ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राहतको पर्खाइमा भुकम्पपीडित, आएको राहत सदरमुकाममै थुप्रियो

२१ कार्तिक २०८०, मंगलवार
२१ कार्तिक २०८०, मंगलवार

सुर्खेत, २१ कात्तिक ।

जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका मिनबहादुर विकको परिवार राहतको पर्खाइमा छन् । गएको शुक्रवार आएको भुकम्पले घर चर्किएपछि उनीहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् ।

अहिले उनीहरु पुरानो त्रिपालमुनि चर्किएको घर नजिकै बारीमा बसिरहेका छन् । ‘घरबाट पुरिएका सामान निकाल्न डर लाग्ने, सामान निकाल्न पनि सकिँदैन,’ उनले भने, ‘राहत दिनेले पनि छिटो दिए हुने थियो ।’

भुकम्पले घर क्षति भएका गणेश खत्रीका परिवार पनि अहिलेसम्म त्रिपाल र अन्य राहत सामग्री पाएका छैनन् । भुकम्पले उनको घर पूरै भत्किएको छ । ‘यतिका दिन बितिसक्यो, अहिलेसम्म राहत सामग्री पाउन सकिएको छैन,’ खत्री भन्छन्, ‘बाहिरबाट गाडीमा र हेलिकप्टरमा आएको छ भन्छन् तर, हाम्रो हातमा परेको छैन ।’

यता नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतले सोमबारदेखि प्रभावित क्षेत्रमा राहत पु¥याउन थालिएको बताए । ‘हाम्रो पालिकामा ९० प्रतिशत घरका मानिस बाहिर बस्नुपर्ने अवस्था छ, आइतबारसम्म घाइतेहरूको उपचार र दाहासंस्कारमा व्यस्त भयौं,’ रावतले भने, ‘अबदेखि राहत वितरणको काममा ध्यान दिन्छौ । केही ठाउँमा त्रिपाल पठाइसकेका छौं, अरूमा पनि जाने क्रम सुरू हुन्छ ।’

उनका अनुसार अहिलेसम्म पालिकामा ७४५ त्रिपाल तथा त्यस्तै मात्रामा अरू सामान पुगेका छन् । आवश्यकता अनुसार भने सामग्री आइनपुगेको उनले बताए । आफूले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री छिटो पठाइदिन आग्रह गरेको मेयर रावतले बताए ।

यता बारेकोट गाउँपालिकाका प्रमुख विरबहादुर गिरीले राहतसँगै मनोपरामर्शको पनि जरुरी रहेको बताउँछन् । सरकारलगायत विभिन्न क्षेत्रबाट आएको राहत सामग्री भने सदरमुकाम खलंगामा थन्किएको छ । सदरमुकाममा ती राहत बुझ्ने काम प्रशासन र स्थानीय तहले गरिरहेका छन् । सदरमुकाममा थुप्रिएको राहत भने एकद्वार प्रणालीमा वितरण गर्न खोज्दा प्रभावितसम्म पुग्न सकेको छैन । यता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्राप्त राहत एकद्वार प्रणालीमार्फत वितरण गर्न खोजिएको बताए । ‘अहिले प्राप्त राहत भन्दा पनि माग धेरै छ’ उनी भन्छन्, ‘हामीले बढी प्रभावितलाई पहिला र त्यसपछि कम प्रभावितलाई क्रमशः रुपमा राहत बाँड्न लागेका छौ । यसकारण पनि जनगुनासाहरु आएका छन् ।’ उनले मृतक तथा पूर्ण रुपमा घर क्षति भएकालाई अगाडि र घर भएका तर चर्किएकालाई त्यसपछि राहत बाँड्ने काम भइरहेको बताए । उनका अनुसार २० हजार नागरिकलाई पुग्ने राहत जम्मा भएको तर, त्यसको दोब्बर माग हुनाले पनि वितरणमा समस्या भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?