ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?
बधशाला चलाउन पुनः टेन्डर

बन्द होला त खुल्ला बध ?

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

बुटवल टुडे संवाददाता
बुटवल, ४ असार

बधशाला निर्माणको कुरा बर्षौंदेखि चलेपनि टहरो बनाएर अलपत्र पारिएको बुटवलको पशु बधशाला अब सञ्चालनमा आउने भएको छ । दातृ निकाय हेफर ईन्टरनेशनलको सहयोग र प्रदेश सरकारको सहकार्यमा निर्माण सम्पन भएको यो पशु बधशाला पुनः टेन्डर आह्वान गरी चलाईने भएको हो । बुटवलको पशु बधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ । बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो । रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्ष अघि सम्झौता भएपनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुनः टेण्डर आह्वान गरे को बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । आइतबार ३० दिनको समय राखेर टेण्डर आह्वान गरिएको र सबै प्रक्रिया पूरा भइ आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित गर्न पशु बधशाला सञ्चालन गरिने र यसले बुटवलबाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित भइसकेको छ । जसअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ । झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा बाख्राको चरन हो ल्डिङ सेन्टर, पशु स्वास् थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरुका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना उपमहानगरपालिकाको छ । बधशालामा दैनिक एक हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेको छ । बुटवल मासु प्रसोधन तथा प्याकेजिङ्ग कम्पनी प्रालि नै स्थापना गरी महिला सामाजिक उद्यमी सहकारीहरुको समेत लगानीमा सार्वजनिक, नीजि, साझेदारी मोडलमा यो पशु बधसाला सञ्चालनको तयारी गरिएको छ । पशुपालक महिला किसान तथा मासु व्यवसायीको प्रत्यक्ष आर्थिक लगानी समेत रहेकाले बधशाला दीगो रुपमा हुनेमा भने संकाको रुपमा हेरिएको छ । उपमहानगरपालिकाको पहलमा विसं २०७७ असारदेखि निर्माण सुरु भएको बधशालाका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु सात करोड र उपमहानगरपालिकाको रु तीन करोड गरी आव २०७६÷७७ मा कुल रु १० करोड बजेट विनियोजन गरी क्रमागत रुपमा बहुवर्षीय योजनाका रुपमा कुल बजेट रु २२ करोड १३ लाखको परियोजना रहेको छ । पशु बधशाला र मासु जाँच ऐन २०५५ र नियमावली २०५७ ले मापदण्ड पुगेका बधशाला र मासु पसलबाट मात्र मासुको उत्पादन र बेचबिखन गर्न पाउने व्यवस्था गरेको छ । उक्त ऐन र नियमावलीअनुरुप बुटवलमा निर्माणाधीन बधशालाबाट उपभोक्तालाई स्वच्छ र स्वास्थ्यकर मासु सेवन गर्न पाउने व्यवस्था हुने छ । बधशाला निर्माण भएर सञ्चालनमा आउँदा सुरुमा दैनिक ५०० र पूर्ण रुपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार बाख्रा खपत हुने छन् ।
यस्तै यसमा हरेक दिन २ सय ५० बाखा चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन गर्न सकिने र २.५ मेट्रिक टन प्रतिदिन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने जनाइएको छ । बुटवल नगरका ४९ मासु व्यवसायीको प्रतिनिधित्व हुने गरी एउटा पब्लिक कम्पनीको पनि स्थापना गरिएको छ । बुटवल मासु उत्पादन तथा प्रशो धन प्रालि’ बाट यो सञ्चालनमा आउने छ । सार्वजनिक, निजी, उत्पादक साझेदारी नमुना निमार्णसँगै सञ्चालन विधि तय गरिएको सो परियोजनाको दीगोपनामा सबै पक्ष ढुक्क रहेको अवस्था छ । हेफर र उपमहानगरबीच भएको सम्झौतानुसार निर्माणपछि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको मासु उत्पादन तथा प्रशोधन प्रालिले बधशाला सञ्चालन गर्नेछ । बुटवल बधशालामा करिब १२ हजार खसीबोका उत्पादक महिला किसान र तीन सय मासु व्यवसायी प्रत्यक्ष सहभागी हुने जनाइएको छ । कम्पनीमार्फत सहभागी भएका उद्यमी महिला सदस्यबाट करिब रु सात करोड तथा मासु व्यवसायीबाट रु तीन करोड ७८ लाख लगानी भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission