ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

शान्तिभूमि टेक्ने राष्ट्रसंघका महासचिव

१४ कार्तिक २०८०, मंगलवार
१४ कार्तिक २०८०, मंगलवार

बुटवल, १४ कार्तिक । विश्वमा शान्तीको मुहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पाईला टेक्ने संयुक्त राष्ट्रसंघका छैठौ व्यक्ति हुन एन्टोनियो गुटेरेस । यस अघिसम्म शान्तीभूमी लुम्बिनीको भ्रमण गर्ने महासचिव ५ जना थिए । नेपालले सन् १९५५ संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो । त्यतिबेला संयुक्त राष्ट्रसंघमा ड्याग ह्यामरसोल्ड महासचिव थिए । उनी राष्ट्रसंघका दोस्रो महासचिव हुन् । हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालिसकेका छन् । तीमध्ये पाँच जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

संयुक्त राष्ट्रसंघका दोेस्रा महासचिव ड्यागले सन् १९५९ मा पहिलोपटक लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनी भ्रमण गर्ने दोस्रा महासचिव हुन् ऊ थान्त । उनी सन् १९६७ मा लुम्बिनी आएका थिए। अन्य महासचिवको भन्दा ऊ थान्तको भ्रमण विशेष महत्त्वको रहेको लुम्बिनी विकास कोषका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको भ्रमणपछि लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
ड्याग ह्यामरसोल्डले पहिलो पटक १९५९ मार्च मा लुम्बिनीको भ्रमण गरेका थिए । उनले “चम्किएको जस्तै सूर्यको किरण बाँसुरी नोटहरू मा देवताहरू सम्म पुग्छ जन्म कुटी’’ भनेर लुम्बिनीको बर्णन गरेको पाईन्छ ।
यस्तै अर्का महासचिव

ऊ थान्त ले सन्, १९७६ अप्रील मा लुम्बिनी भ्रमण गर्दा “लुम्बिनी भ्रमण “मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन थियो, सन् १९६८ को शुरुवातदेखि नै नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय सङ्घसंस्थाहरूद्वारा विकासका विभिन्न चरणहरू सम्पन्न भएका छन् र यो परियोजना अहिले पर्याप्त मात्रामा तीर्थस्थल बन्न अघि स्वैच्छिक योगदानबाट आर्थिक सहयोग आवश्यक पर्ने चरणमा पुगेको छ । तीर्थयात्री र पर्यटकहरूका लागि सुविधा, यस सम्बन्धमा म नेपाल सरकारलाई उनीहरूले पहिले नै गरेका पहलहरूका लागि व्यक्तिगत रूपमा धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । साथै इच्छुक सरकार, व्यक्ति र निजी समूह दुवैले उदारता प्रदान गर्नेछन् भन्ने आशा पनि व्यक्त गर्दछु । नगद वा प्रकारको योगदान जुन मैले सबैभन्दा योग्य परियोजना हो भनेर कार्यान्वयन गर्न मद्दत गर्दछु ।’’ उल्लेख गरेका थिए ।

कर्ट वाल्डहाइम ले सन् १९८१, फेब्रअरी मा भ्रमण गर्दा ‘‘नेपाल सरकारको प्रयास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा जापानी वास्तुविद् केन्जो टांगेले गुरुयोजना बनाएका छन्, तर ती योजनालाई साकार बनाउन आवश्यक छ, यो मेरो आशा छ । तसर्थ, सरकार, निजी संस्था र व्यक्तिहरूले यो सबैभन्दा योग्यको लागि उदार योगदान गर्नेछन् उपक्रम ’’ भएको उल्लेख गरेका छन् ।

