ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

दूधको पनि दैनिक तस्करी

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

बाँके, १५ भदौ ।

लत्ता कपडा र खाद्यान्न्न भारतबाट तस्करी भएर नेपाल भित्रिन्छ भन्ने त सबैले देखे सुनेकै हो । तर बाँके र बर्दिया जस्तो सीमावर्ती जिल्लामा दुधको समेत दैनिक तस्करी हुने गरेको छ । चोरीपैठारी नियन्त्रण गर्न बसेका निकायको लाचरीका कारण भित्रिएको भारतीय दुधका कारण यहा“का कृषकले उत्पादन गरेको दुध विक्री नभएर ‘मिल्क होलीडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दिपकराज भण्डारीले बताए ।

अध्यक्ष भण्डारीका अनुसार, भारतीय दुधको तस्करीमा संगठित गिरोह नै सक्रिय छ । सीमापवर्ती भारतीय गाउँमा ठेकेदारहरुले जम्मा गरेको दुध भएका बिहानै भारतीय मोटरलाईकल र साईकलमा क्यारिङ्ग गर्नेहरुले नाका कटाएर नेपालका सीमापर्ती गाउँमा ल्याइपुर्याउँछन् । त्यसरी भित्रिएको दुध नेपाली दुधका बिक्रेताहरुले नेपाली दुधमा मिसाएर बजार पठाउँछन् ।

उक्तदुग्धको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसंग सूचना माग गर्दा कुनै अधिकारिक तथ्याङ्क नभएको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष भण्डारीले जानकारी दिए ।

‘भारतबाट सरदर दैनिक ६ हजारदेखि ८००० लिटर दुध भित्रिने गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाकेको अध्ययनले देखाएको छ ।’ भण्डारीले भने,–‘उक्त अध्ययन अनुसार बाँके जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दुध बाँकेमा आएको छ ।’ यसरी जम्मा ३७ हजार लिटरदुध दैनिक बा“केमा आउने गरेको देखिन्छ ।

बाँकेमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनले देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बाँकेबाट अन्य जिल्लामा पठाएको छ । ‘यसरी दैनिक ८ हजार हजार लिटर दुग्ध बाँकेमा बढी भएको देखिन्छ । यो बढी भएको दुधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा बाँकेका किसानहरुले उत्पादन गरेको दुध विक्री हुन नसकेर मिल्क होलिडे भएको छ ।’

अन्य सामान जस्तै क्यारिङ्ग गरेर सीमावर्ती गाउँमा दुध भित्रिन्छ । त्यसरी भित्रिएको दुध नेपाली दुग्ध विक्रेताले नै नेपाली दुधसंग मिसाउँछन् अनि त्यो दुध बजारसम्म आइपुग्छ । कतिपय क्यारिङ्ग गर्नेले मिठाई पसलदेखि घरसम्म अवैध दुध ल्याइदिने गरेको पाइन्छ ।

भारतीय अवैध दुधबाट वाक्क दिक्क बनेका व्यवसायीहरुले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यको लागि गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ खानु पर्ने भएपनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दुधको बिक्री वितरण भैरहेको उल्लेख छ । मापदण्ड पुरा गरी गुणस्तरीय र वैधानिक रूपमा दुग्ध पदार्थ बिक्री वितरण गर्ने व्यवसायीलाई मर्का परेको देखिन्छ जसले गर्दा नेपाली कृषकहरुले उत्पादन बजार नपाएर मिल्क होलिडे भइरहेकोप्रति ध्यानार्कषण गराइएको छ ।

खुल्ला सिमाना भएका कारण भारत तर्फबाट अवैध रुपमा सहजै आयात हुने खुल्ला दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरीता जांच नभई आयात भई विक्री वितरण कार्यले गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् भइरहेको उल्लेख छ ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा बिक्री वितरण भै रहेको दुध र दुग्धजन्य पदार्थले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिन मद्दत पुर्याएको बताउँदै व्यवसायीहरुले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।

भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकल मार्फत विक्री वितरण गरिएको दूध र दुग्धजन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान नदिएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रुपले नेपालमा आउने गरेकोले सम्बन्धित निकायसँग यसलाई रोक्न माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?