© २०२३
बुटवल,३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने बताएका छ्न ।
हेटौंडामा भएको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै महामन्त्री थापाले काङ्ग्रेसले बरु पांच पटक चुनाव हार्ने तर अब कुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने बताए ।
नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने उनले बताए । वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीको चुनावमा जस्तोसुकै अपठेरो परे पनि, नेपालको तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन – गगनले भने ।
तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झौता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाको जोड थियो ।
कांग्रेसको चुनावी नितिले आम कार्यकर्ता निराश भएको भन्दै उनले अबको काङ्रेस थप बलियो शक्ति भएर आउने बताए ।
चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।
चुनाव हार्ने डरले आम कार्यकर्तालाई अरुको चुनाव चिन्हमा मत हाल्नुपर्ने लज्जास्पद तरिकालाइ बदल्नु पर्ने भन्दै उनले काङ्रेस एक्लै यो देशको नेतृत्व लिन सक्षम रहेको बताए ।