© २०२३
नवलपरासी, ११ भदौ । रूपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी किनारमा बुद्धपार्क बनाउने योजना अगाडि सारेको छ । प्राचिन सभ्यता बोकेको रोहिणी नदी बौद्ध सभ्यतासँग जोडिएको नदी हो । रोहिणी नदीको नामबाट पालिकाको नाम नामाकरण भएको थियो । रोहिणी नदीको तत्कालिन कोलिय र शाक्य राज्यका जनताले बाँडफाँड गर्ने बेला विवाद भई युद्ध हुने अवस्थासम्म पुग्न थाले पछि श्रावस्तीको जेतवन विहारमा रहेका भगवान बुद्ध विवाद सुल्झाउन आएको इतिहास भेटिन्छ । उक्त स्थानलाई पार्कको स्वरूप दिने गरि योजना अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
बौद्धकालिन प्राचिन शाक्य राजाहरूको कपिलबस्तु राज्य र कोलिय राजाहरूको कोलिय गणराज्यको सीमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उद्देश्यले रोहिणी गाउँपालिकाले उक्त कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष विद्या यादवले बताए । रोहिणी बौद्धकालिन प्राचिन इतिहास बोकेको स्थान हो, उनले भने, त्यही प्राचिनतालाई झल्काउने उद्देश्यले यो गाउँपालिकाको नाम पनि रोहिणी राखिएको छ । रोहिणी नदी किनारमा रहेको यो गाउँपालिकाले नै जिम्मेवारी बोध गर्दै प्राचिन रोहिणी सभ्यताको पनि खोजी गर्दै छ ।
त्यसका लागि बौद्ध अध्ययेताहरूलाई लगाइएको उनले सुनाए । अहिले तत्कालन भैरहवा —भुमही राजमार्गमा पर्ने रोहिणी नदीको पुल देखि दक्षिणमा रहेको वृक्षरोपण क्षेत्रलाई रोहिणी सभ्यता बुद्धपार्कको रूपमा विकास गर्ने गरि नगरपालिकाले योजना बनाएको उनले बताए । सो क्षेत्रलाई पार्कको रूपमा बिकास गर्नेछौ , उनले भने, रोहिणी नदी किनारमा कोलिय र शाक्यहरू भेला हुने स्थानको पनि ब्यवस्थान गरिने छ । सो राजमार्गमा हिँड्ने यात्रु र पर्यटकलाई समेत केही समय विश्राम गर्ने गरि उक्त पार्कको विकास गरिने उनको भनाइ थियो । पार्कको होर्डिड्ड बोर्ड केही दिन भित्रै राख्छौ, उनले थपे, तत्पश्चात सो क्षेत्रमा पार्क विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ । डिपिआर अनुसारका कार्य निरन्तर गर्दै जाने र त्यसमा विभिन्न दातृनिकाय, बौद्ध अध्ययेतालाई समेत समेट्दै अगाडि बढ्ने योजना उनले सुनाए ।
गत बर्ष रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउँपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरूलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरू पनि उल्लेख भएको भईन्छ । विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पाउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो । जहाँ भगवान बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् ।
रोहिणी प्राचिन सम्पदा हो,यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । अहिले त्यसै प्राचिनताको आधारमा गाउपालिकाको नामाकरण हुदा त्यसको संरक्षण,प्रवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि गाउपालिकाकै हो । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रूपमा विकास गर्न आवश्यक छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरूको प्राचिन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए । पानीका कारण नदी छेउमा हुन थालेको विवाद सुनेर भगवान बुद्धले बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मुल्यमा कस्को मुल्य बढि छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुबै देशका जनताले पानी भन्दा रगतको मुल्य बढि छ भनेर जवाफ दिएका थिए ।
त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुबै देशका जनताले भगवान बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान बुद्धको एक शब्दले शान्तिमा परिणत भयो । शाक्य र कोलिय राज्यका जनता दुबैले अहंकार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढछ । शान्ति पुर्ण तरिकाले दुबै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे । भगवान बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिवद्धता जनाएका थिए । भगवान बुद्धले अन्य क्षेत्रमा पनि द्धन्द्धको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्धन्द्ध र विवाद समेत मिलाउने गरेका थिए ।
उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाँक्य राज्यका बढापाखाहरूले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने,माटो राख्ने क्रम जोडदै बाँधको निर्माण हुन्छ । त्यसै गरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ । एक आपसको सदभाव प्रकट गरिएको रोहिणी नदी प्राचिन कालमा उदाहरणिय स्थान हो । सोही स्थानको खोज आज आवश्यक छ ,विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ति स्थान बुद्धको जन्म स्थल हो,प्रमुख प्रशासकिय अधिकृत गौतमले भने,तर बास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो । जहाँबाट शान्तिको सन्देश विश्व भरिका लागि उदाहरणिय बन्न सक्छ । त्यसैले अहिले तत्काल रोहिणी नदि किनारमै रोहिणी सभ्यता बुद्ध पार्कको शुभारम्भ गर्न गाउनपालिका अगाडी सरेको छ । तर सहयोग सबै क्षेत्रबाट हुन आवश्यक रहेको उनले सुनाए ।