ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

प्रत्यारोपणको माग थेग्न विकेन्द्रीकरणमा जोड

देशभर वर्षको ३ हजार जनाको प्रत्यारोपण माग छ । जबकी केन्द्रको क्षमता भने २ सय प्रतिवर्ष मात्र हुने गर्छ ।
१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार ।

सामान्य सावधानी अपनाउन चुक्दा दीर्घरोगीको संख्या बढ्दो छ । खानपान र जीवनशैलीमा ध्यान नदिंदा प्रत्येक दिन बिरामीको चाप बढेको हो । मानिसहरु आफ्नो शरीरमा रक्तचाप, मधुमेहको सही नियन्त्रणमा ध्यान नदिनेको गरेको तथ्याकले पुष्टि गर्दछ । यसैको उपज दीर्घरोगहरु मृगौला, कलेजो, क्यान्सर हुने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

नेपालमा अंग प्रत्यारोपणको कुनै बेला सेवा नहँुदा उनी विदेशमा गएर अध्ययन गरे । मृगौला फेल भएका ९० प्रतिशत मानिस ३ महिनामा नेपालमा मर्छन् भनेर डब्लुएचओले २००८ मा निकालेको प्रतिवेदनबाट निकै गम्भीर भएको उनी बताउछन । नेपालमा नै यो सेवा चलाउनुपर्छ भनेर उनी ६ वर्ष प्रत्यारोपणको तालिम लिन बेलायतमा लिन गए । एक जना मृगौला खराब भएको बिरामीले ५० हजार मासिक डाइलोसिसमा खर्च गर्नुपर्ने त्यो बेलाको बाध्यत्मक अवस्था उनको मानसपटलमा अहिले पनि छ । ‘धेरै संघर्ष गर्नुपर्यो’—डा. श्रेष्ठले भने । दक्ष प्राविधिकसंगै धेरै कानुनी जटिलताहरुलाई सच्याउन धेरै समय लागेको उनले बताए ।

महगो शुल्क तिरेर डाइलासिसबाट आशिक हुँदै पुर्णरुपमा निःशुल्क डाइलोसिस सेवा नेपालमा सम्भव भएको उनले बताए । निःशुल्क डाइलोसिसको अभियानसंगै प्रत्यारोपणमा बिशेष ज्ञान दिने काम भयो । यसमा बिरामीहरुको सोच अघि बढाउन प्रत्यारोपण २०७३ सालदेखि पुर्णरुपमा सरकारबाट निःशुल्क घोषणा भयो ।

‘प्रत्यारोपणको बिकल्प डाइलोसिस होईन’— उनले भने । प्रत्यारोपण गरेकाहरुको जीवन बढ्छ । एक मुठी पानीले बिरामीको सास बढ्ने र कठिन हुन्छ । नेपाल सरकारले डाइलासिस निःशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्चबाट प्रत्यारोपण गर्न सकिन्छ । पाँच लाखमा मृगौला प्रत्यारोपणमा खर्च हुन्छ जुन निःशुल्क रहेको छ । डाइलोसिसमा हुने खर्च वा उपचार प्रविधिहरुमा हुने खर्च रोक्न सके यो लगानी देशलाई समृद्ध बनाउनतर्फ लगाउन सकिन्छ । नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उनले दाबी गरे । स्वस्थ मानिसले अंगदान गर्न सक्छ । एउटा परिवारभित्रको सदस्यले अंग दान गर्ने व्यवस्था रहेको थियो तर अहिले यसको दायरा बढाईएको छ । जुन संसदमा आठ वर्षदेखि पहल गरेर कानुन बनाउन सफल भएको उनले बताए ।

आफन्तहरुको ५२ जना नाताबाट प्रत्यारोपण गर्न सकिने प्रावधान छ । देशभर प्रत्येक वर्ष मृगौला प्रत्यारोपणको माग ३ हजार जनाको आउने गर्छ । जबकी केन्द्रमा भने हप्ताको ४ जनाको गरी वर्षको २ सय जनाको प्रत्यारोपण क्षमता छ । ‘अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ’— उनले भने । अहिले पोखरा, सुर्खेत र धनगढीमा प्रत्यारोपणको सेवा छ भने हेटौडा र विरगंजमा सुरु गर्ने तयारी गरिहेको उनले बताए ।

