© २०२३
बुटवल,१८ असार । आज गुरु पूर्णिमा पर्व गुरुहरुप्रति सम्मान प्रकट गरेर मनाइदैछ । असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गुरु पूर्णिमा मनाउने गरिन्छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।
आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।
संस्कृतमा गु को अर्थ अन्धकार र रु को अर्थ प्रकाश हुन्छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । विशेषगरी आज शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रम गरी गुरुको महत्व दर्शाउने र उनीहरुलाई सम्मान गर्ने कार्यक्रम औपचारिक र अनौपचारिकरुपमा हुने गर्छन् । गुरु पूर्णिमाकै अवसरमा तनहुंको ब्यास नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ ।