ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

चाडपर्व लक्षित नागरिक/यात्रु सहायता कक्ष शुभारम्भ

जनचेतनामूलक पोस्टर सार्वजनिक तथा चालकलाई सम्मान
२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बुटवल, २५ असोज ।

चाडपर्वमा हुन सक्ने दुर्घटना, चोरीडकैती र लुटपाटका घटनालाई रोक्न भन्दै रुपन्देहीका विभिन्न पाँच स्थानमा नागरिक÷यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ । नेपाल—भारत सीमा बेलहियासहित रुपन्देहीका पाँच स्थानमा कक्ष विहीबार शुभारम्भ भएका हुन् ।

बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय बुटवलसहित विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा बुटवल बसपार्कमा एक कार्यक्रमको बिच कक्षको शुभारम्भसंगै जनचेतनामुलक पोस्टर सार्वजनिक र चालक सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले दुर्घटनाका कारणहरु केलाउँदा ओभरलोड, सवारी अनियन्त्रित हुने, सडक दुरुस्त नहुनु, छाडा चौपाया मुख्य भएको बताउँदै यसको न्युनीकरणमा सहयोग हुने गरी अभियानमा जोड दिएको बताए ।

नगर क्षेत्रमा हुने अधिकांश दुर्घटनामा छाडा चौपाया मुख्य कारण बनेका भन्दै गौशाला संचालन गरी ब्यवस्थापनको काम अघि बढाएको बताए । ‘शिवनगर सामुदायिक वनमा रहेको गौशालालाई संचालन गर्न केही अवरोध आएको छ’—उनले भने । शिवनगरसंगै भलुही, प्रदेशबाट संचालन भएका गौशालालाई बजेट बिनियोजन भएको भन्दै यसलाई छिट्टै काम अघि बढ्ने बताए ।

चालकहरुलाई राम्रो कामको सम्मान, लापरवाही भए कारवाहीलाई जोड दिन जरुरी रहेको उनले बताए । बुटवलको बसपार्कलाई ब्यवस्थित गर्ने गरी नगरपालिकाबाट आवश्यक पहल शुरु गरेको उनले बताए । सुरक्षित बसपार्क, क्यान्टिन, पिउने पानीको ब्यवस्थापन, शौचालय, कोशेली घर संचालनमा जोड दिएको उनले बताए । बसहरुलाई जिपिएस सिस्टम जडान गर्ने, बुटवलको पहिचान दिने गरी जितगढी किल्लाको स्टिकर तयार गरेर सवारी साधनमा टाँस्नेजस्ता पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई जोड दिनुपर्ने बताए । शिवनगरमा २५ विगाहामा बृहत् बसपार्क निर्माण गरिने र हालको बसपार्कलाई सिटि बसपार्कका रुपमा ब्यवस्थित गर्ने उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पद्धति बसाउने भूमिका र दायित्व हामी आफैको भएको भन्दै फेसनका रुपमा सहायता कक्षलाई हेर्नुभन्दा पनि बृहत् रुपमा लिनुपर्ने बताए । ‘आजबाट पाँच ठाउँमा सहायता कक्ष शुभारम्भ गरिएको छ’—उनले भने । सहायता कक्षलाई निरन्तरता दिन र सडक सुरक्षा रोक्न सचेतना जगाउन जरुरी रहेको उनले बताए । बेलहियामा समेत सहायता कक्षमा यात्रुले भोग्ने र बसपार्क यात्रुले भोग्ने निरन्तर अनुगमनलाई जोड दिने बताए । सहायता कक्ष संचालनसंगै सुचना दिनु उपलब्ध गराउनु अर्को मुख्य दायित्व हुन्छ । भौतिक मात्र नभई मनोबैज्ञानिक सुरक्षा दिनसक्ने वातावरण दिन उनले सुझाव दिए । सुरक्षा निकायबाट समाजमा हुने अवाञ्छित गतिविधिहरुलाई निर्ममतापुर्वक कार्यान्वयनमा जोड दिन निर्देशन दिए ।

नियमित चालक, यात्रुहरुको स्वस्थ्य परीक्षण, आवश्यक सहयोग र सूचना उपलब्ध गराउने उनले बताए । तथ्यांकलाई केलाउँदा मानिसको मृत्युको चौथो कारण सडक दुर्घटना हो । चालकको लापरवाहीको कारण ५० प्रतिशत दुर्घटना हुने हुँदा यो न्युनीकरण अर्को लक्ष्य रहेको उनले बताए । यात्रा सम्बन्धी कुनै पनि गुनासो वा उजुरी आएमा त्यसको तत्काल कार्यान्वन हुने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले दुर्घटना न्युनीकरणको कारण खोजी गर्ने र न्युनीकरणमा जोड दिएको बताए । छाडा चौपाया प्रमुख समस्या रहेको उनले बताए । ईरिक्साको ब्यवस्थापन, पार्किङ समेत गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर अघि बढेको उनले बताए । श्रोतसाधनको कमी, जनशक्ति अभाव जस्ता समस्यालाई प्रदेश सरकार समक्ष अवगत गराएको भन्दै न्यून जनशक्तिको बेला समेत प्रत्येक वर्ष १० प्रतिशत दुर्घटनाको दर घटेको उनले दाबी गरे ।

कार्यक्रममा पश्चिम नेपाल ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले नागरिक सहायता कक्ष स्थापनामा सरकारी निकायको चासो सकारात्मक भएको बताए । चाडपर्वमा अधिकांश समयमा हुने गरेको घटनाहरुलाई बुझ्ने, सहायता दिने गरी स्थापना गरिएको भन्दै यसलाई प्रभावकारी बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए । छाडाचौपायाका कारण दैनिक २ वटा दुर्घटना भएको उनले दाबी गर्दै यसको ब्यवस्थापन स्थानिय सरकारबाट गर्न सुझाव दिए । यातायात ब्यवसाय नाफालाई मात्र जोड नदिई सामाजिक सेवामा समेत जोड दिएको उनले बताए । सबैको सहकार्य हुन सकेमात्र समृद्धि र सुसासन प्राप्त हुने उनले बताए ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले स्वतस्फूर्त रुपमा संगठित भएर दुर्घटना न्युनीकरण अभियान शुरु गरेको बताए । चालक, सहचालक र हेल्परलाई ब्यवहारिक ज्ञानका कुरा प्राथमिकतामा राखेर कानुनको विषय बुझाउँदै आएको उनले बताए । आफ्नो कर्तब्य र पेशालाई मर्यादित बनाउने गरी सरोकारवालाहरु लाग्नुपर्ने उनले सुझाव दिए । यातायात मजदुरहरुलाई प्रशिक्षणहरुमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले चाडपर्व लक्षित भन्दा पनि निरन्तर रुपमा कार्यक्रम गर्दै आएको बताए । मजदुरलाई हेर्ने दृष्टिकोण र ब्यवहारलाई फेर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, सहायक सिडियो रामचन्द्र अर्याल, प्रहरी निरीक्षक शोभा पाण्डेले स्वस्थ्य परीक्षण, चाडपर्व बढ्ने दुर्घटनालाई कम गर्न राखिएको डेक्सको महत्व रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?