© २०२३
नवलपरासी, ६ असार जिल्लाको पाल्हीनन्दन गाउपालिका ५स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी) भएको पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले बताए । आफु दुई दशक पहिला नै तत्कालिन पुरातत्व अधिकृत शुक्रसागर श्रेष्ठसँग काम गर्दा उनले चर्चा गर्दै आएको उक्त स्थानको सोमवार स्थलगत अवलोकन गर्ने क्रममा पुरातात्विक बस्तु फेला गरेको आधारमा प्राचिन नगर भएको यादवले बताएका हुन् ।
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा पनि यस्तो प्राचिन बस्तुहरु फेला पारेर पुरातत्व अधिकृत श्रेष्ठलाई देखाउदा उनले सो स्थानमा पुगेर कोलिय गणराज्यको राजधानी नै भएको प्रारम्भिक अनुमान गरेका थिए । अहिले सो स्थानको उत्खनन गर्दै जादा राजधानीका प्रमाणहरु नै फेला परेर अहिले संघिय सरकारले सो स्थानका जग्गा अधिग्रहण गर्ने गरि बजेट कार्यक्रममा समावेश गरेको छ । त्यही अनुसार नै अहिले नन्दनताल देखी झण्डै ५ सय मिटर दक्षिणमा रहेको स्थानिय पडरी कोटही माईको स्थान भनेर चिनिने उक्त स्थान प्राचिन सिटी भएको केही आधारभुत पुरातात्विक बस्तु फेला परेको देखाए ।
फेला परेका प्राचिन बस्तु खपडा,हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको बताउदै उनले यसबारे पुरातत्व बिभागका अधिकृत भाष्कर ज्ञवालीलाई समेत टेलिफोन गरि जानकारी गराएका थिए । चाडै नै सो स्थानको खोजी कार्यमा पुरातत्व अधिकृतहरु लाग्ने उनले सुनाए । उनका अनुसार कोटही माई स्थान नजिकै बगैचा पनि रहेको छ । चारै तिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उक्त सिटी फैलिएको हुन सक्ने उनको भनाई थियो । नन्दनताल नजिकै रहेको उतm स्थान पनि बौद्धकालिन नै हुन सक्ने दाबी यादवले गरे । तर यसलाई प्रमाणित गर्नका लागि उत्खनन आवश्यक छ, यादवले थपे, यो यस जिल्लाका लागि प्राचिन सम्पदाको रुपमा पहिचान पाउन सक्छ ।
यसमा सरोकारवालाले खोज अनुसंधान गराउनमा चाँसो लिनुपर्छ । नन्दन ताल एक आफै विश्व सिमसार सुचिमा पर्ने विश्वसम्पदा नजिकै पुरातात्विक तथा बौद्धकालिन ऐतिहासिक नगर भएको आधार फेला पर्नु महत्वपुर्ण कार्य भएको उनको भनाई थियो । बौद्ध साहित्यमा नन्दन थेर भएको कुरा सुन्ने गरिएको सम्भवतः त्यही सन्दर्भसँग जोडिएको नन्दन नगर पनि भएको हुन सक्ने उनले अनुमान गरे । यस क्षेत्रमा पहिला उत्खनन गर्न आवश्यक छ,उनले भने,बौद्धकालिन आधार फेला पर्यो भन्ने त्यही नन्दन थेरसँग सम्बन्धित स्थान हुन सक्ने आधार बन्न सक्छ । त्यही नन्दन थेरबाट नन्दन नगर र नन्दन नगर नजिकै रहेको नन्दन ताल हुन सक्छ । भगवान बुद्धका दुई भाई नन्द र आनन्द पनि थिए । उनीहरु पनि बौद्धसंघमा बौद्ध भिक्षु भएका थिए । स्थविर महास्थविरको स्थान प्राप्त गर्ने नन्दन स्थविरको कुरा सुन्ने गरिन्छ ।
सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरुको पनि मावली कोलिय गणराज्य नै थियो । यसले गर्दा पनि तिनै स्थविर नन्दको नाममा नगर बसेको हुन सक्छ, उनले भने,तर ति सिटी बौद्धकालिन हो कि होईन,भनेर जतिसक्दो उत्खनन कार्य गराउनमा जोड दिनु पर्छ । प्राचिन नन्दन नगरको रुपमा प्राचिन सिटी भेटिनु पाल्हीनन्दन गाउपालिकाका लागि पनि शुखद भएको गाउपालिकाकी उपाध्यक्ष सकिनाले बताईन् । नन्दनताल र पाल्ही भगवती मन्दिरको नाम जोडेर बनेको पाल्हीनन्दन गाउपालिका भित्र नन्दन सिटीले पनि यो गाउपालिकालाई अन्तराष्ट्रियस्तरमै पहिचान गराउने आधार तयार गर्नेछ । १ सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रलाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउपालिकाले काम गर्ने उनको भनाई थियो ।