यस्तै ह्याभियर पेरिज द कोयर ले सन् १९८९ मार्च मा लुम्बिनी भ्रमण गर्दा “मानवताको सेवामा बुद्धको करुणा र समर्पणको सन्देश इतिहासको कुनै पनि समय भन्दा आज बढी सान्दर्भिक छ । शान्ति, समझ र विशुद्ध राष्ट्रिय सीमाहरू पार गर्ने दृष्टिकोण हाम्रो असुरक्षित आणविक युगको अनिवार्यता हो । संयुक्त राष्ट्र संघले गर्व गर्छ । यस परियोजनाको स्थापनाकालदेखि नै हृदयदेखि समर्थन गरेको छ । म यो अवसरलाई थप बताउन चाहन्छु कि यसले मानवताको आध्यात्मिक र सांस्कृतिक सम्पदासँग सबैभन्दा नजिकको सम्बन्ध रहेको यस उपक्रमको समर्थनमा आफ्नो भूमिका खेल्न जारी राख्नेछ ।’’ भनि लुम्बिनीलाई चित्रण गरेका थिए ।

यस्तै पछिल्ल्लो पटक बान की मुन ले सन् २००८, नोभेम्बर मा लुम्बिनी भ्रमण गर्दा “शाक्यमुनि बुद्धको जन्मस्थल, यस पवित्र स्थलको सौन्दर्य र गहिरो महत्व देखेर म छक्क परेको छु । म एक राजकुमारको जीवन यात्राबाट प्रभावित छु जसले जीवनका कठिन वास्तविकताहरूको सामना गर्न सबै सहज परिस्थितिहरू छोडेर पछि बुद्धको संस्थापक बने । संयुक्त राष्ट्र संघको महासचिवको हैसियतमा शाक्यमुनि बुद्धको जीवन, दर्शन र शिक्षाले हामीलाई विभिन्न धर्म, आस्था, संस्कृति र सम्प्रदायका मानिसहरूबीच शान्ति, सद्भाव र मेलमिलापको प्रवर्द्धन गर्न मार्गदर्शन गर्नेछ भन्ने आशा राख्दछु ।’’ भनि उल्लेख गरेका छन् । विगतमा पनि यस्ता भ्रमणले लुम्बिनीको प्रचारमा सहयोग पुगेको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) बताउँछन्। उनी भन्छन्, ‘महासचिव आउनु हाम्रा लागि गौरवको विषय हो । गुटेरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ ।’ उनले लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेकाले पनि यस्ता भ्रमणले थप टेवा पुग्ने बताए ।

यस्तो छ लुम्बिनी भ्रमणको तालिका

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा हुने भएको छ। आइतबार नेपाल आएका गुटेरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन् ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्। यसअघि लुम्बिनी आएका ५ जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन्। गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भएकाले यसको महत्त्व बढ्ने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

संयुक्त राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महŒवपूर्ण रूपमा लिइन्छ ।

लामाले प्रधानमन्त्रीको उपस्थितिमा हुने महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारमा सहयोग पुग्ने बताए । उनले लुम्बिनीको विकास र संवर्धनमा संयुक्त राष्ट्रसंघको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुने अपेक्षा गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डसँगै हुने महासचिव गुटेरेसको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश पुग्नेछ ।’

कोषले भ्रमणलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको छ । कोषका तर्फबाट सम्पूर्ण तयारी गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संंघको पहलमा सुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनः स्मरण गराइने बताए ।

महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा ८ः५० बजे लुम्बिनीमा आइपुग्ने कार्यक्रम रहेको सदस्य सचिव सानुराजा शाक्यले बताए। प्रधानमन्त्री प्रचण्ड काठमाडौँबाट लुम्बिनी आउने र महासचिव पोखराबाट गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको छ । कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारू लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

महासचिव गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित उच्च सरकारी अधिकारीहरूले स्वागत गर्नेछन् ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ । उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रुखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०ः३० बजे काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ। कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटेरेसले आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ । लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ।भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए । शनिबार राति काठमाडौँ अवतरण भएका महासचिव गुटेरेसले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका छन् । उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आइतबार रात्रिभोज आयोजना गरेका थिए । आइतबार नै गुटेरेसले पाटन दरबार क्षेत्रको भ्रमण गरे । उनी सोमबार सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?