ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सुस्ताले बनायो भूउपयोग बर्गीकरण सहितको प्रतिवेदन

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

नवलपरासी, २२ साउन ।  जिल्लाको सुस्ता गाउँपालिकाले गाउँपालिका भरिका जग्गाहरूको कित्ता नम्बर नै तोकेर भू–बर्गीकरण गर्ने कार्य सम्पन्न गरि नापी कार्यालयलाई बुझाएको छ । भु बर्गिकरण नभएका कारण जग्गाको खरिद बिक्री गर्दा कित्ताकाट गर्नु पर्ने अवस्थामा कित्ताकाट रोकिने समस्या अन्य पालिकाको भए पनि सुस्ता गाउँपालिकाले सो बर्गिकरण कार्य सम्पन्न गरि बुझाएपछि अहिले सुस्ता गाउँपालिकाका नागरिकलाई सहज भएको हो ।

अन्य केही नगरपालिका र गाउँपालिकाहरूले भु बर्गिकरण गर्दा सडक किनारमा आवास र बाँकी खेतीयोग्य जग्गा भन्दै झारो टार्ने गरि बर्गिकरण पठाए छन् । जस्ले गर्दा बेला बेला ती जग्गाका अवस्था वडाबाट प्रमाणित गराई ल्याउनु पर्ने बाध्यता अहिले पनि कायम नै रहेको छ । तर सुस्ताले गाउँपालिका भरि रहेका जग्गाको कित्ता नम्बर उल्लेख गरि कुन कित्ता नम्बरको जग्गा के हो ? समेत उल्लेख गरि भू बर्गीकरण पठाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । जग्गा बर्गिकरण गर्ने कार्य केही समय ढिलो भयो, उनले भने, तर अहिले कित्ता नम्बर नै उल्लेख गरि जग्गाको बर्गिकरण गरि पठाइएको छ । यसले यहाँका नागरिकलाई कित्ता काट गराउन अब समस्या झेल्नुपर्ने अवस्था नहोला । भए वडा कार्यालय र अमिन खटाएर यहिँबाट समस्या समाधान गरि पठाइने छ । भू–वर्गिकरणले गाउपालिकालाई पनि भुमिकर उठाउन सहज भएको छ ।

अन्य क्षेत्रमा जग्गाको संरक्षण, औद्योगिक तथा बजार क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नेमा सहयोगी देखिएको उनको भनाइ थियो । तयार गरिएको प्रतिवेदन अनुसार कुल भूभागमा सबै भन्दा बढि कृषि क्षेत्र रहेको छ । अद्यावधिक गरिएको नक्सा बमोजिम स्थानीय भू–उपयोग परिषदबाट तयार गरिएको मापदण्ड बमोजिम भूउपयोग नक्सा बर्गिकरणमा कृषि क्षेत्रमा ४०.४ प्रतिसत जग्गा रहेको छ । त्यसपछि नदी, ताल तलैयामा १८.३ प्रतिशत र बनजंगल १८ प्रतिशत र आवास क्षेत्र १३.७ प्रतिशत रहेको छ । सार्वजनिक उपयोगको क्षेत्र र औद्योगिक क्षेत्रमा क्रमशः ७०% र १.५% जमिन बर्गिकरण अन्य क्षेत्रमा नगन्य रहेको छ ।

जबकी नापी विभागले उपलब्ध गराएको साविकको भू उपयोग क्षेत्र नक्सा बमोजिम कृषि क्षेत्र ५४.५%, आवास क्षेत्र ३.१% जंगल क्षेत्र २१.५% तथा औद्योगिक क्षेत्र १ प्रतिसत देखाइएको थियो । यसरी गाउँपालिकाले आफैले मापदण्डको आधारमा स्थलगत गई भूउपयोग लगत तयार गर्दा अनुमान भन्दा यथार्थ फरक पाइएको छ । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ बमोजिम संघबाट तयार गरी हस्तानान्तरण गरिएको नक्सा र डाटा स्थानिय तहले अद्यावधिक गरी लागु गर्नु पर्ने कानुनी ब्यवस्था अनुसार नै भु उपयोग कार्यान्वनबाट भूमिको बर्गिकरण, समुचित उपयोग र दिगो लाभ हासिल गर्न कृषि भूमिको उपयोग गर्न, स्वच्छ सुन्दर, सुबिधा सम्पन्न बस्ती विकास र दिगो योजनाबद्ध सहरीकरण गर्न, कित्तामा आधारित भूमि लगत तयार गर्न र जग्गाको न्यूनतम मूल्यांकन र प्रगतिशील करको प्रणाली निर्धारण गर्न सहयोग पुग्ने देखिएको छ ।

तयार गरिएको नक्सा र कित्तागत विवरण कार्यान्वयन गरी कृषि कार्य गर्नेलाई सहुलियत प्रदान गर्न र उपयोगमा आधारित कर प्रणाली निर्धारण गर्न समेत उपयुतm भएको छ । भु उपयोग प्रतिवेदन तयार भए पछि कुन भूमि कहाँ ? कस्तो अवस्थामा रहेकोबारे गाउँपालिकामा प्रष्ट विवरण हुने भए पछि विभिन्न प्रयोजनले यस गाँउपालिकामा कृषि,उद्योग,बन उद्यम,सिमसार विकास क्षेत्रमा काम गर्न र प्रोत्सोहित गर्ने गाउँपालिका सहित लुम्बिनी प्रदेश सरकार, संघीय सरकार तथा अन्य आयोजना र परियोजना अन्तर्गत काम गर्न समेत सघाउन सक्ने अवस्था भएको उनको भनाई थियो । कुल ५ वटा वार्डमा विभाजित सुस्ता गाउँपालिकाको कुल क्षेत्रफल ९६.५१ बर्गकिलो मिटर रहेको छ । भारतको विहार प्रदेश र उत्तरप्रदेशसँग सिमाना जोडिएको गाउपालिका हो । चुरे पहाड देखी दशगजासम्म फैलिएको र पुर्वि सिमामा नारायणी गण्डक नदी रहेको छ, भने पश्चिममा प्रतापपुर गाउपालिका उत्तरमा विनयीत्रिवेणी गाउँपालिका र दक्षिण पूर्वमा भारत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?