अब बुटवलमा पनि शुरुवात जरुरी रहेको उनले बताए । प्रत्यारोपणको तथ्याक हेर्दा सबैभन्दा धेरै ३ नम्बर प्रदेश र दोस्रो नम्बरमा १ नम्बर प्रदेशमा रहेको डा. श्रेष्ठको भनाई छ । नेपालमा भएकामध्ये मृगौला प्रत्यारोपण गर्दा ५० जोडीहरुबीच म्याचिङ एक्सचेन्ज भएको उनले बताए । विदेशीको सहयोगमा कलेजो प्रत्यारोपण समेत गर्दै छ । जुन बढीमा १५ लाख खर्च हुने गर्छ । अंग दान गर्नेमा ८० प्रतिशत महिला छन् भने लिनेमा भने पुरुषको संख्या ७० प्रतिशत छ । यसरी हेर्दा अंगदाताहरुमा पुरुषहरु कम र महिलाहरु बढी छन ।

मस्तिष्क मृत्यु पश्चातको अंगदानबारे सचेतना जरुरी

मस्तिष्क मृत्युपश्चात अंगदानबारे आम मानिसहरुमा चेतना अभाव हँुदा दाताको संख्या बढ्न नसकेको कार्यक्रममा बक्ताहरुले दाबी गरेका छन । एउटा दाताको स्वस्थ्यको बारेमा ग्यारेन्टी, कानुनी , प्राविधिक जटिलता कम गरेर प्रत्यारोपणलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरुले जोड दिए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वस्थ्य मन्त्रालयको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालि र नेपाली हेल्थले शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्यु पश्चातको अंगदानमा सम्बन्धी कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तत्र्रिmया कार्यक्रममा एक जना मस्तिष्क मृत्युपश्चात आठ वटा अंग अन्य मानिसलाई उपयोग हुन सक्ने हुदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने सुझाव दिए ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ठुलो जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताए । ‘हामी बिस्तारै अभियान देशब्यापी गराउछौ’— उनले भने । छोटोसमयमा एक हजार जनाको प्रत्यारोपण सम्पन्न गर्न सफल भएको दाबी गरे । नेपालमा प्रत्येक वर्षको १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने सम्भावना छ । नेपालमा निकै थोरैले मात्र यसको प्रत्यारोपणमा उपयोग भएको छ । ‘एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाको जीवन दान दिनसक्छ’—उनले भने ।

केन्द्रकी सिनियर कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाइ बुझाउन धेरै कठिनाई देखिएको बताए । अंग दान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको उनले बताइन् । जबकी २ वर्षसम्म अंग प्रत्यारोपण गरेको ब्यक्तिको परिक्षण निःशुल्क गरिएको उनले जानकारी दिइन् । मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको छ । यो मापदण्ड अनुसार नै वितरण गरिन्छ । जसमा प्राविधिक म्याचिङ भएको प्राथमिकता बढी छ ।

लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्यको विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । नीतिगत समस्यालाई समाधान गरेर सेवा बिस्तारमा सरकारी अस्पतालहरुको ध्यान जानुपर्ने उनले बताए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट स्वस्थ्यको क्षेत्रमा अभियान थाल्न जरुरी रहेको बताए । आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमा क्यान्सर, न्युरोसर्जन सेवा सुरु गर्न छलफल चलाएको उनले बताए । हाल ९ वटा रोगहरुमा स्थानीय पालिकाले सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ दिपेश श्रेष्ठ, डा शक्ति बस्नेत, नेपाली हेल्थ अनलाईनका सम्पादक रामप्रसाद न्यौपानेलगायतले समाजमा प्रत्यारोपणको बारेमा सचेतना जगाउने, प्रत्यारोपण खेलकुद गतिविधि चलाउँदै आएको बताए । देशभरमा ७७ वटा स्थानमा डायलोसिस सेवा रहेको छ । केन्द्रबाट ३ सय ५० जना नर्स र चिकित्सकहरुलाई तालिम दिईएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?