ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

त्रिपालमुनिको बसाईले भूकम्पपीडित बिरामी

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

सुर्खेत, २ मंसिर ।

चिसो बढेसँगै भुकम्पपीडितहरु बिरामी पर्न थालेका छन् । त्रिपालमुनि कष्टकर जिवन बिताइरहेका जाजरकोट र पश्चिम रुकुमका पीडितहरु बिरामी पर्न थालेका हुन् । अहिले उनीहरु विभिन्न सरुवा रोगको शिकार हुन पुगेका छन् ।

भुकम्पले घर तहसनस भएपछि त्रिपालमा बस्दै आएकी देउमा रानाले चिसो बढ्न लागेसँगै बालवालिकाहरु बिरामी पर्न थालेको बताइन् । बालवालिकाहरुमा रुघाखोकी तथा ज्वरोको समस्या देखिन थालेको उनले बताईन् । अहिले बालबालिकामा आँखा पाक्ने रोग समेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए । ‘त्रिपालमुनिको बसाईका कारण बच्चाहरुलाई चिसो लागेको छ’ उनले भने, ‘धेरैजसो बालवालिकाहरुलाई रुघाखोकी लागेको छ । कतिलाई त निमोनिया पनि देखिएको छ ।’

बालवालिकासँगै गर्भवती र सुत्केरी आमाहरु पनि अहिले विभिन्न रोगको शिकार बन्दै आएका छन् । त्रिपालमुनि बस्दै आएकी १८ दिनकी सुत्केरी विमला तिरुवा पनि कष्टकर दिन गुजार गर्दै आएकी छन् । चिसो र आवश्यक स्याहार सुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हातखुट्टा सुनिएको छ ।

भेरी नगरपालिका–१ पुष्पा सिंहको एक महिना अघि बनाएको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको उनले बताइन् । ‘हामीसँग न त खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । के खाएर बाँच्ने’ उनले भनिन्, ‘चिसो र भोकले मर्ने बेला भयो, बालवालिकाहरु पनि बिरामी पर्न थालेका छन् ।’

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विक बताउँछिन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको अभाव भएका कारण पनि थप समस्यामा रहेको बताइन् ।

जाजरकोटका अधिकांश नागरिकहरु त्रिपालभित्र छन् । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँलाई नै शौचको रुपमा प्रयोग गर्न गर्न थालिएको छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँछिन् । उपचारका लागि अस्पताल आउने धेरैजसो बालवालिका तथा वृद्धवृद्धाहरुमा रुघाखोकी तथा ज्वरो देखिएको बताइन् । उनले अस्पतालमा बिरमीको चाप बढेका कारण उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?