ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

तनावग्रस्त बालसुधार गृह बिस्तारै शान्त हुँदै

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

नेपालगञ्ज ५ असोज ।

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको पश्चिमकै ठुलो रहेको जयेन्दु बालसुधार गह बिहीबार रातिदेखि शुक्रबार तनावग्रस्त बन्यो । कारागारमा रहेका दुइ समूहबिच एक आपसमा झगडाले उग्र रुप लियो । झडपमा परी रुपन्देहीका रुपन्देहीका सुलभ केसीको झडपमा परेर मृत्यु भयो ।

२० वर्षीय युवाको मृत्यु भयो भने १० जना घाइते भएका छन् । अहिले नेपालगन्ज नर्सिङ होममा १० जनाको उपचार भइरहेको छ । जसमा चार जनाको अवस्था गम्भीर छ । यो भन्दा एक महिना अगाडि सुधार गृहमा आगलागीको घटना भएको थियो । दुई समूहबिच झडप हुँदा आगलागी गरेका थिए । मर्यादाक्रममा एक अर्कालाई सम्मन गर्नुपर्ने भन्दै दुबै समूह भिडन्तमा उत्रिएका हुन् ।

बाँकेको बालसुधार गृहबाट झडपकै क्रममा फरार भएका २५ जना बाल कैदीबन्दीलाई सुरक्षाफौजले नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यान्ह सम्म तनावग्रस्त बनेको बालसुधार गृहको माहोल शान्त बनेको छ । सुरक्षाफौजको अथक प्रयास पछि त्यहाँको अवस्था शान्त भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

बर्दियाबाट छोरा भेट्न आएका तिर्थ तिमिल्सेनाले घटनाको सुइको पाएपछि छोरालाई भेट्न आएको बताए । “सुुधारकेन्द्र आफै असुरक्षित छ । यहाँ बस्ने बालकहरु कसरी सुरक्षित रहलान् भन्ने चिन्ता छ”– उनले भने, “एउटै उमेर समूहलाई उमेर अनुसार अलग अलग बस्ने ब्यबस्था गराउनु पर्छ ।”

उनी मात्र होइन् अधिकाशं बालगृहमा रहेका बालकहरुका अभिभाभवकहरु सुधार गृहमा पुगेका थिए । १६ बर्षीय छोरोलाई खानेकुरा बोकेर सुधारगृहमा भेट्न आएकी बाँकेकी निर्मला कठायतले सुधारगृहमा छोरा राख्न जोखिम भएको बताइन् । “नबिग्रिएका बच्चाहरु संगतले बिग्रिने भए । कुनै सुरक्षा छैन”–उनले भनिन् । दुइ समूहबिच बिहीबार झडप हुँदा अर्काे समूहले टाउकोमा प्रहार गरेपछि उनको मृत्यु भएको हो ।

सो गृहमा दुइ सय ५४ जना छन् । जसमा जबरजस्ती करणी जस्ता अपराधमा ११७ जना छन् । कर्तब्य ज्यान मुद्दामा २७ जना छन् । अपराधमा संलग्न बालकहरुलाई सुधार्नका लागि सञ्चालनमा आएको सो बालगृहमा अहिले १६ देखि १८ बर्ष सम्मका एकसय ७३ जना छन् भने १८ बर्ष पूरा भएका ४३ जना छन् । १४ बर्ष मुनिका १४ जना छन् । अधिकाँश
बालकहरु सबै कर्तब्य ज्यान, जबरजस्ती करणी जस्ता अपराधमा संलग्नहरु छन् । बालबिज्याई (अपराध) गर्नेलाई कारागारमा राख्दा झन् बिग्रिन्छन् भने मान्यताका आधारमा त्यस्ता बालबालिकालाई बालसुधार गृहमा राखिन्छ ।

सुधार गृहमा पटक पटक आपराधिक घटना भइरहेका छन् । सुरक्षा बलियो नहुँदा बालगृहबाट बालबालिका भाग्ने क्रम पनि हुँदै आएको छ । सुधारगृह सुविधाका हिसाबले अब्बल छ । खेलकुददेखि पढाई नियमित रुपले हँुदै आएको छ । सुधारगृहमा संघसंस्थाको लगानी पनि देखिन्छ । तर बाल सुधारगृहमा बस्ने बालकहरुमा डर र अनुशासनको कमीका कारण बालसुधार गृहमा आपराधिक क्रियाकलाप बढेको देखिएको छ । स्वास्थ्य समस्या भएका उपचार गराउने आफ्नै चिकित्सक छैनन् । “सबैकुराको सुविधा छ । पोशाक बिनाको प्रहरी भएकाले पनि उनीहरुमा डर नै भएन, जे गरेपनि कसैले केही गर्दैन भन्ने कुराले मनोबल बढायो”– सुधारगृहकी इन्चार्ज काउचाले भनिन्, “नयाँ संरचना बनेपछि बस्ने ठाउँ प्रयाप्त भएको छ । तर उमेर पुगेका र नपुगेका बालकहरु एकै ठाउँमा राख्दा चुनौती छ । सुरक्षा बलियो छ, तर प्रहरी पोशाकमा छैन, हतियार देखाउन पाइदैन । पिटने कुरा भएन । डर भन्ने चिज नै रहेन ।” बाल सुधार गृहको ब्यवस्थापनको जिम्मा युनिसेफ नामक गैरसरकारी संस्थाले लिएको छ भने सुरक्षाको जिम्मामा नेपाल प्रहरी खटिने गरेको छ ।

त्यहाँ १६ जना प्रहरी सादा पोशाकमा कार्यरत छन् । सुधारगृह प्रशासनले कारागारमा राख्न अनुरोध गर्दा पनि मानवअधिकार पक्ष देखाएर उनीहरुलाई सुधारगृहमा राखिदै आइएको थियो । मानवअधिकारको हिसाबले बालमैत्रीपूर्ण ब्यवहार नै उनीहरुका लागि घातक हँुदै गएको देखिएको छ । कानुन ब्यवसायी वसन्त गौतमका अनुसार बालअधिकार ऐनमै १८ वर्षमुनिको उमेरमा अपराध गरेका बालकहरुलाई उमेर पुगेपनि कारागार नपठाउने ब्यवस्था रहेको छ । “सुधारगृह भन्नु नै सुधार गर्ने ठाउँ हो । बिगतमा कानुनले नगर्नु भन्ने काम गरेका बालकहरुलाई सुधार्ने प्रयास हो”– बालअधिकारकर्मी सिद्धराज पनेरुले भने, “यस्ता बालकहरुलाई दीर्घकालीनरुपमा सुधार्नका लागि राज्यले लगानी गर्नु आवश्यक छ ।”

स्थानीय जेके सिंहले साढे चार बिघा जग्गा दिएपछि सरकारले नै विभिन्न चरणमा बालसुधार गृहको भवन निर्माण गरिदिएको थियो ।

२०७५ भदौ महिनादेखि युनिसेफ नाम गरेको गैरसरकारी संस्थाले बालसुधार गृह व्यवस्थापनको जिम्मा लियो । केन्द्रीय कारागार विभागले अन्य कैदी जस्तै खानको लागि बजेट पठाउने भए पनि सम्पूर्ण सन्चालन भने उक्त गैरसरकारी संस्थाले नै गर्दै आएको छ । बालसुधार गृह सन्चालन भए पनि सरकारलाई हस्तान्तरण भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?