ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

तुलसीपुर उपमहानगरपालिकाद्वारा प्लास्टिकजन्य पुष्प गुच्छा नियन्त्रण

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

दाङ, १६ कात्तिक ।

तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । असोज महिनामै सूचना प्रकाशित गरेर बिक्री वितरणमा रोक लगाएपनि व्यवसायीहरुले बिक्री वितरण गर्दै आएपछि पालिकाले नियन्त्रणमा ल्याएको छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बुधबार दश वटा पसलबाट प्लास्टिकका माला,गुच्छा नियन्त्रणमा ल्याएको बताइन् । उनले असोज २३ गते नै नेपाल सरकारकले वातावरण संरक्षण ऐन २०७६को दफा १५ को उपदफा (६)ले दिएको अधिकार प्रयोग गरी नियन्त्रणमा लिइएको बताइन् ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र मात्रै १५ जनाले व्यवसायीकरुपमा पुष्प व्यवसाय गर्दै आएका छन् भने संस्थागतरुपमा पढ्दै कमाउँदै अभियानअन्तर्गत मेट्रो कलेज, गोरखा मोडेल कलेज,गुरुजजुर मावि र अमर मावि उरहरीका विद्यार्थीहरुले पुष्प खेती गरेका छन् ।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका, राप्ती गाउँपालिकाले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरण नगर्न सूचना जारी गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले व्यावसायीक रुपमा पुष्प खेती गर्दै आएका व्यवसायीहरुको प्रवर्धन गर्नका लागि बजारका चार क्षेत्र बसपार्क,तुलसी मार्ट,तरकारी फलफूल बिक्री केन्द्र र अरनिको मैदान क्षेत्र निर्धारण गरेको बताउनुभयो । त्यस्तै पालिकाले पुष्प व्यवसाय प्रवर्धनका लागि डिजिटल प्रसार प्रचार, र पालिकाका कार्यक्रमहरुमा पुष्पका माला प्रयोग गर्दै आएको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्लास्टिकजन्य पुष्प गुच्छा बिक्री वितरणमा रोक लगाउनु सकारात्मक काम भएको र यसले पुष्प व्यवसायीका लागि ठुलो राहत मिलेको बताए ।

पुष्प व्यवसाय गर्दै आएका बुद्धिराज पौडेलले तुलसीपुर क्षेत्रका लागि चाडपर्वहरुमा एक सय ६० क्विन्टल पुष्पले पर्याप्त हुने बताए । यस वर्ष तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा मात्रै ६ सय क्विन्टल बढी पुष्प उत्पादन भएको छ । उनले उत्पादन गरेको पुष्प काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर,सल्यान, बुटवल, नेपालगञ्ज पठाउँदै आएको बताए ।

तिहार पर्वलाई लक्षित गर्दै पुष्प विकास केन्द्रले भारतीय सयपत्री माला आयातमा रोक लगाएपछि यस क्षेत्रका किसान उत्साहित बनेका छन् । पुष्प व्यवसायी गणेश भण्डारीले भारतीय सयपत्री आयातमा रोक लगाएपछि आफूले उत्पादन गरेको पुष्प बिक्री वितरणमा सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?