ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

सावधानी नअपनाउँदा डुबेर ज्यान गुमाउने बढ्दै

१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

दाङ, १० साउन ।

गत वर्ष साउन २० गते अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको ज्यान गयो । साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको हो ।

गएको असार १९ गते बबई गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय सीताराम खत्रीको नुहाउने क्रममा बबई नदीमा डुबेर ज्यान गयो । पानीको गहिराई र बहाव थाहा नपाउँदा खत्रीले अकालमा ज्यान गुमाउनु परेको प्रहरीले निस्कर्ष निकालेको थियो ।

घोराही ९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो ।

दाङमा पछिल्लो पाँच वर्षमा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या अत्यधिक रहेको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या २ सय २८ रहेको छ । जसमा १ सय ७४ पुरुष र ५४ जना महिला रहेका छन् । पानीमा डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तर्गतका रहेका छन् । तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१ जना, तुलसीपुरका ४५ जना, लमहीका ३१ जना, राप्तीका २२ जना, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी, बबईका ९ जना, दंगीशरणका ८ जना, शान्तिनगर र राजपुरका समान ५–५ जना, बंगलाचुलीका ३ जना तथा जिल्ला बाहिरका १६ जना गरी कुल २ सय २८ जना व्यक्तिको पानीमा डुबेरै मृत्यु भएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ६३ जनाको, आर्थिक वर्ष २०७७–०७८ मा ५५ जनाको, आर्थिक वर्ष २०७६–०७७ मा ३७ जनाको र आर्थिक वर्ष २०७५–०७६ मा २९ जनाको पानीमा डुबेर मृत्यु भएको तथ्यांक छ । पानीमा डुबेर ज्यान गुमाउनेहरुमा २० वर्ष मुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षका वृद्धसम्म रहेका जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले पानीमा डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको बताइएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश पानीमा डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ’ उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाको समयमा सावधानी नअपनाउँदा पनि पानीले बगाएर वा डुबेर मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाहरुले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उनले भने, ‘पानीमा डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।’ खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?