ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

कालिमाटी गाउँपालिकाको गाउँसभामा संसदीय अभ्यासको झल्को

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

सल्यान,  असार   सल्यानको कालिमाटी गाउँपालिकाले संसदीय अभ्यास गर्दै १४ औँ गाउँसभा सञ्चालन गरेको छ । शुक्रबार गाउँसभाले आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँसभामा संसद्को झल्को देखिएको थियो । वडा नम्बर ३ स्थित सभाहलमा गाउँपालिका अध्यक्ष दान बहादुर केसी प्रवेश गरेपछि त्यसअघि नै उपस्थित भइसकेका गाउँसभाका सदस्यहरू आआफ्नो स्थानबाट उठेर सम्मान जनाएका थिए । लगत्तै राष्ट्रिय गान बजेको थियो भने राष्ट्रिय गानपछि अध्यक्षले बैठक सुरु भएको जनाउ दिएका थिए ।
हलको अगाडी पट्टी बनाइएको स्टेजमा गाउँसभाका अध्यक्ष र सचिवलाई बस्नको लागि छुट्टै व्यवस्था थियो । हलमा सबै वडाका वडाध्यक्ष, गाउँसभाका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तोकिएको आ–आफ्नै स्थानमा बसिरहेका थिए । नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम स्थानीय तह पनि स्थानीय सरकारकै रूपमा रहने भएकाले गाउँसभालाई संसद्को रूपमा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले बताए ।
गाउँपालिका अध्यक्ष केसीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारः कालिमाटी गाउँपालिकाको सम्बृद्धिको आधार भन्ने नारालाई साकार पार्न आफुहरु अनवरत रुपमा लागिपरिरहेको भन्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथी ११ जना बढी गाउासभाका सदस्यहरुले छलफलमा भाग लिँदै विभिन्न सुझावहरु दिएका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रममा सार्वजनीक खर्चलाई मितव्ययी बनाउने उद्देश्यले चालु खर्च केही कटौती गरी पुँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, उज्यालो पालिका कार्यक्रम, स्वास्थ्य, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई तिब्रता दिने विषय नीति तथा कार्यक्रममा समेटिएको छ । माटो सुहाउदो बाली तथा फलफुल उत्पादनमा जोड दिने, आयातलाई प्रतिस्थापन, निर्यातलाई प्रोत्साहन, महिलाले सामुहिक रुपमा खेती गरेमा अनुदान दिने देखी कृषि वस्तुको बजारीकरण तथा हरेक वडामा कृषि एवम् पशु प्राविधिक सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अति विपन्न परिवारका खरका छाना हटाएर जस्ता पाता मार्फत सुरक्षित आवास निर्माणलाई प्राथमिकता दिने, गाउँपालिकाको प्रशासकीय भवनको तला थप गर्ने, स्वच्छ खानेपानी, स्वच्छ जिवन भन्ने नारालाई साकार पार्न खानेपानी योजनाहरु सञ्चालन गर्ने पनि कालिमाटीको नीति, कार्यक्रममा उल्लेख गरिएको छ ।
भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गर्न तिब्रताका साथ काम गर्ने, बाबुआमा गुमाएका वालवालिकाको शिक्षाको लागि मापदण्ड बनाई कार्यान्वयन गर्ने, स्थानीय पाठ्यक्रम कार्यान्वयनलाई थप व्यवस्थीत गर्ने, विद्यालय विकास र गुणस्तरिय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको प्रतिभा पहिचान तथा प्रस्फुटनका लागि फ्राइने फर प्mयुचर कार्यक्रम सञ्चालन गर्ने कालिमाटी गाउँपालिकाको नीति रहेको छ ।
यसैगरी नीति कार्यक्रममा ग्रामीण अल्ट्रासाउण्ड सेवा मार्फत गर्भवति महिलामा स्वास्थ्यको पहुँच विस्तार गर्ने, पोषणमैत्री पालिका घोषणा गर्ने, सबै प्रकारका विभेद, हिंशा, विभेदकारी प्रथाहरु अन्त्यका लागि र महिला सशक्तीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने भनिएको छ । उद्यमशिलता प्रवद्र्धन, लोक सेवा तयारी कक्षा सञ्चालन, वन व्यवस्थापन र पालिकाभित्रका धार्मिक, ऐतीहाँसिक, सांस्कृतीक तथा प्राकृतिक महत्वका स्थलहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि समन्वय सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?