© २०२३
सल्यान, ४ असार । जंगलमा पासोमा परेको हुँडार मृत अवस्थामा फेला परेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा नेपालको संरक्षित तथा लोपोन्मुख हुँडार ९गधै बाघ० मृत फेला परेको हो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले सोमबार विहान मर्निङ वाकमा निस्केको बेला गधै बाघलाइ मृत अवस्थामा देखेका थिए ।
छत्रेश्वरी ६ र ७ को सिमाना कल्लेखोलामा गधै बाघ मृत फेला पारेपछी उनले प्रहरी चैकी भोटेचौरमा जानकारी गराएका थिए । कस्ले पासो थाप्यो भन्ने बारे पत्ता लागेको छैन । पासोमा परेर मृत अबस्थामा रहेको गधै बाघलाई छत्रेश्वरी सव डिभिजन वन कार्यलयमा पुर्याइएको थियो । स्थानिय तहका जनप्रतिनिधि, डिभिजन बन कार्यालय सल्यान, छ्त्रेस्वरी सब डिभिजन वन कार्यलय लान्ती, प्रहरी चौकी भोटेचौरका प्रतिनिधि तथा पत्रकार लगायतका रोहबरमा मृत गधै बाघलाइ अन्त्यष्टी गरिएको थियो ।
जिल्लामा गधै बाघ असुरक्षित बन्दै गएका छन् । यस अघि पनि विभिन्न समयमा हाइना भनेर पनि परिचित गधै बाघ घाइते अवस्थामा फेला परेका थिए । जंगली जनावरबाट बच्न स्थानियले पासो थाप्ने र त्यसमा गधै बाघ परेको हुन सक्ने वन कार्यालयका कर्मचारीहरुको भनाइ छ ।