कोषाध्याक्ष भानुभक्त पाण्डे बताउँछन । यस क्षेत्रको बिकासको लागि भनेरै पाल्पा, गुल्मी र स्याङ्जा जिल्लालाई जोडने गरी तिनमुखे झोलुङ्गे पुल समेत निर्माण कार्य पुरा भएको छ । यस क्षेत्रको प्रचार प्रसार भारत सम्म पुग्न सकेको खण्डमा भारतीय हिन्दुधर्मालम्बीहरूलाई यस क्षेत्रमा भित्रयाउन सकिन्छ तर यसका लागि संघिय, प्रदेश सरकारको समेत जिम्बेबारी भए पनि दुवै तहका सरकार आफनो जिम्बेबारी बाट पन्छिएको स्थानीय सिता ज्ञवाली बताउँछिन ।
यिनै भगवानको आशिषका कारण पाल्पा गुल्मीका नेता पटक पटक माननिय हुदै संघीय तथा प्रदेश सरकारका मन्त्री सम्म बने तर रुरु क्षेत्रको बृहत्तर बिकासका लागि गुरु योजना सम्म बन्न नसक्नु अत्यन्तै दु.खद पक्ष भएको स्थानीयहरूकोगुनासो रहेको छ ।
तानसेन तम्घास सडक खण्डमा पर्ने यस क्षेत्र गुल्मी जिल्लाको मुख्य प्रवेश द्धारमा नै भए पनि गुल्मी जिल्ला बाट प्रतिनिधीत्व गरेका पुर्व मन्त्री प्रदिप ज्ञवाली पर्यटन तथा संस्कृति मन्त्री भएका बखतमा गुरु योजना निर्माणका लागि पहल भउ पनि सरकार परिवर्तन संगै गुरु योजनाको कार्य गर्भ मै तुहीन पुगेको स्थानीयहरूको गुनासो रहेको छ ।
प्रदिप ज्ञवाली पछिका मन्त्रीहरूले निरन्तता दिएनन् । यस पछिका गुल्मीका माननियहरू समेत बेखबर बने । स्वयं ज्ञवाली समेत पछिल्लो समयमा मौन रहेका कारण यस क्षेत्र पुर्णरूपले ओझेलमा परेको मन्दिर व्यवस्थापन समितीको दुखेसो रहेको छ अन्तरिम सरकारका खिलराज रेग्मीको नेतृत्वको सरकारले यहाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन भयो राजनैतिक कदम बाट पूर्णरूपले बेबास्ता गरेको स्थानिय प्रकास श्रेष्ठ बताउछन । व्यवस्थापन समिती पुनर्गठन भएन। धार्मिक सम्पदाको संरक्षण व्यवस्थापनका लागि गुठी सस्थान द्धारा गठित व्यवस्थापन समितिको पदावधी समाप्त भएको तीन वर्ष भन्दा धेरै तर त्यहा समिती गठन हुन नसक्दा मन्दिरको आय व्याय समेत पारदर्शी हुन सकेको छैन ।
स्थानीय समुदाय बाट नेतृत्व छनोट गर्ने हो । पटक पटक नयाँ समिती गठनका लागि डाकीएको भेलामा गणपुरक सख्या पुग्न नसक्दा समस्या परेको कोषाध्याक्ष भानुभक्त पाण्डे बताउछन । मन्दिर निर्माण भएपछि स्थानिय भटराई परिवारलाई दैनिक पूजा सञ्चालनका लागि जिम्बेबारी दिइयो । मन्दिरमा पूजा गरे वापत ०५२ साल अगाडि मन्दिरको नाममा रहेको खेत बाट उब्जिएको धान पाउने व्यवस्था थियो । तत्कालिन मनमोहन अधिकारीको नेतृत्वको सरकारले गुठी जमिनलाई रैतानीमा परिणत गरेपछि पुजारीले तलब पाउने व्यवस्था गरी मन्दिरको नाममा चढाएको भेटी पारदर्शी गर्ने परिपाटी भए पनि यहाँ व्यवस्थापन समिती जिम्बेबारी हुन नसक्दा आय व्याय समेत पारदर्शी हुन सकेको छैन ।